नेभिगेशन
सबै कुरा

वर्ल्डलिंकको पासोमा परेर बल्ल बल्ल बाँचेका हेटौँडाका कृतज्ञ घिमिरे

मकवानपुर । गत पुस १९ गते हेटौँडा उपमहानगरपालिका -०५ का कृतज्ञ घिमिरे सैलुनमा कपाल काटेर हेटौँडाको बजारको मुख्य बजार क्षेत्र हुँदै मोटरसाइकलमा घर फर्कदै थिए । उनले चलाएको मोटरसाइकल तिब्र गतिमा पनि थिएन। हेटौँडा–४ स्थित वर्ल्डलिंकको कार्यालय नजिकै आउँदा मोटरसाइकलको ह्याण्डलमा केही बेरिए जस्तो भयो । लगत्तै उनको घाँटी कसियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

उनलाई स्वास फेर्नै असहज भयो, उनले झण्डै होस् गुमाएका थिए । ५० मिटर जति मोटरसाइकल घस्रियो, मोटरसाइकललाई जसोतसो नियन्त्रणमा राखे । धन्न उनले रोक्न भने सके । उनको घाँटी निकै पोल्यो । मोटरसाइकल रोकिएपछि घाँटी छामे । घाँटीमा गोलो घेरा परेर रेटिएजस्तो भएको थियो । कृतज्ञको घाँटीमा इन्टरनेटको तार बेरिएको रहेछ । 

पोलबाट चुँडिएर सडकमा लतारिएको तार मोटरसाइकलको ह्याण्डल र उनको घाँटीमा बेरिएछ । तार बेरिँदा मोटरसाइकलको ह्याण्डल बाङ्गिएको छ भने उनको घाँटीमा कसिएको चोट छ । ‘अझै केही सेकेण्ड घाँटीमा बेरिएको तार नचुँडिएको भए के हुन्थ्यो म सोच्न सक्दिन,’ कृतज्ञले सिधाकुरासँग भने । तार बेरिएपछि कृतज्ञ घिमिरेको घाँटीमा बसेको डाम लगत्तै उनलाई अस्पतालमा पुर्याइयो । एक दिन आइसियुमा राखेर उपचार गरियो । उपचारपछि उनी घर फर्कीए ।  

तार बेरिएर कृतज्ञ घिमिरे घाँटीमा बसेकाे डाम

तर, सडकमा वेवारिसे पारिएको तार कसको थियो भन्दै खोज्दै जाँदा इन्टरेनट सेवा प्रदायक कम्पनी वल्र्डलिंकको भएको पत्ता लाग्यो । इन्टरेनेटको तारले दुर्घटना गराएको बारेमा घिमिरेका काकाले प्रहरीमा उजुरी दिए । वर्ल्डलिंकको कार्यालय नजिकै मुख्य सडकमै झुण्डिएको वर्ल्डलिंककै तार कृतज्ञको घाँटीमा बेरिएको प्रहरी अनुसन्धानबाट पनि पुष्टी भयो । तर, वर्ल्डलिंकका अधिकारीले घटनालाई बेवास्ता गरे । पीडित कृतज्ञ आफै पनि घटनाबारे कुरा गर्न गए तर उल्टै मुद्दा हाल्नुस् के हुन्छ हेरौँला भनेर धम्काए । ‘सुरुमा उनीहरुले कानूनी प्रक्रियामा जानुस्, के हुन्छ हेरौँला भन्ने जवाफ दिए ।’ कृतज्ञ भन्छन्, ‘त्यसपछि मैले घटना विवरण फेसबुक ग्रुप एमआरआरमा राखेँ ।  त्यो पोस्ट देखेपछि वर्ल्डलिंकका अधिकारीहरु मिलापत्र गरौँ भन्दै घरमा आइपुगे ।’ 

तर, दुईपक्षबीच ठोस सहमति भने भएको छैन । इन्टरेनट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले अस्तव्यस्त छोडेका तारका कारण गम्भिर दुर्घटनामा परेका कृतज्ञ, सडकमा तार अस्तव्यस्त पारेर घराप थाप्नेहरुलाई कारबाही गर्न माग गर्छन् । साथै नागरिकको सुरक्षाको लागि तारको उचित व्यवस्थापनमा ध्यान दिन आग्रह गर्छन् । 

कृतज्ञ घिमिरे

यता वर्ल्डलिंक हेटौँडाका अपरेसन इन्चार्ज सहकुल ढकालले भने पीडितसँग सहमति भइसकेको दावी गरे । ‘उपचार खर्च, मोटरसाइकल मर्मत तथा लत्रिएका तार व्यवस्थापन गर्ने सहमती भैसके पनि आन्तरिक कारण सहमति पत्र बन्न ढिलाई भएको हो,’ ढकालले भने । उनकाअनुसार पोलमा अन्य सेवा प्रदायकका तार पनि लत्रिएकाले वर्ल्डलिंककै तारका कारण घटना भएको  हो भन्ने स्पष्ट नभए पनि घिमिरेको उपचार खर्च व्यहोर्ने निर्णय गरेको बताए । 

ढकालले भने, ‘उक्त दिन हाम्रा कुनै पनि प्रयोगकर्ताको इन्टरनेटमा समस्या आएको थिएन, तार चुँडिएको भए त समस्या हुनु पर्ने थियो ।’ यता हेटौँडा बजारमा अहिले पनि अधिकांश इन्टरेनट सेवा प्रादायकका तार अस्तव्यस्त अवस्थामा देखिन्छन् । बजारका बिजुलीका पोलहरुमा इन्टरनेट सेवा प्रदायकहरुका तारहरुले शहरको सुन्दरता नै कुरुप प्राय हुने गरेको छ । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपा बागलुङको सभापतिमा ढालेन्द्र माझी निर्वाचित

रास्वपा बागलुङको सभापतिमा ढालेन्द्र माझी निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङ जिल्ला कार्यसमितिको सभापतिमा ढालेन्द्र माझी निर्वाचित भएका छन् ।
एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

एक हजार ३३ किलो गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट  एक हजार ३३ किलो ४८४ ग्राम गाँजासहित धनकुटाको पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरिएको छ ।
पहाड छिचोल्दै नेपाली सेनाले बनायो १४ सय किलोमिटर सडक

पहाड छिचोल्दै नेपाली सेनाले बनायो १४ सय किलोमिटर सडक

नेपाली सेनाले जटिल भूबनोट भएका ३२ सडक आयोजनाका सम्पन्न गरी एक हजार ४११.५४ किलोमिटर सडक निर्माण गरेको छ ।
पानी पार्ने प्रणाली नेपाल नजिक आएसँगै ठोरीदेखि सिमरासम्म भारी वर्षा

पानी पार्ने प्रणाली नेपाल नजिक आएसँगै ठोरीदेखि सिमरासम्म भारी वर्षा

जल तथा मौसम विज्ञान विभागले ठोरीदेखि सिमरासम्म भारी वर्षा भएको बताएको छ ।