नेभिगेशन
मुख्य समाचार

यी स्थानका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम । जिल्लाको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य गरेको छ ।

गाउँपालिकाले राई समुदायका विद्यार्थीको बाहुल्य रहेका तीनवटा विद्यालयमा यसै शैक्षिक सत्रदेखि वान्तवा भाषा तथा लिम्बू समुदायका विद्यार्थीको बाहुल्य रहेका थप तीनवटा विद्यालयमा लिम्बू भाषा पाठ्यपुस्तक अनिवार्य विषयका रूपमा लागु गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि चारवटा विद्यालयमा लिम्बू र एउटा विद्यालयमा वान्तवा भाषा अध्यापन हुँदै आएको थियो ।

Ncell
Extreme Energy

शिक्षा शाखा प्रमुख बुद्धिप्रसाद खतिवडाका अनुसार माङसेबुङ–२ स्थित सरस्वती आधारभूत विद्यालय, माङसेबुङ–४ स्थित जनता आधारभूत विद्यालय र माङसेबुङ–६ स्थित सिंहेश्वरी आधारभूत विद्यालयमा यस वर्षदेखि वान्तवा भाषा पाठ्यपुस्तक लागु गरिएको हो । यसअघि माङसेबुङ–६ स्थित चिसोपानी माध्यमिक विद्यालयमा मात्र वान्तवा भाषा पठनपाठन हुँदै आएको थियो ।

यसैगरी, माङसेबुङ–१ स्थित गजुरमुखी आधारभूत विद्यालय र मण्डिका आधारभूत विद्यालय तथा माङसेबुङ–३ स्थित दुर्गा माध्यमिक विद्यालयमा यस वर्षदेखि लिम्बू भाषा पाठ्यपुस्तक लागु गरिएको छ । 

यसअघि माङसेबुङ–३ स्थित पवित्रा आधारभूत विद्यालय तथा माङसेबुङ–५ स्थित साम्जिक मुन्धुम आधारभूत विद्यालय, सरस्वती माध्यमिक विद्यालय र साम्जिक मुन्धुम पाठशालामा लिम्बू भाषा पढाइ हुँदै आएको थियो ।

मातृभाषा लागु भएका विद्यालयमा गाउँपालिकाले आन्तरिक स्रोतबाट तलबभत्ता उपलब्ध गराउने गरी शिक्षक दरबन्दी सिर्जना गरेर शिक्षकको व्यवस्था गरेको छ ।

गाउँपालिका अध्यक्ष हेमन्त राईले प्रत्येक समुदायलाई आफ्नो मातृभाषामा विद्यालय तथा शैक्षिक संस्था  सञ्चालनको अधिकार संविधानले दिएको  सम्झाउँदै सोहीअनुसार मातृभाषा शिक्षालाई प्राथमिकता दिइएको बताए ।

'हामीले नयाँ शैक्षिक संस्था त खोलेनौँ, सामुदायिक बाहुल्य भएको विद्यालयमा मातृभाषा शिक्षकको दरबन्दी सिर्जना गरी मातृभाषा पाठ्यपुस्तक लागु गरेर पठनपाठन गराएका हौँ,' अध्यक्ष राईले भने ।

मातृभाषा शिक्षा लागु नभएका अन्य विद्यालयमा स्थानीय पाठ्यपुस्तक ‘हाम्रो माङसेबुङ’ अध्यापन हुँदै आएको छ ।

माङसेबुङ गाउँपालिकाले गत जेठ १२ गतेदेखि गाउँपालिकाभर लिम्बू भाषालाई सरकारी कामकाजको भाषा घोषणा गरी लागू गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार राजभण्डारी र जगदम्बाश्री खरेललाई

मदन पुरस्कार गुठीले २०८२ सालको ‘मदन पुरस्कार’ नेवार समुदायका परम्परागत ‘मुकुण्डोनाच’ (नेवाः समुदायया परम्परागत ख्वापाः प्याख)का लागि लेखक वीणा जोशी (राजभण्डारी)लाई दिने भएको छ ।
नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

नारायणगढ–मुग्लिन सडक सोमबारदेखि किन हुँदैछ आंशिक बन्द ?

स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक सोमबार बिहानदेखि आंशिक बन्द गर्नेभएको छ ।
परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र गणतन्त्र कोरियाका विदेशमन्त्री छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको...
रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

रसुवा, नुवाकोट र धादिङमा वडा अधिवेशन सम्भव छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवा, नुवाकोट र धादिङमा पार्टीको वडा अधिवेशन गर्न सम्भव नभएको बताएका छन् ।