नेभिगेशन
मुख्य समाचार

ग्यास अभाव तत्काल अन्त्य गर्न आयल निगमका नयाँ कार्यकारी निर्देशकलाई उद्योगमन्त्रीको निर्देशन

काठमाडौं  । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल आयल निगमका नवनियुक्त कार्यकारी निर्देशक नागेन्द्रसाहलाई देशभर देखिएको एलपी ग्यासको अभाव तत्काल अन्त्य हुने गरी प्रभावकारी रूपमा काम गर्न निर्देशन दिएकी छन् ।

बिहीबार सपथ ग्रहण र पदबहाली गरेलगत्तै मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री यादवले उपभोक्ताले ग्यास अभावका कारण कुनै पनि सास्ती भोग्न नपर्ने वातावरण बनाउन आवश्यक सबै कदम चाल्न निर्देशन दिइन् । उनले ग्यास आपूर्ति व्यवस्थालाई नियमित, सहज र प्रभावकारी बनाउन निगमले उच्च प्राथमिकताका साथ काम गर्नुपर्ने बताइन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री यादवले दैलेखमा रहेको प्राकृतिक ग्यासको स्रोतको शीघ्र उत्खनन गरी व्यावसायिक उत्पादन र बजारीकरणको प्रक्रिया अघि बढाउन पनि निर्देशन दिइन् । स्वदेशी ऊर्जा स्रोतको अधिकतम उपयोगमार्फत ऊर्जा क्षेत्रमा आत्मनिर्भरता बढाउने सरकारको लक्ष्य पूरा गर्न दैलेखको प्राकृतिक ग्यास परियोजनालाई तीव्र गतिमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।

Ncell
Extreme Energy

त्यसैगरी, उनले निगमभित्र सुशासन सुदृढ गर्न, संस्थागत पारदर्शिता र उत्तरदायित्व बढाउन तथा जनविश्वास अभिवृद्धि हुने गरी परिणाममुखी कार्यसम्पादन गर्न पनि नवनियुक्त कार्यकारी निर्देशकसाहलाई आग्रह गरिन् ।

मन्त्री यादवले उपभोक्तामैत्री सेवा, सुशासन र स्वदेशी ऊर्जा स्रोतको अधिकतम उपयोग सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै त्यसअनुसार परिणाम देखिने गरी काम गर्न नेपाल आयल निगमलाई निर्देशन दिइन् ।

पदभार ग्रहणपछि कार्यकारी निर्देशकसाहले मन्त्रालयबाट प्राप्त निर्देशनलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले ग्यास आपूर्ति व्यवस्थापनलाई सहज बनाउने, निगमभित्र सुशासन सुदृढ गर्ने र उपभोक्ताको विश्वास कायम राख्ने गरी काम गर्ने बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

आन्तरिक राजस्व विभागको आयोजनामा अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. वाग्लेले १५ जना १–१ लाख रुपैयाँका विजेता र १ जना १० लाख रुपैयाँ विजेता उपभोक्ता छनोट गरेका...
ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन)लाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीर अस्प्ताल पुगेकी छन् । पूर्वराष्ट्रपति भण्डारी शुक्रबार थपलियालाई भेट्न पुगेकी हुन् ।
अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अन्तरजातीय प्रेम विवाह गरेको केही समयपछि रहस्यमय मृत्यु भएका काभ्रेका अजित मिजारको परिवारले १० वर्षपछि पनि न्याय नपाएको भन्दै नयाँ सरकारसँग न्यायको पहल गर्न आग्रह गरेको छ ।...
२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार कञ्चनपुर पुनर्वासका हेमराज जोशीले जितेका छन् ।

भर्खरै