नेभिगेशन
मुख्य समाचार

महाधिवेशन तयारी तीव्र बनाउन राप्रपा अध्यक्ष लिङ्देनको निर्देशन, तयारी समितिलाई तत्काल कार्ययोजना बनाउन आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनको तयारीलाई तीव्र बनाएको छ । महाधिवेशनको मिति तय भएपछि अध्यक्ष राजेन्द्र लिङ्देनले महाधिवेशनसँग सम्बन्धित विभिन्न समितिका संयोजकहरूलाई विस्तृत कार्ययोजना बनाएर तत्काल काम सुरु गर्न निर्देशन दिएका छन् ।

बिहीबार बसेको समितिका संयोजकहरूको बैठकमा अध्यक्ष लिङ्देनले सबै समितिलाई पूर्णता दिई जिम्मेवारीअनुसार तयारी अघि बढाउन आग्रह गरेको पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार महाधिवेशनलाई भव्य, व्यवस्थित र प्रभावकारी बनाउन प्रत्येक समितिले स्पष्ट कार्यतालिका बनाएर काम थाल्नेछ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मंसिर २६, २७ र २८ गते काठमाडौंमा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो । सोही बैठकले महाधिवेशन मूल आयोजक समिति मातहत विभिन्न विषयगत समिति गठन गरी जिम्मेवारीसमेत बाँडफाँट गरेको छ ।

Ncell
Extreme Energy

निर्णयअनुसार अध्यक्ष लिङ्देन स्वयं राजनीतिक प्रतिवेदन समितिको संयोजक रहेका छन् । उपाध्यक्ष बुद्धिमान तामाङलाई सभा तथा जुलुस व्यवस्थापन, उपाध्यक्ष ध्रुवबहादुर प्रधानलाई अतिथि सत्कार, उपाध्यक्ष हेमजङ गुरुङलाई भोजन व्यवस्थापनको जिम्मेवारी दिइएको छ ।

यस्तै, महामन्त्री भुवन पाठक समारोह व्यवस्थापन, महामन्त्री राजेन्द्र गुरुङ जिल्ला समन्वय तथा सम्पर्क, कोषाध्यक्ष नीलकण्ठ काफ्ले आर्थिक व्यवस्थापन, गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङ सांस्कृतिक कार्यक्रम तथा झाँकी व्यवस्थापन समितिको संयोजक तोकिएका छन् ।

कार्यसम्पादन समिति सदस्य डा. विष्णु भण्डारीलाई बौद्धिक सम्पर्क तथा समन्वय, प्रवक्ता मोहन श्रेष्ठलाई प्रचारप्रसार, केन्द्रीय सदस्य दीपक रञ्जितलाई शान्ति–सुरक्षा तथा व्यवस्थापन, केन्द्रीय सदस्य इन्जिनियर सजिना कार्कीलाई स्वास्थ्य तथा केन्द्रीय सदस्य ध्रुवविक्रम मल्ललाई स्वयंसेवक व्यवस्थापन समितिको जिम्मेवारी दिइएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कार्यसमितिलाई स्वागतद्वार व्यवस्थापनको जिम्मेवारी तोकिएको पार्टीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

आन्तरिक राजस्व विभागको आयोजनामा अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. वाग्लेले १५ जना १–१ लाख रुपैयाँका विजेता र १ जना १० लाख रुपैयाँ विजेता उपभोक्ता छनोट गरेका...
ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन)लाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीर अस्प्ताल पुगेकी छन् । पूर्वराष्ट्रपति भण्डारी शुक्रबार थपलियालाई भेट्न पुगेकी हुन् ।
अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अन्तरजातीय प्रेम विवाह गरेको केही समयपछि रहस्यमय मृत्यु भएका काभ्रेका अजित मिजारको परिवारले १० वर्षपछि पनि न्याय नपाएको भन्दै नयाँ सरकारसँग न्यायको पहल गर्न आग्रह गरेको छ ।...
२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार कञ्चनपुर पुनर्वासका हेमराज जोशीले जितेका छन् ।

भर्खरै