नेभिगेशन
नेताका कुरा

आईएनजीओको दादागिरीविरुद्ध बोलेकी सोविताको गोकुल बास्कोटाले गरे प्रशंसा

अब एनजीओ र आईएनजीओको पैसा सरकारी कोषमा दाखिला गर्ने कानुन बनाउन सुझाव

काठमाडौँ । नेपालको न्यायालयको स्वतन्त्रताबारे सार्वजनिक वक्तव्य दिने तीन अन्तर्राष्ट्रिय संस्थालाई चुनौती दिएकी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको एमाले नेता गोकुल बास्कोटाले प्रशंसा गरेका छन् । 
पूर्वसञ्चारमन्त्री समेत रहेका बास्कोटाले आईएनजीओको दादागिरीविरुद्ध बोलेकी सोवितालाई ढाडस दिएका हुन् । 

८ साउनमा एम्नेस्टी इन्टरनेसनल, कमिसन अफ ज्युरिस्ट्स र ह्युमन राइट्स वाच नामक तीनवटा संस्थाले संयुक्त वक्तव्य जारी गरेर सरकारले सर्वोच्च अदालतका तीन न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद फुयाँललाई राजीनामा दिन दबाब दिएको र नमाने महाभियोग लगाउने धम्की दिएको दाबी गरेका थिए । यसैगरी अध्यादेशको संसदमा परीक्षण नभई प्रधानन्यायाधीश नियुक्त गरेकामा पनि प्रश्न उठाइएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वक्तव्य आएकै दिन प्रतिवाद गरेकी कानुन मन्त्री गौतमले बुधबार संसदीय समितिमा ती संस्थाहरुलाई पुष्टि गर्न ओपन च्यालेन्ज गरेकी थिइन् । उनले निराधार आरोप लगाएर कुनै देशको स्वतन्त्र न्यायपालिकामाथि टिप्पणी गर्नु सार्वभौमिकतामाथिकै हस्तक्षेप भनेर टिप्पणी गरेकी छिन् । गौतमले तीनवटा संस्थाको टिप्पणी कपोलकल्पित रहेको र यो नेपालको सार्वभौमसत्तामाथिको हस्तक्षेप भएको बताइन् । ‘देशको संवैधानिक विषयमा अन्तिम निर्णय गर्ने अधिकार नेपाली जनतासँग छ, संसद्सँग छ । तर, बाह्य संस्थालाई छैन,’ उनले भनिन्, ‘आएको धारणामा राजनीतिक गन्ध छ । हामी तथ्यमा आधारित आलोचना मात्र स्वीकार गर्छौँ ।’ मन्त्री गौतमले विज्ञप्तिका विषयमा ती संस्थाले प्रमाण दिनुपर्ने बताइन् । ‘राजनीतिक दबाब छ भने त तथ्य दिनुपर्ला नि ! न्यायाधीशहरूलाई राजीनामा दिन दबाब दिएको पुष्टि गर्नुपर्ला,’ गौतमले भनिन्, ‘अध्यादेश संवैधानिक अभ्यास हो । यस्ता संस्थाले संसद्लाई अविश्वास गर्ने र क्षेत्राधिकारमाथि आक्रमण गरेर धारणा दिन मिल्दैन ।’

Ncell
Extreme Energy

मन्त्री गौतमको बलियो टिप्पणी र अडानमा कानुन समितिले तीनवटा संस्थालाई स्पष्टीकरण सोध्न सरकारलाई निर्देशन नै दिएको छ । गैरसरकारी संस्थाको नियमन गर्ने महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई वक्तव्यका सम्बन्धमा स्पष्टीकरण सोध्न निर्देशन दिएको हो । ‘एमनेस्टी इन्टरनेसनल, इन्टरनेसनल कमिसन अफ जुरिस्ट्स (आइसिजे) र ह्युमन राइट्स वाच नामक संस्थाहरूले नेपालको स्वतन्त्र न्यायपालिका तथा सार्वभौम संसद्को विधि निर्माणसम्बन्धी विधायिकी अधिकारसमेतका सम्बन्धमा साउन ८ गते जारी गरेको संयुक्त विज्ञप्तिका विषयमा ती संस्थाहरूसँग आधिकारिक प्रमाणसमेत पेस गर्ने गरी स्पष्टीकरण माग गर्न र सोको लिखित जानकारी समितिलाई गराउने’ समितिको निर्देशनमा भनिएको छ । 

सायद पछिल्ला वर्षहरुमा सरकार र सदनले आईएनजीओहरुको दादागिरीविरुद्ध खुलारुपमा बोलेपछि पूर्वसञ्चारमन्त्री बास्कोटाले यो कदमलाई समर्थन गरेका हुन् । उनले एनजीओ र आईएनजीओहरुको अनाधिकृत गतिविधि रोक्न र पारदर्शी बनाउन उनीहरुको बजेट सरकारी कोषमा दाखिला गर्नैपर्ने कानुन बनाउन सोवितालाई सुझाएका छन् । 

'केही न्यायाधीशलाई राजीनामा गर्न सरकारले धम्की दिएको विषयमा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाहरुको आरोप पुष्टि गर्न सरकारले दिएको चुनौती साहसिक छ,' बास्कोटाले भनेका छन्, 'तर तीन सय जति आईएनजीओ र तीस हजार बढी एनजीओका बजेट सरकारी कोषमा दाखिला गर्नैपर्ने कानुन सरकारले बनायो भने ? २१ तोपको सलामी दिन्छु म ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

धाप ड्याम ड्याम भासिन थालेपछि फुल क्यापासिटीमा २४सै घण्टा पानी निकासी

एहतियातका रूपमा धाप ड्याममा सञ्चित पानीको सतह घटाउन ४०० लिटर प्रतिसेकेन्डको दरले फुल क्यापासिटीमा २४ सै घण्टा पानी निकासी भइरहेको विभागले जनाएको छ ।
नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५  परिवारले पाए लालपुर्जा

नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो । विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५...
एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

एसिसी प्रिमियर कप फाइनलः नेपालले युएईलाई दियो ३१४ रनको लक्ष्य

नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्कासहित १०२ रनको पारी खेलेका हुन् । एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा...
आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

आज जनकपुरमा अग्रगामी मोर्चाको बृहत् कार्यक्रम, शीर्ष नेतृत्वले सम्बोधन गर्ने

९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेश समन्वय समितिले शनिबार जनकपुरमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।