नेभिगेशन
मुख्य समाचार

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट फिर्ता लिन डा. शेखरको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको मर्मत तथा संरक्षणका लागि चालु आर्थिक वर्ष २०८३÷८४ को बजेटमा विनियोजन गरिएको २ करोड रुपैयाँ फिर्ता लिन सरकारसँग आग्रह गरेका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवलाई शुक्रबार पत्र लेख्दै डा. कोइरालाले देश आर्थिक अभाव, विपन्नता र अनेकौं कठिनाइबाट गुज्रिरहेको अवस्थामा सीमित स्रोतसाधन आम नागरिकको उत्थानका लागि प्रयोग हुनुपर्ने भएकाले कोइराला निवासका लागि छुट्याइएको रकम नैतिक रूपमा स्वीकार गर्न नसकिने बताएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पत्रमा उनले सरकारले नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको जन्मघर (विराटनगर–७, कोशी अस्पताल चोकस्थित कोइराला निवास) को संरक्षणका लागि बजेट विनियोजन गरेकोमा आभार व्यक्त गरे पनि उक्त रकम अन्य प्राथमिकताका क्षेत्रमा खर्च गर्नुपर्ने धारणा राखेका छन् ।

Ncell
Extreme Energy

डा. कोइरालाले कोइराला निवास शताब्दीअघि उनका पिता कृष्णप्रसाद कोइरालाले निर्माण गरेको स्मरण गर्दै गत वर्षको जनआन्दोलनका क्रममा आगजनीबाट घरमा क्षति पुगेको उल्लेख गरेका छन् । उनले उक्त घर केवल एउटा भवन नभई नेपाली राजनीतिक, बौद्धिक र सामाजिक चेतनाको ऐतिहासिक केन्द्र रहेको बताएका छन् ।

उनले कृष्णप्रसाद कोइरालाले सुरु गरेको शैक्षिक जागरणको अभियानलाई बीपी कोइरालाले राष्ट्रिय राजनीतिक आन्दोलनमा रूपान्तरण गरेको उल्लेख गर्दै कोइराला निवास नेपाली जनताको लोकतान्त्रिक चेतनाको प्रतीक रहेको बताएका छन् ।

पत्रको अन्त्यमा डा. कोइरालाले बीपी कोइरालाले सम्पूर्ण नेपालीको गाँस, बास र कपासका लागि जीवनभर संघर्ष गरेको स्मरण गर्दै वर्तमान परिस्थितिमा कोइराला निवासका लागि छुट्याइएको बजेट फिर्ता गर्नु नै बीपीप्रतिको सच्चा श्रद्धाञ्जलि हुने बताएका छन् ।

765671658_4344956782436201_7613123187939575353_n-1786079404.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

प्रतितोला ९०० ले बढ्यो सुनको मूल्य

अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ९६ हजार थियो । यसैगरी, चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु चार हजार ५८० पुगेको छ ।...
पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पक्राउ पूर्जी जारी भएका कांग्रेसबाट निर्वाचित प्रतापपुर गाउँपालिका अध्यक्ष यादवलाई प्रहरीकै संरक्षण

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । सरकारी छाप र लेटरप्याड कीर्ते गरी दुरुपयोग गरेको अभियोगमा प्रहरीमा जाहेरी परेपछि जिल्ला अदालत...
स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा, उम्मेदवार छान्न ल्यायो कडा नियम

स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा, उम्मेदवार छान्न ल्यायो कडा नियम

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको तयारी थालेको छ ।

भर्खरै