नेभिगेशन
सबै कुरा

विमानस्थलको सुधारका लागि भएका कामहरुको प्रतिवेदन पेश गर्न सरकारलाई निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल वायुसेवा निगम तथा विमानस्थलहरुको सुधारका लागि भएका कामहरुको प्रतिवेदन पेश गर्न सरकारलाई निर्देशन दिएको छ । 

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले निगम तथा मुलुकमा भएका बिमानस्थलहरुको सुधारका लागि भएका अध्ययन तथा अनुसन्धानको प्रतिवेदन पेश गर्न नागरिक उड्ययन मन्त्रालय र निगमलाई निर्देशन दिएको हो । बैठकले मन्त्रिपरिषद् कार्यालयमा पठाइएको भनिएको नागरिक उडड्यनसम्बन्धि विधेयकको अवस्थामा बारेमा पनि समितिमा जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिइएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए । 

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विमानको अभावका कारण धेरै बिमानस्थलहरु प्रयोगबिहिन भएको भन्दै थप ३ वटा जहाज किन्ने तयारी भएको जानकारी दिए । उनले पुरानो ट्वीनेटर बिमानलाई पनि मर्मत गर्ने काम भइरहेको बताए । प्रयाप्त बिमानहरु भए सवै बिमानस्थलमा उडान गर्न सकिने उनकोे भनाइ छ । त्यस्तै उनले राजनीतिक हस्तक्षेप र कर्मचारीको काम नगर्ने प्रवृतिका कारण निगम धरासायी भएको भन्दै अव निगमको व्यवस्थापनलाई सुधार गर्ने जिकिर गरे । 

बैठकमा समिति सदस्यहरुले निगमको व्यवस्थापन कमजोर हुँदा निगम कमजोर हुँदै गएको बताएका थिए । उनीहरुले भएका जहाजहरुलाई नचलाउने र नयाँ किन्न खोज्ने प्रवृत्तिलाई अन्त्य गर्नुपर्ने धारणा राखेका थिए । समिति सदस्य माधव कुमार नेपालले अहिलेको अवस्थाका चल्न सक्ने बिमानस्थललाई मात्रै सञ्चालन गर्नुपर्ने सुझाव दिए । उनले नयाँ विमानस्थलको संभाव्यता अध्ययन औचित्यका आधारमा गर्नुपर्ने सुझाव दिए । 

त्यस्तै बैठकमा निगमका प्रतिनिधिहरुले सिंगापुर, सिड्नी उडानका लागि तयारी भइरहको र निगमले मुनाफा भन्दा पनि गुणस्तरीयता र सुरक्षालाई प्राथमिकता दिएको बताएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै