नेभिगेशन
सबै कुरा

सहकारी समस्या समाधान गर्न सरकार सुतेर बसेको छ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिम वाग्लेले सहकारीमा देखिएको समस्या समाधान गर्न सरकार उदासिन भएको आरोप लगाएका छन् । सहकारीको ठगी प्रकरणसंग जोडेर पार्टी समापति रवि लामिछानेबिरुद्ध भएको आक्रमणबारे जानकारी दिन अयोजित पत्रकार सम्मेलनमा बोल्दै उपसभापति वाग्लेले सहकारीमा समस्या आउनुको कारण सरकार र परम्परागत पार्टी भएको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहकारीलाई नियमन नगरी मनपरी गर्न सरकार र सत्ताको केन्द्रमा रहेका परम्परागत दलहरुको साथ रहेको उनको आरोप छ । सहकारीको बचत हिनामिना गरेर यसका सञ्चालकहरु भाग्नका लागि सरकार र यसका संयन्त्रले नै काम गरेको वाग्लेको आरोप छ । ‘सहकारी ठगी र यसका आरोपितहरु भाग्नका लागि सरकारले नै साथ दिएको छ,’ डा वाग्लेले भने, ‘बचतकर्ताको रकम हिनामिन गर्नेको पासपोर्ट किन रोक्का भएन ? बचतकर्ताको रकम संरक्षण गर्ने नीति किन बनेन ।’

Ncell
Extreme Energy

सहकारीको समस्या समाधानका लागि निस्वर्थ भएर पार्टीले काम गर्ने भन्दै उपसभापति वाग्लेले पुराना पार्टी र सहकारीहरुको सम्बन्ध झनै गहिरो रहेको पनि दाबी गरे । ‘हामीमा कुनै स्वार्थ छैन,’ वाग्लेले भने, ‘रवि लामिछानेको आन्द्राभुँडी खोतले झै गरी पुराना दल र सहकारीको सम्बन्ध खोल्नु भयो भने झनै बिकराल अवस्था देखिन्छन् ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।