नेभिगेशन
मुख्य समाचार

२५० रुपैयाँको सामान किन्ने हेमराज जोशीले जिते १० लाख

काठमाडौं  । करदाता प्रोत्साहन उपहार योजनाअन्तर्गत साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार कञ्चनपुर पुनर्वासका हेमराज जोशीले जितेका छन् ।

आन्तरिक राजस्व विभागका अनुसार जोशीले पुनर्वास नगरपालिकास्थित शिव कृष्ण जनरल स्टोरबाट साउन ७ गते २५० रुपैयाँको सामान खरिद गरेका थिए । सोही खरिदको कुपन नम्बर बम्पर उपहारका लागि छनोट भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, योजनाअन्तर्गत १५ जनाले जनही १ लाख रुपैयाँको उपहार जितेका छन् । १ लाख रुपैयाँ जित्नेहरूमा रुपन्देही सुद्धोधनका अमृत राई, ललितपुर सुनाकोठीका नरेन्द्र, भक्तपुर मध्यपुर ठिमी राधेराधेका हिमाल अर्याल, चितवन भरतपुर शहिदचोकका राजकुमार, काठमाडौं टोखाका पञ्चनारायण, सुनसरी इटहरीका अर्जुन, रुपन्देही देवदह मिलनचोककी सपना खरेल, दोलखा भीमेश्वरका सञ्जय श्रेष्ठ, टोखाकी रश्मी, काठमाडौं लाजिम्पाटका प्रविन, रुपन्देही सिद्धार्थनगरका सन्तोष गुरुङ, काठमाडौं शान्तिनगरका सुदीप तामाङ, सुर्खेत वीरेन्द्रनगरकी लिना ठाडा र विराटनगरका एक जना छन् ।

Ncell
Extreme Energy

विभागका अनुसार १ लाख रुपैयाँका उपहार विजेताहरूले न्यूनतम १६० रुपैयाँदेखि अधिकतम ३० हजार रुपैयाँसम्मको सामान खरिद गरेका थिए ।

यस योजनामार्फत सरकारले उपभोक्तालाई खरिदको बिल लिन प्रोत्साहित गर्दै कर प्रणालीमा पारदर्शिता र कर सहभागिता बढाउने उद्देश्य राखेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।