नेभिगेशन
मुख्य समाचार

गोलबजारमा गोली लागि मृत्यु भएका यादवको परिवारलाई प्रदेश सरकारले घर बनाइदिने

जनकपुरधाम । सिरहाको गोलबजारमा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले पक्की घर निर्माण गरिदिने भएको छ । 

मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह र मृतक परिवारबीच शुक्रबार साँझ भएको सहमतिअनुसार मृतक यादवको परिवारका लागि दुई कोठे घर, किचन र शौचालय निर्माण गरिदिने भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेश सरकारारा सञ्चालित ‘विपन्नसँग मदन भण्डारी आवास योजना’ अन्तर्गत मृतक यादवको परिवारलाई घर बनाइने सहमति पत्रमा उल्लेख छ । 

Ncell
Extreme Energy

सुनसरीको देवानगञ्ज घटनाको विषयलाई लिएर सिरहाको गोलबजारमा यही साउन १४ गते भएको प्रदर्शनको क्रममा गोली लागेर यादवको मृत्यु भएको थियो । मृतक परिवारको आर्थिक अवस्था कमजोर रहेको पाइएकोले प्रदेश सरकारको तर्फबाट घर निर्माण गरिदिने सहमति भएको मन्त्री सिंहले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सिँढीबाट लडेर युवकको मृत्यु

सिँढीबाट लडेर युवकको मृत्यु

भीमदत्त नगरपालिका–६ ऐठपुरमा शुक्रबार राति घरको सिँढीबाट लडेर एक युवकको मृत्यु भएको छ ।
यी स्थानका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

यी स्थानका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

जिल्लाको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य गरेको छ ।
ढिला होला, तर गलत हुँदैन– बालेन शाह

ढिला होला, तर गलत हुँदैन– बालेन शाह

‘केही समय लाग्छ, सही समय आउनलाई । ढिला होला, तर गलत हुँदैन । नआत्तिनुहोस् । सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ । कहिलेकाहीँ एक्लै लड्नुपर्छ ।...
आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

आज कति पुग्यो अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।