नेभिगेशन
सबै कुरा

विमानस्थलको सुधारका लागि भएका कामहरुको प्रतिवेदन पेश गर्न सरकारलाई निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरुको सुधारका लागि भएका कामहरुको प्रतिवेदन पेश गर्न सरकारलाई निर्देशन दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले निगम तथा मुलुकमा भएका बिमानस्थलहरुको सुधारका लागि भएका अध्ययन तथा अनुसन्धानको प्रतिवेदन पेश गर्न नागरिक उड्ययन मन्त्रालय र निगमलाई निर्देशन दिएको हो । बैठकले मन्त्रिपरिषद् कार्यालयमा पठाइएको भनिएको नागरिक उडड्यनसम्बन्धि विधेयकको अवस्थामा बारेमा पनि समितिमा जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए । 

Extreme Energy
citizen life

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विमानको अभावका कारण धेरै बिमानस्थलहरु प्रयोगबिहिन भएको भन्दै थप ३ वटा जहाज किन्ने तयारी भएको जानकारी दिए । उनले पुरानो ट्वीनेटर बिमानलाई पनि मर्मत गर्ने काम भइरहेको बताए । प्रयाप्त बिमानहरु भए सवै बिमानस्थलमा उडान गर्न सकिने उनकोे भनाइ छ । त्यस्तै उनले राजनीतिक हस्तक्षेप र कर्मचारीको काम नगर्ने प्रवृतिका कारण निगम धरासायी भएको भन्दै अव निगमको व्यवस्थापनलाई सुधार गर्ने जिकिर गरे । 

बैठकमा समिति सदस्यहरुले निगमको व्यवस्थापन कमजोर हुँदा निगम कमजोर हुँदै गएको बताएका थिए । उनीहरुले भएका जहाजहरुलाई नचलाउने र नयाँ किन्न खोज्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने धारणा राखेका थिए । समिति सदस्य माधव कुमार नेपालले अहिलेको अवस्थाका चल्न सक्ने बिमानस्थललाई मात्रै सञ्चालन गर्नुपर्ने सुझाव दिए । उनले नयाँ विमानस्थलको संभाव्यता अध्ययन औचित्यका आधारमा गर्नुपर्ने सुझाव दिए । 

त्यस्तै बैठकमा निगमका प्रतिनिधिहरुले सिंगापुर, सिड्नी उडानका लागि तयारी भइरहको र निगमले मुनाफा भन्दा पनि गुणस्तरीयता र सुरक्षालाई प्राथमिकता दिएको बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी हुन् अध्यादेशपछि खारेज हुन सक्ने १२०० भन्दा धेरै राजनीतिक नियुक्ति

यी हुन् अध्यादेशपछि खारेज हुन सक्ने १२०० भन्दा धेरै राजनीतिक नियुक्ति

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सार्वजनिक निकायमा राजनीतिक नियुक्ति भई बहाल रहेका पदाधिकारीलाई पदमुक्त गर्ने उद्देश्यले  सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याउन लागिएको हो ।
रास्वपा सांसदलाई रविले सम्झाए मर्यादाः कानुन बनाउने हो, बन्न नखोज्नू

रास्वपा सांसदलाई रविले सम्झाए मर्यादाः कानुन बनाउने हो, बन्न नखोज्नू

‘मालिक बन्न खोज्नेको लागि राष्ट्रिय स्वतन्त्र पार्टी होइन् । यो दल सेवक र सहजकर्ताहरूको लागि हो,’ लामिछानेले भने, ‘सांसदले सबै तहको समन्वय गर्न सक्नुपर्छ । प्रमुख प्राथमिकता भनेको...
संवैधानिक आयोगहरूमा व्यवहारिक काम गर्न कठिन हुँदैछ, नम्र राजनीतिक आक्रामकता आवश्यक छ: रवि लामिछाने

संवैधानिक आयोगहरूमा व्यवहारिक काम गर्न कठिन हुँदैछ, नम्र राजनीतिक आक्रामकता आवश्यक छ: रवि लामिछाने

‘कयौं संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन, महत्त्वपूर्ण निर्णयहरू लिन ब्यबहारिक कठिनाइ हुँदैछ, वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन्’, सभापति लामिछानेले भने,’ धेरै कुरामा समय कुरेर मात्र...
सरकारविरुद्ध विपक्षी दलहरूले गरे यी चार निर्णय

सरकारविरुद्ध विपक्षी दलहरूले गरे यी चार निर्णय

बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले संसद छलेर ल्याएको अध्यादेशको विरोध, भर्त्सना र निन्दा गर्ने निर्णय गरेको हो ।  यसैगरी बैठकले  सरकारलाई अध्यादेश फिर्ता लिन र राष्ट्रपतिलाई अध्यादेश...