नेभिगेशन
मुख्य समाचार

हेटौंडाको सामुदायिक वनमा बोराभित्र महिलाको शव फेला

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर खाल्डोमा फालिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।

प्रहरीका अनुसार बिहीबार दिउँसो करिब १ः५० बजे हेटौंडा–१५ स्थित सेल्फी रोड नजिकैको सामुदायिक वनमा बोराभित्र महिलाको शव फालिएको अवस्थामा रहेको सूचना प्राप्त भएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलको मुचुल्का तथा प्रारम्भिक अनुसन्धानको प्रक्रिया अघि बढाएको जनाएको छ ।

Ncell
Extreme Energy

हालसम्म शवको पहिचान खुल्न सकेको छैन । मृतक महिला को हुन् र उनको मृत्यु कसरी भयो भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

शवलाई पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको र पहिचान खुलेपछि घटनाबारे थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा हत्या गरेर शव फालिएको हुन सक्ने आशंका गरिए पनि अनुसन्धान पूरा नभएसम्म मृत्युको कारणबारे यकिन भन्न नसकिने प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

अन्तरजातीय प्रेम विवाह गरेको केही समयपछि रहस्यमय मृत्यु भएका काभ्रेका अजित मिजारको परिवारले १० वर्षपछि पनि न्याय नपाएको भन्दै नयाँ सरकारसँग न्यायको पहल गर्न आग्रह गरेको छ ।...
२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार कञ्चनपुर पुनर्वासका हेमराज जोशीले जितेका छन् ।
सरकारले गर्‍यो ३२ हजारभन्दा बढी गुनासो फर्छ्योट

सरकारले गर्‍यो ३२ हजारभन्दा बढी गुनासो फर्छ्योट

सरकारले शासकीय सुधारलाई प्राथमिकता दिँदै सय बुँदे कार्यसूची कार्यान्वयनलाई निरन्तरता दिएको जनाएको छ ।
राहदानीसम्बन्धी कानुन समयसापेक्ष बनाउन संशोधन आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

राहदानीसम्बन्धी कानुन समयसापेक्ष बनाउन संशोधन आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

। परराष्ट्रमन्त्री शिशिर खनालले राहदानीसम्बन्धी विद्यमान कानुनी व्यवस्थालाई समयसापेक्ष बनाउन संशोधन आवश्यक रहेको बताएका छन्।