नेभिगेशन
मुख्य समाचार

आज बेलुकादेखि मनसुन सक्रिय हुने, पर्सिसम्म भारी वर्षाको सम्भावना

काठमाडौं । केही दिनदेखि मनसुनको न्यून चापीय रेखा (मनसुन ट्रफ) केही टाढा सरेकाले वर्षा कम भए पनि आज बेलुकादेखि नेपालमा फेरि वर्षा बढ्ने मौसमविद्ले बताएका छन्।

मौसमविद् तथा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक विनोद पोखरेलका अनुसार आज बेलुकादेखि वर्षा क्रमशः बढ्दै जाने र पर्सिसम्म नेपालका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार केही स्थानमा भारी वर्षा भए पनि लामो समयसम्म अति भारी वर्षा हुने अवस्था भने तत्काल देखिएको छैन।

Ncell
Extreme Energy

‘मनसुनको न्यून चापीय रेखा (मनसुन ट्रफ) केही दिनका लागि अलि टाढा पुगेकाले २–३ दिन वर्षा कम भएको हो। तर आज बेलुकादेखि फेरि बिस्तारै बढ्ने र पर्सिसम्म नेपालमा भारी वर्षा हुने देखिन्छ,’ पोखरेलले भनेका छन्।

उनका अनुसार वर्षाको अवस्था हेर्दा केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्नेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

रास्वपाले खोल्यो नगरपालिका क्यान्डिडेट क्लब, १६ हजारभन्दा बढी जनप्रतिनिधिका लागि उम्मेदवार छनोट गर्ने

पार्टीका अनुसार २७६ नगरपालिकाका प्रमुख र २७६ उपप्रमुख, ३ हजार ११९ वडाध्यक्ष तथा १२ हजार ४७६ वडा सदस्य गरी कुल १६ हजार १४७ जनप्रतिनिधिका लागि आधिकारिक उम्मेदवार छनोट...
सरकारभन्दा सांसद बलिया

सरकारभन्दा सांसद बलिया

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी: पहिलो चरणमा छानिए यी ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको योजना कार्यान्वयनमा ल्याएको छ।
टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

टरिगाउँ र रारा विमानस्थल विस्तारको सम्भाव्यता अध्ययन गरिने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले दाङको टरिगाउँ र मुगुको रारा विमानस्थलको विकास तथा विस्तारका लागि अध्ययन प्रक्रिया अघि बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन...