नेभिगेशन
मुख्य समाचार

२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

काठमाडौं  । करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार कञ्चनपुर पुनर्वासका हेमराज जोशीले जितेका छन् ।

आन्तरिक राजस्व विभागका अनुसार जोशीले पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जनरल स्टोरबाट साउन ७ गते २५० रुपैयाँको सामान खरिद गरेका थिए । सोही खरिदको कुपन नम्बर बम्पर उपहारका लागि छनोट भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, योजनाअन्तर्गत १५ जनाले जनही १ लाख रुपैयाँको उपहार जितेका छन् । १ लाख रुपैयाँ जित्नेहरूमा रुपन्देही सुद्धोधनका अमृत राई, ललितपुर सुनाकोठीका नरेन्द्र, भक्तपुर मध्यपुर ठिमी राधेराधेका हिमाल अर्याल, चितवन भरतपुर शहिदचोकका राजकुमार, काठमाडौं टोखाका पञ्चनारायण, सुनसरी इटहरीका अर्जुन, रुपन्देही देवदह मिलनचोककी सपना खरेल, दोलखा भीमेश्वरका सञ्जय श्रेष्ठ, टोखाकी रश्मी, काठमाडौं लाजिम्पाटका प्रविन, रुपन्देही सिद्धार्थनगरका सन्तोष गुरुङ, काठमाडौं शान्तिनगरका सुदीप तामाङ, सुर्खेत वीरेन्द्रनगरकी लिना ठाडा र विराटनगरका एक जना छन् ।

Ncell
Extreme Energy

विभागका अनुसार १ लाख रुपैयाँका उपहार विजेताहरूले न्यूनतम १६० रुपैयाँदेखि अधिकतम ३० हजार रुपैयाँसम्मको सामान खरिद गरेका थिए ।

यस योजनामार्फत सरकारले उपभोक्तालाई खरिदको बिल लिन प्रोत्साहित गर्दै कर प्रणालीमा पारदर्शिता र कर सहभागिता बढाउने उद्देश्य राखेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।