नेभिगेशन
मुख्य समाचार

सरकारले गर्‍यो ३२ हजारभन्दा बढी गुनासो फर्छ्योट

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकता दिँदै सय बुँदे कार्यसूची कार्यान्वयनलाई निरन्तरता दिएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक प्रगति विवरणअनुसार सरकारले सुशासन, नीति कार्यान्वयन, विकास आयोजना अनुगमन, सेवा प्रवाह तथा कानुनी प्रतिरक्षालगायतका क्षेत्रमा विभिन्न काम अघि बढाएको हो ।

प्रगति विवरणअनुसार चौथो त्रैमासिकमा बसेका २१ वटा मन्त्रिपरिषद् बैठकबाट ३८४ वटा निर्णय भएका छन् । त्यस्तै, मन्त्रिपरिषद्का विभिन्न समितिका ८ वटा बैठकबाट १२ निर्णय भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जेन्जी आन्दोलनपछि सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सचिवस्तरीय बैठकहरू आयोजना गरी कार्यालय प्रमुखलाई अनियमितता, ढिलासुस्ती तथा सेवा प्रवाहमा देखिएका समस्या हटाउन निर्देशन दिइएको कार्यालयले जनाएको छ ।

Ncell
Extreme Energy

यस अवधिमा सरकारको कुल वित्तीय प्रगति पुँजीगततर्फ ६८.२६ प्रतिशत र चालूतर्फ १७.०७ प्रतिशत रहेको छ ।

शासकीय सुधारमा नयाँ कार्ययोजना

शासकीय सुधारसम्बन्धी सय कार्यसूचीको बुँदा नम्बर ३ अनुसार तयार पारिएको ‘राष्ट्रिय प्रतिबद्धता’ असार १८ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ ।

त्यस्तै, शासकीय सुधार संवाद शृंखलाअन्तर्गत सिराहा, उदयपुर र सोलुखुम्बुमा तीनवटा कार्यक्रम सम्पन्न गरिएको प्रगति विवरणमा उल्लेख छ ।

सरकारले ‘मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना’ तथा ‘भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धिको कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय रणनीति’ समेत स्वीकृत गरेको छ ।

यसैगरी, ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ कार्यान्वयनमा ल्याइएको छ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय निकाय (एपीजी) को कार्ययोजना कार्यान्वयनका विषयमा सरोकारवालासँग उच्चस्तरीय छलफलसमेत गरिएको सरकारले जनाएको छ ।

सरकारी कार्यालयमा फाइल थन्किने प्रवृत्ति अन्त्य गर्न ‘शून्य बाँकी फाइल अभियान सञ्चालन मार्गदर्शन, २०८२’ जारी गरी एकीकृत प्रगति प्रतिवेदन माग गरिएको छ ।

ठूला आयोजनाको अनुगमनदेखि रुग्ण ठेक्का विश्लेषणसम्म

सरकारले विकास आयोजनाको प्रगतिलाई तीव्रता दिन ठूला आयोजनाको स्थलगत अनुगमनलाई पनि प्राथमिकता दिएको जनाएको छ ।

प्रगति विवरणअनुसार कालिगण्डकी करिडोर तथा नारायणगढ–बुटवल सडक खण्डलगायतका ठूला आयोजनाको स्थलगत अनुगमन गरिएको छ ।

लामो समयदेखि अलपत्र रहेका ५७८ वटा रुग्ण ठेक्काको विस्तृत विश्लेषण गरी तिनको समाधानका उपायसमेत प्रस्तुत गरिएको छ । त्यस्तै, लामो समयदेखि बन्द रहेको हेटौंडा कपडा उद्योग पुनःसञ्चालन गर्ने प्रक्रिया अघि बढाइएको सरकारले जनाएको छ ।

सरकारी खर्चमा मितव्ययिता कायम गर्न सबै संघीय मन्त्रालय तथा स्थानीय तहलाई आवश्यक परिपत्र गरिएको छ ।

‘हेलो सरकार’का ३२ हजारभन्दा बढी गुनासो फर्छ्योट

सरकारका अनुसार नागरिकका गुनासा सम्बोधन गर्ने ‘हेलो सरकार’ प्रणालीमा यस अवधिसम्म ४४ हजार ३४० गुनासा प्राप्त भएका छन् । तीमध्ये ३२ हजार ६७ वटा गुनासा फर्छ्योट गरिएको छ ।

त्यस्तै, सूचनाको हकअन्तर्गत प्राप्त ४९ वटा निवेदनमा सूचना उपलब्ध गराइएको प्रगति विवरणमा उल्लेख छ ।

सरकारले शासकीय सुधारका कार्यसूचीलाई निरन्तरता दिँदै सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाउने, प्रशासनिक ढिलासुस्ती घटाउने, विकास आयोजनाको अनुगमन बढाउने तथा नागरिकका गुनासा र सूचनाको मागलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने कामलाई प्राथमिकतामा राखेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।