नेभिगेशन
पर्यटन

ब्रोड पिकमा ज्यान गुमाएका नेपाली आरोही पुरबहादुर गुरुङको पार्थिव शरीर ल्याइयो नेपाल

काठमाडौं । पाकिस्तानको ब्रोड पिक आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली आरोही पुरबहादुर ‘युक्ता’ गुरुङको पार्थिव शरीर नेपाल ल्याइएको छ।

गुरुङको पार्थिव शरीर बिहीबार हवाई मार्गबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो । विमानस्थलमा परिवारका सदस्य, आफन्त, साथीभाइ तथा पर्वतारोहण क्षेत्रसँग आबद्ध व्यक्तिहरूले उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गुरुङ गत साता पाकिस्तानको ८,०५१ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा आएको हिमपहिरोमा परी ज्यान गुमाउने नेपाली आरोहीमध्ये एक थिए । प्रतिकूल मौसम र कठिन हिमाली भूगोलका कारण उद्धार कार्य जटिल बनेको थियो । लामो प्रयासपछि उद्धार टोलीले उनको पार्थिव शरीर आधार शिविरसम्म ल्याई त्यसपछि नेपाल पठाएको हो ।

Ncell
Extreme Energy

अनुभवी आरोहीका रूपमा परिचित गुरुङको निधनले नेपाली पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति पुगेको भन्दै पर्वतारोहण समुदायले दुःख व्यक्त गरेको छ ।

परिवारका अनुसार काठमाडौंमा अन्तिम श्रद्धाञ्जलीपछि उनको पार्थिव शरीर अन्त्येष्टिका लागि गृहजिल्ला लगिनेछ ।

Nepali-mountaineer-Pur-Bahadur-Yukta-Gurung-Body_-611-1786019091.jpg

Nepali-mountaineer-Pur-Bahadur-Yukta-Gurung-Body_-613-1786019091.jpg

Nepali-mountaineer-Pur-Bahadur-Yukta-Gurung-Body_-615-1786019093.jpg

Nepali-mountaineer-Pur-Bahadur-Yukta-Gurung-Body_-610-1786019089.jpg

Nepali-mountaineer-Pur-Bahadur-Yukta-Gurung-Body_-607-1786019089.jpg

Nepali-mountaineer-Pur-Bahadur-Yukta-Gurung-Body_-605-1786019087.jpg

Nepali-mountaineer-Pur-Bahadur-Yukta-Gurung-Body_-604-1786019087.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पर्यटन
एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

एमाले सचिवालय बैठकमा उठेका दुई कुरा

नेकपा एमालेको आइतबार बसेको सचिवालय बैठकमा पुनर्गठनको प्रश्न उठेको छ। उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराईले आज पनि पार्टी पुनर्गठनमा जोड दिएको एक नेताले बताए।
त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

त्रिशूली–१ को टनेलबाट १३ शव निकालियो, बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको खोजी जारी

माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ टनेलमा फेला परेका १३ वटा शव हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ। टनेलमा अझै खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।
यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

यूएन महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान, प्रधानमन्त्री शाह मंगलबार जाँदै

संयुक्त राष्ट्रसंघ (यूएन) को ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गरेको छ।
‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

‘बंगालको खाडीमा विकसित पानी पार्ने प्रणाली बलियो बन्दैछ, नेपालमा यसको असरबारे अहिले नै यकिन गर्न सकिँदैन’

बंगालको खाडीको पूर्वी भू–भागमा विकसित न्यून चापीय प्रणाली थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने प्रक्षेपण गरिएको छ। उक्त प्रणालीका कारण नेपालमा वर्षा हुने सम्भावना रहे पनि वर्षाको जोखिम र...