नेभिगेशन
मुख्य समाचार

२५० रुपैयाँको सामान खरिद गरेर १० लाख जित्ने कञ्चनपुरको पुनर्वासका, नाम पहिचान हुन बाँकी

काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार कञ्चनपुरमा खरिद गरिएको एक बिलको कुपन नम्बरमा परेको जनाएको छ ।

विभागका अनुसार विजेता कुपन नम्बरबाट गरिएको खरिद कञ्चनपुरको पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जनरल स्टोरबाट भएको हो । उपभोक्ताले साउन ७ गते २५० रुपैयाँको सामान खरिद गरेको खुलेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बम्पर उपहार विजेताको थप पहिचान तथा आवश्यक प्रक्रिया भने आन्तरिक राजस्व विभागले अघि बढाइरहेको जनाएको छ ।

Marvel
Extreme Energy

विभागले बिहीबार सार्वजनिक गरेको नतिजाअनुसार करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको बम्पर उपहार उक्त कुपन नम्बरमा परेको हो । यो कार्यक्रम उपभोक्तामा बिल लिने बानीको विकास गर्दै कर प्रणालीलाई थप पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

'मेरो हात सफा छ, नैतिक धरातल कमजोर छैन'

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा आफूले कुनै आर्थिक लेनदेन वा अनैतिक काम नगरेको दाबी गरेका छन्।
आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

आधिकारिकताको लडाइँमा एक रुपैयाँ पनि लेनदेन भएको छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा कुनै आर्थिक लेनदेन वा अनुचित काम नभएको दाबी गरेका छन् ।
लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनीलाई कङ्क्रिटको सहर होइन, शान्ति र आध्यात्मिक आनन्दको केन्द्र बनाउने चुनौती

लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई अब कुन दिशामा अघि बढाउने भन्ने बहस सुरु भएको छ। वर्षौंदेखि अधुरो रहेको गुरुयोजना पूरा गर्ने, रोकिएका आयोजना...