नेभिगेशन
सबै कुरा

विश्वविद्यालयमा ‘ब्रेक थ्रु’ गर्दैछु, बौद्धिक समुदायको साथ चाहियो : प्रधानमन्त्री

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी शिक्षण संस्थाका रुपमा विकास गर्न आफू लागि परेको बताएक छन्। शिक्षा क्षेत्रमा लामो समय योगदान दिएका विज्ञसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनले  विश्वविद्यालयलाई राजनीतिक भागबण्डाको थलो बन्न नदिन खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न लागिएको स्पष्ट पारेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“देश बनाउन सबभन्दा ‘बेष्ट ब्रेन’ केन्द्रित हुनुपर्छ, विश्व विद्यालयलाई राजनीतिक भागबण्डाको थलो बनाउनु हुँदैन भनेर विगतको परम्परामा ‘ब्रेक थ्रु’ गर्न लागिएको छ, यसमा बौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा गरिएको छ”, प्रधानमन्त्री दाहालले भने । 

Ncell
Extreme Energy

उनले आफू प्रधानमन्त्री भएदेखि नै उज्यालो र समुन्नत नेपालका लागि सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा अनवरत काम गरिरहेको उल्लेख गर्दै आमजनतालाई देशमै भविष्य छ भनेर भरोसा दिनुपर्ने दायित्व राज्यको भएकाले यसमा बौद्धिक समुदायको पनि महत्वपूर्ण भूमिका रहने बताए । 

“देश बनाउने जिम्मा सरकार, सबै राजनीतिक दलका साथै विभिन्न तह र तप्काका जनसमुदायको हो”, उनले भने, “अहिले देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा रुपान्तरणको खाँचो छ । यसका लागि राज्यका साथै सबैले जिम्मेवारी लिनुपर्छ ।”

छलफलमा डा केदारभक्त माथेमा, डा पीताम्बर शर्मा, डा विद्यानाथ कोइराला, डा चैतन्य मिश्र, प्रा कृष्ण खनालसहित प्रबुद्ध व्यक्तित्व सहभागी थिए । उनीहरुले हालै विश्वविद्यालयमा भागबण्डा नगर्ने र ‘मेरिटोक्रेसी’बाट उपकुलपति छान्ने प्रक्रिया अघि बढाउनुले नयाँ आशा पलाएको बताएका थिए । उनीहरुले समग्र शिक्षा क्षेत्रसहित विश्वविद्यालयको पुनःसंरचना गर्नेगरी सुधार थाल्न सुझाव दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।