नेभिगेशन
मुख्य समाचार

भदौ १ देखि कन्सुलर प्रमाणीकरण सेवा अनलाइनबाटै, परराष्ट्रको ‘नेपाल ई–एटेस्टेसन सिस्टम’ सुरु

काठमाडौं । परराष्ट्र मन्त्रालयले कन्सुलर प्रमाणीकरण सेवालाई डिजिटल माध्यमबाट उपलब्ध गराउने उद्देश्यसहित ‘नेपाल ई–एटेस्टेसन सिस्टम (निट्स)’ सार्वजनिक गरेको छ । नयाँ प्रणाली भदौ १ गतेदेखि कार्यान्वयनमा आउनेछ ।

सिंहदरबारस्थित मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले प्रणालीको शुभारम्भ गर्दै अब सेवाग्राहीले संसारको जुनसुकै स्थानबाट कन्सुलर प्रमाणीकरणका लागि अनलाइन आवेदन दिन, आवेदनको अवस्था हेर्न, राजस्व तिर्न तथा प्रमाणीकरणका लागि अनलाइनबाटै समय (अपोइन्टमेन्ट) लिन सक्ने बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गरेको पहिलो निर्णय आज कार्यान्वयनमा पुगेको भन्दै यसले परराष्ट्र मन्त्रालयको सेवा प्रवाहलाई थप सहज, सरल, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे ।

Ncell
Extreme Energy

‘मैले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्दा गरेको पहिलो निर्णयले आज मूर्त रूप लिएकोमा खुसी लागेको छ । यसले सेवाप्रवाहलाई थप उदाहरणीय बनाउनेछ,’ मन्त्री खनालले भने ।

उनका अनुसार अध्ययन, रोजगारी, व्यवसाय र बसाइँसराइका लागि विदेश जाने नेपालीको संख्या बढ्दै जाँदा कन्सुलर प्रमाणीकरण सेवाको माग पनि तीव्र रूपमा बढेको छ । आर्थिक वर्ष २०८०/८१ मा मात्रै १ लाख १२ हजार ५९३ जनाले वैदेशिक अध्ययनका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट (एनओसी)’ लिएका थिए भने वार्षिक करिब चार लाख नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने गरेका छन् ।

मन्त्री खनालले नयाँ प्रणाली लागू भएपछि आवेदन स्वीकृत भएपछि मात्रै सेवाग्राही विभागमा उपस्थित भए पुग्ने भएकाले लाइन बस्नुपर्ने, सामान्य त्रुटिका कारण पटक–पटक धाउनुपर्ने तथा समय र खर्च बढ्ने समस्या अन्त्य हुने बताए ।

उनले आगामी चरणमा हुलाक सेवा विभागसँग सहकार्य गरेर प्रमाणीकरण भएका कागजात सेवाग्राहीको घरमै पुर्‍याउने योजना रहेको जानकारी पनि दिए । साथै, कागजात जारी गर्ने सरकारी निकाय र स्थानीय तहसँग अन्तरनिकाय आबद्धता कायम गरी प्रमाणीकरण प्रक्रियालाई अझ छिटो र प्रभावकारी बनाइने उनले बताए ।

मन्त्री खनालले डिजिटल प्रविधि सेवा प्रवाहको माध्यम मात्र नभई सार्वजनिक प्रशासनको कार्यशैली रूपान्तरण गर्ने माध्यम भएको उल्लेख गर्दै नयाँ प्रणालीको प्रभावकारी उपयोगका लागि सञ्चारमाध्यमलाई देश–विदेशमा रहेका नेपालीसम्म सूचना पुर्‍याउन आग्रह गरे ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सचिव अमृतकुमार राई, कन्सुलर सेवा विभागकी महानिर्देशक दुरपदा सापकोटालगायत मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

आन्तरिक राजस्व विभागको आयोजनामा अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. वाग्लेले १५ जना १–१ लाख रुपैयाँका विजेता र १ जना १० लाख रुपैयाँ विजेता उपभोक्ता छनोट गरेका...
ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन)लाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीर अस्प्ताल पुगेकी छन् । पूर्वराष्ट्रपति भण्डारी शुक्रबार थपलियालाई भेट्न पुगेकी हुन् ।
अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अन्तरजातीय प्रेम विवाह गरेको केही समयपछि रहस्यमय मृत्यु भएका काभ्रेका अजित मिजारको परिवारले १० वर्षपछि पनि न्याय नपाएको भन्दै नयाँ सरकारसँग न्यायको पहल गर्न आग्रह गरेको छ ।...

भर्खरै