नेभिगेशन
मुख्य समाचार

ग्वार्को बस दुर्घटनामा ज्यान गुमाएकी महिलाको पहिचान खुल्यो, १८ घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा बिहीबार भएको बस दुर्घटनामा मृत्यु भएकी महिलाको पहिचान खुलेको छ । दुर्घटनामा दोलखाकी ४० वर्षीया जेनिशा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहीबार बिहान करिब १०:१५ बजे कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको मध्यपुर यातायातको बस ललितपुर महानगरपालिका–१७ ग्वार्को चोकस्थित फ्लाइओभरको भित्तामा ठोक्किएर पल्टिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुर्घटनामा १८ जना घाइते भएका छन् । घाइतेमध्ये नौ जनाको ग्वार्कोस्थित बी एन्ड बी अस्पताल र नौ जनाको ग्लोबल अस्पतालमा उपचार भइरहेको छ ।

Ncell
Extreme Energy

प्रहरीका अनुसार बस चालक काभ्रेको तिमाल घर भई भक्तपुर मालपोत बस्ने ३६ वर्षीय लक्षी तामाङलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।

बी एन्ड बी अस्पतालमा उपचाररत घाइतेहरू:

  • रामेछापकी २३ वर्षीया सुन्निमा योन्जन (गम्भीर)
  • कञ्चनपुरका २४ वर्षीय तुल्सी धानुक
  • भक्तपुरकी ४० वर्षीया कविता कार्की
  • सिन्धुलीका ३३ वर्षीय धनकुमार ढोङ
  • भक्तपुरकी ३७ वर्षीया लक्ष्मी श्रेष्ठ
  • भक्तपुरकी २४ वर्षीया रशिला दुलाल
  • भक्तपुरका ६० वर्षीय कृष्णराम थापा (सहचालक)
  • काभ्रेकी ४१ वर्षीया अमृता कार्की
  • ललितपुरकी ४० वर्षीया बिता केसी

ग्लोबल अस्पतालमा उपचाररत घाइतेहरू:

  • दोलखाका २४ वर्षीय विवेक दाहाल
  • सिन्धुलीकी १९ वर्षीया भगवती खत्री
  • भक्तपुरकी ४७ वर्षीया भगवती खत्री
  • भक्तपुरकी २८ वर्षीया जुनु सिल्पकार
  • ललितपुरकी ४९ वर्षीया तुल्सीदेवी खड्का
  • महोत्तरीकी २१ वर्षीया अन्जु साह
  • काठमाडौंका २७ वर्षीय आशुतोष श्रेष्ठ
  • सिन्धुपाल्चोकका ३६ वर्षीय स्तवर देउजा
  • भारतका ४५ वर्षीय मोहम्द समिम

प्रारम्भिक अनुसन्धानअनुसार बस अनियन्त्रित भई फ्लाइओभरको भित्तामा ठोक्किएपछि पल्टिएको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

२५ सय नहुँदा सडकमै बच्चा जन्माउन विवश बबिता, सभ्य समाजलाई लज्जित पार्ने घटना

बुधबार मध्यराति, सुत्केरी ब्यथाले च्यापिसकेपछि आफ्नै पति र दुई आफन्तसहित अस्पताल पुगेकी एक महिलाले अस्पतालमा भर्ना नपाएर सडकमै बच्चा जन्माउनु परेको खबर जब सार्वजनिक भयो, त्यसले आफूलाई सभ्य...
रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

रसुवा बाढीबाट पाँच जिल्लाका १६ हजार घरधुरी प्रभावित,  कुन स्थानीय तह कति ?

बाढीका कारण उक्त क्षेत्रमा प्रभावित १६ हजार ११० घरधुरीमा रहेका ६४ हजार ३३५ जना छन् । “प्रत्यक्ष रूपमा बाढीका कारण सात हजार ५७०, आठ हजार ३१७ घरधुरी र...
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...