नेभिगेशन
सबै कुरा

सहकारी समस्या समाधान गर्न सरकार सुतेर बसेको छ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले सहकारीमा देखिएको समस्या समाधान गर्न सरकार उदासिन भएको आरोप लगाएका छन् । सहकारीको ठगी प्रकरणसंग जोडेर पार्टी समापति रवि लामिछानेबिरुद्ध भएको आक्रमणबारे जानकारी दिन अयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति वाग्लेले सहकारीमा समस्या आउनुको कारण सरकार र परम्परागत पार्टी भएको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहकारीलाई नियमन नगरी मनपरी गर्न सरकार र सत्ताको केन्द्रमा रहेका परम्परागत दलहरुको साथ रहेको उनको आरोप छ । सहकारीको बचत हिनामिना गरेर यसका सञ्चालकहरु भाग्नका लागि सरकार र यसका संयन्त्रले नै काम गरेको वाग्लेको आरोप छ । ‘सहकारी ठगी र यसका आरोपितहरु भाग्नका लागि सरकारले नै साथ दिएको छ,’ डा वाग्लेले भने, ‘बचतकर्ताको रकम हिनामिन गर्नेको पासपोर्ट किन रोक्का भएन ? बचतकर्ताको रकम संरक्षण गर्ने नीति किन बनेन ।’

Ncell
Extreme Energy

सहकारीको समस्या समाधानका लागि निस्वर्थ भएर पार्टीले काम गर्ने भन्दै उपसभापति वाग्लेले पुराना पार्टी र सहकारीहरुको सम्बन्ध झनै गहिरो रहेको पनि दाबी गरे । ‘हामीमा कुनै स्वार्थ छैन,’ वाग्लेले भने, ‘रवि लामिछानेको आन्द्राभुँडी खोतले झै गरी पुराना दल र सहकारीको सम्बन्ध खोल्नु भयो भने झनै बिकराल अवस्था देखिन्छन् ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...