नेभिगेशन
मुख्य समाचार

अजित मिजार हत्या प्रकरण– न्यायको माग गर्दै मन्त्री बादी र सचेतक परियारसँग परिवारको भेट

काठमाडौं । अन्तरजातीय प्रेम विवाह गरेको केही समयपछि रहस्यमय मृत्यु भएका काभ्रेका अजित मिजारको परिवारले १० वर्षपछि पनि न्याय नपाएको भन्दै नयाँ सरकारसँग न्यायको पहल गर्न आग्रह गरेको छ । परिवारले अजितको शवको पुनः फरेन्सिक परीक्षण गर्न माग गरेको छ ।

अजितका बुवा हरिभक्त ढकाल (मिजार) र आमा काली मिजारले शुक्रबार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक मन्त्री सीता बादी र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारसँग भेट गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटका क्रममा उनीहरूले घटनाको सत्यतथ्य बाहिर ल्याउन तथा निष्पक्ष छानबिन सुनिश्चित गर्न अजितको शवको पुनः फरेन्सिक परीक्षणको व्यवस्था मिलाइदिन आग्रह गरे । न्याय नपाएसम्म शव नबुझ्ने अडानमा रहेका मिजार दम्पतीले नयाँ सरकारबाट न्यायको आशा रहेको बताएका छन् ।

Ncell
Extreme Energy

मन्त्री बादी र सचेतक परियारले मिजार परिवारको पीडाप्रति सहानुभूति व्यक्त गर्दै न्याय दिलाउने प्रक्रियामा राज्यका तर्फबाट आवश्यक सहयोग र पहल गर्ने आश्वासन दिएका छन् ।

अन्तरजातीय विवाहको विषयलाई लिएर २०७३ सालमा अजितको रहस्यमय मृत्यु भएको थियो । धादिङको गजुरी गाउँपालिकास्थित ठाँटीमा उनको शव भेटिएको थियो । प्रहरीले परिवारलाई जानकारी नदिई शव उठाएर गाडेपछि परिवार र अधिकारकर्मीको दबाबमा शव उत्खनन गरी पोस्टमार्टम गरिएको थियो ।

अजितको शव अहिले पनि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । घटनाको मुद्दा जिल्ला अदालत हुँदै उच्च र सर्वोच्च अदालतसम्म पुगे पनि प्रमाण संकलनमा भएको कमजोरी तथा प्रहरीकै संलग्नतासम्बन्धी आरोपका कारण आरोपितहरूले सफाइ पाएको परिवारको दाबी छ ।

पीडित परिवारले सर्वोच्च अदालतसमक्ष समेत शवको पुनः फरेन्सिक परीक्षणको माग गरेको थियो । तर अहिलेसम्म उक्त मागअनुसार परीक्षण हुन नसकेको परिवारले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।