नेभिगेशन
मुख्य समाचार

सुनकोशीमा भेटिएको शव तिलकुमारी पराजुलीको भएको पुष्टि, श्रीमान् अझै बेपत्ता

काभ्रे । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ दोलालघाटबाट बुधबार साँझ बेपत्ता भएकी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव सिन्धुली–ओखलढुङ्गा सीमास्थित सुनकोशी नदीमा फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विष्टका अनुसार ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–१ स्थित नदीमा आइतबार फेला परेको महिलाको शव तिलकुमारीकै भएको पुष्टि भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नदीमा फेला परेको शवको तौल कम भएको, एउटा हात चुडिएको र अनुहार पहिचान गर्न नसकिने अवस्थामा थियो । शवमा रातो पेटिकोटसमेत रहेको थियो ।

Ncell
Extreme Energy

डीएसपी विष्टका अनुसार शवको फोटो परिवारलाई पठाएर पहिचानको प्रयास गरिएको थियो । कपाल काटिएको अवस्था र पिसाब थैलीको आधारमा परिवारले शव तिलकुमारीको भएको पुष्टि गरेको उनले बताए ।

मण्डनदेउपुर नगरपालिका–७ निवासी तिलकुमारी आफ्ना श्रीमान् केदारनाथ पराजुलीसँगै दोलालघाटबाट बेपत्ता भएकी थिइन् । तिलकुमारीको शव फेला परे पनि उनका श्रीमान् केदारनाथको अवस्था अझै अज्ञात छ । उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

तिलकुमारी बोनम्यारो क्यान्सरबाट पीडित रहेको बताइएको छ । उनीहरू बेपत्ता भएदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले सुनकोशी नदी तथा आसपासका क्षेत्रमा खोजी गर्दै आएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हराएका कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

हराएका कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन् ।
बोडेको कमलपोखरीमा फर्किएको तीन सय वर्ष पुरानो सुन्दरता

बोडेको कमलपोखरीमा फर्किएको तीन सय वर्ष पुरानो सुन्दरता

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडेस्थित ऐतिहासिक कमलपोखरी (पलेस्वाँ पुखू) यतिबेला ढकमक्क कमल फुलेर झनै मनमोहक बनेको छ । पानीमाथि तैरँदै फक्रिएका कमलका चित्ताकर्षक फूल र हरिया पातले पोखरीलाई...
यस्तो छ नेपालको पहिलो जलविद्युत् आयोजना फर्पिङको बाँध र पोखरी

यस्तो छ नेपालको पहिलो जलविद्युत् आयोजना फर्पिङको बाँध र पोखरी

दक्षिणकाली नगरपालिका–३, सोखेलमा रहेको नेपालको पहिलो जलविद्युत् आयोजना चन्द्रज्योति जलविद्युत् आयोजना (फर्पिङ) को बाँध र पोखरी अहिले पनि नेपालको जलविद्युत् इतिहासको महत्त्वपूर्ण सम्पदाका रूपमा रहेका छन्।
ग्यास अभाव हुँदैन, अनावश्यक सिलिन्डर सञ्चय नगर्न ग्यास उद्योग संघको आग्रह

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिन्डर सञ्चय नगर्न ग्यास उद्योग संघको आग्रह

नेपाल एलपी ग्यास उद्योग संघले भारतबाट ग्यासको आयात बढिरहेकाले बजारमा ग्यासको अभाव नहुने जनाएको छ। संघले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद गरी सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ।