नेभिगेशन
मुख्य समाचार

मतदाता नामावली अद्यावधिक अभियान सञ्चालन गर्न निर्वाचन आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक अभियान सञ्चालनको तयारीस्वरूप प्रदेश निर्वाचन अधिकारी तथा जिल्ला निर्वाचन अधिकारीहरूसँग बिहीबार अनलाइन बैठक गरेको छ।

बैठकमा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्की तथा निर्वाचन आयुक्तहरू डा. जानकीकुमारी तुलाधर, सगुनशम्शेर जबरा, गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको सहभागिता रहेको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा आयोगको साउन १५ गतेको निर्णयअनुसार सञ्चालन गरिने मतदाता नामावली अद्यावधिक अभियानका विषयमा विस्तृत छलफल भएको आयोगले जनाएको छ।

Ncell
Extreme Energy

अभियानअन्तर्गत प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूले स्थानीय तहका वडा कार्यालयबाट मृत्यु भएका तथा बसाइँसराइ गरेका व्यक्तिहरूको विवरण संकलन गरी मतदाता नामावली अद्यावधिक गर्नेछन्।

यस अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक सहजीकरण गरिदिन आयोगले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई पत्राचार गरिसकेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
विभिन्न स्थानबाट २० जना  किन परे पक्राउ ?

विभिन्न स्थानबाट २० जना किन परे पक्राउ ?

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ ।
यी स्थानमा आज भारी वर्षाको सम्भावना

यी स्थानमा आज भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

आन्तरिक राजस्व विभागको आयोजनामा अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. वाग्लेले १५ जना १–१ लाख रुपैयाँका विजेता र १ जना १० लाख रुपैयाँ विजेता उपभोक्ता छनोट गरेका...