नेभिगेशन
मुख्य समाचार

ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन)लाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीर अस्प्ताल पुगेकी छन् । पूर्वराष्ट्रपति भण्डारी शुक्रबार थपलियालाई भेट्न पुगेकी हुन् ।
थपलिया त्यहाँ उपचाररत छन् । भण्डारीले भेटेर उनको स्वास्थ्यावस्था बुझेकी हुन् ।

सोमबार राति भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलका क्रममा थपलिया अचानक ढलेका थिए । उनको सुरूमा मध्यपुर थिमि अस्पतालमा उपचार गरिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री चयनको विषयमा छलफल गर्न ओलीले सोमबार साँझ प्रदेशका सांसदहरूलाई गुण्डु बोलाएका थिए । ओलीको निमन्त्रणापछि थपलियासहित १८ प्रदेश सांसद गुण्डु पुगेका थिए ।

Ncell
Extreme Energy

छलफलका क्रममा ओलीले सुरुदेखि नै थपलियामाथि दबाबपूर्ण ढंगले प्रस्तुत हुँदै ‘दलसमेत राम्ररी चलाउन नसकेको’ र ‘मुख्यमन्त्री कसरी चलाउनुहुन्छ?’ भन्दै प्रश्न गरेका थिए । ओलीले बहुमत पुर्‍याउन सक्ने व्यक्ति नै मुख्यमन्त्री बन्ने भन्दै भक्तपुर–२ (क) बाट निर्वाचित सांसद किरण थापामगरतर्फ संकेत गरेका थिए ।

छलफलमा आफूले लामो समयदेखि पार्टीमा दिएको योगदानबारे धारणा राख्ने क्रममा थपलिया असहज देखिएको र ओलीसँगको कुराकानीकै बीचमा अचानक ढलेको सहभागी सांसदहरूले बताएका छन् ।

घटनापछि उनलाई तत्काल मध्यपुर थिमी अस्पताल लगिएको थियो । अस्पतालमा परीक्षण गर्दा रक्तचाप बढेको देखिएको र उपचारपछि उनलाई आरामका लागि काठमाडौं ल्याइएको बताइएको छ । थपलियानिकट नेताहरूले उनको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।