नेभिगेशन
मुख्य समाचार

नयाँ शक्तिको बहस राजनीतिको केन्द्रमा पुग्नु ऐतिहासिक उपलब्धि– डा बाबुराम भट्टराई

काठमाडौं ।  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम भट्टराईले समकालीन नेपालमा नयाँ वैकल्पिक राजनीतिको बहस आज नेपाली राजनीतिको केन्द्रमा स्थापित हुनु ऐतिहासिक उपलब्धि भएको बताएका छन् ।
 
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले २०७० फागुन २५ गते प्रकाशित नेपाल साप्ताहिक मा ‘नयाँ शक्तिको खाँचो’ शीर्षकमा आफ्नो विश्लेषणात्मक लेख प्रकाशित भएपछि वैकल्पिक राजनीतिको राष्ट्रिय बहस सुरु भएको दाबी गरेका छन् ।

उनले पार्टी वा नेतृत्वको नामभन्दा पनि युग परिवर्तनसँगै देखा परेका समाज र राज्यका आधारभूत समस्याको पहिचान तथा समाधान गर्ने वैचारिक–राजनीतिक कार्यदिशा नै व्यवहारिक राजनीतिको मूल आधार हुने उल्लेख गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भट्टराईले सार्वभौमिकता/स्वाधीनता, संघीयता/समावेशिता, सुशासन/सदाचार, समतामूलक समृद्धि र समुन्नत समाजवादलाई समकालीन नेपालको साझा पाँच आधारभूत राजनीतिक एजेन्डा (५ ‘स’) का रूपमा व्याख्या गरेका छन्।

Ncell
Extreme Energy

यी एजेन्डामध्ये कुनै एक वा केहीलाई मात्रै अघि सारेर क्षणिक चुनावी लाभ लिन सकिने भए पनि त्यसलाई दाहिने वा देब्रे पपुलिज्मको संज्ञा दिँदै उनले सबै एजेन्डालाई प्राथमिकताबद्ध रूपमा कार्यान्वयन गरेर समाज र राज्यको दिगो रूपान्तरण गर्नु नै वैकल्पिक राजनीतिको वास्तविक उद्देश्य भएको बताएका छन् ।

भट्टराईले नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूबीच स्वस्थ बहस, प्रतिस्पर्धा र आवश्यक सहकार्य हुन सके समृद्ध नेपाल निर्माण सम्भव हुने विश्वास पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

करदाता प्रोत्साहन: उपहारमा १० लाख जित्ने हेमराज र एक लाख विजेता सपनालाई अर्थमन्त्री स्वर्णिम वाग्लेको बधाई फोन

आन्तरिक राजस्व विभागको आयोजनामा अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी अर्थमन्त्री डा. वाग्लेले १५ जना १–१ लाख रुपैयाँका विजेता र १ जना १० लाख रुपैयाँ विजेता उपभोक्ता छनोट गरेका...
ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन)लाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीर अस्प्ताल पुगेकी छन् । पूर्वराष्ट्रपति भण्डारी शुक्रबार थपलियालाई भेट्न पुगेकी हुन् ।
अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अन्तरजातीय प्रेम विवाह गरेको केही समयपछि रहस्यमय मृत्यु भएका काभ्रेका अजित मिजारको परिवारले १० वर्षपछि पनि न्याय नपाएको भन्दै नयाँ सरकारसँग न्यायको पहल गर्न आग्रह गरेको छ ।...
२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार कञ्चनपुर पुनर्वासका हेमराज जोशीले जितेका छन् ।

भर्खरै