नेभिगेशन
मुख्य समाचार

अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

काठमाडौं । अन्तरजातीय प्रेम विवाह गरेको केही समयपछि रहस्यमय मृत्यु भएका काभ्रेका अजित मिजारको परिवारले १० वर्षपछि पनि न्याय नपाएको भन्दै नयाँ सरकारसँग न्यायको पहल गर्न आग्रह गरेको छ । परिवारले अजितको शवको पुनः फरेन्सिक परीक्षण गर्न माग गरेको छ ।

अजितका बुवा हरिभक्त ढकाल (मिजार) र आमा काली मिजारले शुक्रबार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मन्त्री सीता बादी र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारसँग भेट गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटका क्रममा उनीहरूले घटनाको सत्यतथ्य बाहिर ल्याउन तथा निष्पक्ष छानबिन सुनिश्चित गर्न अजितको शवको पुनः फरेन्सिक परीक्षणको व्यवस्था मिलाइदिन आग्रह गरे । न्याय नपाएसम्म शव नबुझ्ने अडानमा रहेका मिजार दम्पतीले नयाँ सरकारबाट न्यायको आशा रहेको बताएका छन् ।

Ncell
Extreme Energy

मन्त्री बादी र सचेतक परियारले मिजार परिवारको पीडाप्रति सहानुभूति व्यक्त गर्दै न्याय दिलाउने प्रक्रियामा राज्यका तर्फबाट आवश्यक सहयोग र पहल गर्ने आश्वासन दिएका छन् ।

अन्तरजातीय विवाहको विषयलाई लिएर २०७३ सालमा अजितको रहस्यमय मृत्यु भएको थियो । धादिङको गजुरी गाउँपालिकास्थित ठाँटीमा उनको शव भेटिएको थियो । प्रहरीले परिवारलाई जानकारी नदिई शव उठाएर गाडेपछि परिवार र अधिकारकर्मीको दबाबमा शव उत्खनन गरी पोस्टमार्टम गरिएको थियो ।

अजितको शव अहिले पनि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । घटनाको मुद्दा जिल्ला अदालत हुँदै उच्च र सर्वोच्च अदालतसम्म पुगे पनि प्रमाण संकलनमा भएको कमजोरी तथा प्रहरीकै संलग्नतासम्बन्धी आरोपका कारण आरोपितहरूले सफाइ पाएको परिवारको दाबी छ ।

पीडित परिवारले सर्वोच्च अदालतसमक्ष समेत शवको पुनः फरेन्सिक परीक्षणको माग गरेको थियो । तर अहिलेसम्म उक्त मागअनुसार परीक्षण हुन नसकेको परिवारले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट...
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...