नेभिगेशन
मुख्य समाचार

राहदानीसम्बन्धी कानुन समयसापेक्ष बनाउन संशोधन आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले राहदानीसम्बन्धी विद्यमान कानुनी व्यवस्थालाई समयसापेक्ष बनाउन संशोधन आवश्यक रहेको बताएका छन् ।

मन्त्री खनालले शुक्रबार संघीय संसद्को प्रतिनिधिसभा बैठकमा ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्दै राहदानी वितरण तथा प्रयोगलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारले विधेयक अघि बढाएको जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार विश्वव्यापीकरणसँगै रोजगारी, अध्ययन, व्यापार–व्यवसायलगायत विभिन्न प्रयोजनका लागि विदेश जाने नेपाली नागरिकको संख्या निरन्तर बढिरहेको छ । यस्तो अवस्थामा राहदानीसम्बन्धी कानुनी व्यवस्थालाई थप स्पष्ट र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।

Ncell
Extreme Energy

‘मौजुदा राहदानी ऐन, २०७६ मा रहेका व्यवस्था अपूर्ण भएकाले समयसापेक्ष रूपमा परिमार्जन तथा परिवर्तन गरी ऐन संशोधन गर्नुपर्ने आवश्यकता रहेको छ,’ विधेयक प्रस्तुत गर्दै मन्त्री खनालले भने ।

उनले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) का पछिल्ला मान्यता तथा मापदण्डलाई सम्बोधन गर्दै राहदानीसम्बन्धी कानुनलाई अन्तर्राष्ट्रिय अभ्यासअनुकूल बनाउनु राज्यको दायित्व भएको बताए ।

अस्थायी, कूटनीतिक र विशेष राहदानीको व्यवस्था स्पष्ट पारिने

प्रस्तावित विधेयकले राहदानी जारी गर्ने प्रक्रिया थप व्यवस्थित बनाउनुका साथै अस्थायी, कूटनीतिक तथा विशेष राहदानीसम्बन्धी व्यवस्थालाई स्पष्ट पार्ने लक्ष्य लिएको छ ।

मन्त्री खनालका अनुसार राहदानी वितरण प्रक्रियालाई सेवाग्राहीमैत्री बनाउने तथा राहदानी रद्द गर्ने, जारी नगर्ने वा रोक्का राख्ने अवस्थाको कानुनी प्रक्रिया स्पष्ट पार्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ ।

‘राहदानी रद्द गर्ने, जारी नगर्ने वा रोक्का राख्ने प्रक्रियालाई स्पष्ट पारी हाल कायम रहेको द्विविधा हटाई सहज र व्यावहारिक बनाउनु विधेयकको उद्देश्य हो,’ उनले भने ।

विशेष परिस्थितिमा विदेशमा रहेका नेपाली नाबालकलाई नेपाली नियोगमार्फत जारी गर्नुपर्ने अस्थायी राहदानीका सम्बन्धमा व्यवहारमा देखिएका समस्या समाधान गर्ने व्यवस्था पनि विधेयकमा समेटिएको उनले जानकारी दिए ।

राहदानी दुरुपयोगमा कसुर र सजाय थप स्पष्ट

सरकारले राहदानीको दुरुपयोग नियन्त्रण गर्न कसुर तथा सजायसम्बन्धी व्यवस्थालाई समेत समयसापेक्ष बनाउन प्रस्ताव गरेको छ ।

मन्त्री खनालले राहदानीको दुरुपयोग भएमा वा गराएमा कारबाही गर्न सकिने गरी कानुनी व्यवस्था थप स्पष्ट र प्रभावकारी बनाउने बताए ।

‘कसुर र सजायलाई समयसापेक्ष बनाई राहदानीको दुरुपयोग भए वा गरेमा दण्डसजायको व्यवस्था गर्नु यस विधेयकका मुख्य उद्देश्यमध्ये एक हो,’ उनले भने ।

उनका अनुसार विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई जारी गरिने राहदानीसँग सम्बन्धित विषयलाई नियमित र व्यवस्थित गर्न तथा राहदानीसम्बन्धी प्रचलित कानुनमा आवश्यक संशोधन गर्न विधेयक ल्याइएको हो ।

‘विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई जारी गरिने राहदानीसँग सम्बन्धित विषयलाई नियमित र व्यवस्थित गरी राहदानीसम्बन्धी प्रचलित कानुनलाई संशोधन गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकाले यो विधेयक यस सम्मानित सदनसमक्ष पेश गरेको छु,’ मन्त्री खनालले भने ।

परराष्ट्रमन्त्री खनालले साउन १४ गते उक्त विधेयक प्रतिनिधिसभामा दर्ता गराएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

हाइड्रोपावरको टनेलमा उद्धार प्रयासः त्रिशुली–१ मा थर्मल क्यामेराको प्रयोग, ३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश

त्रिशूली–३‘बी’मा अडिट–२ बाट उद्धारकर्ता प्रवेश गरी अडिट–१ बाट निस्किएका छन् । अडिट २ टनेलबाट ‘एक्साभेटर’ जानसक्ने गरी बाटो सफा भइरहेको र हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ...
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...