नेभिगेशन
मुख्य समाचार

ओलीको ‘हप्कीदप्की’पछि गुण्डुमै ढलेका जेएनलाई भेट्न वीर अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया (जेएन)लाई भेट्न पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वीर अस्प्ताल पुगेकी छन् । पूर्वराष्ट्रपति भण्डारी शुक्रबार थपलियालाई भेट्न पुगेकी हुन् ।
थपलिया त्यहाँ उपचाररत छन् । भण्डारीले भेटेर उनको स्वास्थ्यावस्था बुझेकी हुन् ।

सोमबार राति भक्तपुरको गुण्डुस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको छलफलका क्रममा थपलिया अचानक ढलेका थिए । उनको सुरूमा मध्यपुर थिमि अस्पतालमा उपचार गरिएको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बागमती प्रदेशमा नयाँ मुख्यमन्त्री चयनको विषयमा छलफल गर्न ओलीले सोमबार साँझ प्रदेशका सांसदहरूलाई गुण्डु बोलाएका थिए । ओलीको निमन्त्रणापछि थपलियासहित १८ प्रदेश सांसद गुण्डु पुगेका थिए ।

Ncell
Extreme Energy

छलफलका क्रममा ओलीले सुरुदेखि नै थपलियामाथि दबाबपूर्ण ढंगले प्रस्तुत हुँदै ‘दलसमेत राम्ररी चलाउन नसकेको’ र ‘मुख्यमन्त्री कसरी चलाउनुहुन्छ?’ भन्दै प्रश्न गरेका थिए । ओलीले बहुमत पुर्‍याउन सक्ने व्यक्ति नै मुख्यमन्त्री बन्ने भन्दै भक्तपुर–२ (क) बाट निर्वाचित सांसद किरण थापामगरतर्फ संकेत गरेका थिए ।

छलफलमा आफूले लामो समयदेखि पार्टीमा दिएको योगदानबारे धारणा राख्ने क्रममा थपलिया असहज देखिएको र ओलीसँगको कुराकानीकै बीचमा अचानक ढलेको सहभागी सांसदहरूले बताएका छन् ।

घटनापछि उनलाई तत्काल मध्यपुर थिमी अस्पताल लगिएको थियो । अस्पतालमा परीक्षण गर्दा रक्तचाप बढेको देखिएको र उपचारपछि उनलाई आरामका लागि काठमाडौं ल्याइएको बताइएको छ । थपलियानिकट नेताहरूले उनको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुईको अवस्था चिन्ताजनक

बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका नौँ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।