नेभिगेशन
सबै कुरा

हाइज्याकरहरुको अन्त्य नगरी देश बन्दैन : रवि लामिछाने

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश बन्नका लागि हाइज्याकरहरुको अन्त्य हुनुपर्ने बताएका छन् । उनले राज्यका निकायहरुलाई स्वतन्त्रतापुर्वक काम गर्न दिने सर्वदलीय सहमति गरेको दिनदेखि देश बन्न सुरु हुने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसदले सर्वदलीय प्रतिवद्धता गरेको दिन देश सुमार्गमा हिड्न सुरु हुने समेत जिकिर गरेका छन् । यसो भएमा मिडियारसोसल मिडियामा  कसैलाई फसाउन वा बचाउन कोहि दिनरात नाङ्गो भइरहनु नपर्ने समेत बताएका छन् ।

Ncell
Extreme Energy

 उनले सामाजिक संजालमा लेखेका छन्, ‘राज्यका निकायहरुलाई स्वतन्त्रतापुर्वक काम गर्न दिने "सर्वदलिय सहमति" गरेको दिनदेखि देश बन्न शुरु हुन्छ। संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसदले "सर्वदलीय प्रतिवद्द्ता" गरेको दिन देश सुमार्गमा हिड्न शुरु हुन्छ। त्यसपछी मिडिया/सोसल मिडियामा  कसैलाई फसाउन वा बचाउन कोहि दिनरात नाङ्गो भैरहनु पर्दैन। आफू माथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफै गरौं ,तलबी सेना अफ बिटमा ननचाऔं। फेस गरौं, फेस नलुकाऔं। 

ब्यवस्थाका केही हाइज्याकरहरुलाई चुनावबाट हराउन आँट गरे मात्र पुग्छ। नागरिकका अधिकार बिचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाकालागी दिनरात खट्ने ८/१० थान मतियार (न्यारेटिभ सेटर) हरुले लामो छुट्टी लिए, समाजिक संजालपनि अझ इन्ट्रेस्टिङ बन्थ्यो।

स्वाद र सुविधा अनुसार गलत ज्ञान पेलेको पेल्यै,पेलेको पेल्यै,पेलेको पेल्यैपनि  नगरौं, देश बन्छ।

अन्त्यमा, देश बन्छ तर कहिले बन्छ त भन्दा,  हाइज्याकरहरुको अन्त्य चुनाव बाट गरेपछी मात्रै बन्छ। चुनाव कहिले?? ८४ मा। 

हैट, चौराआआआआआसिमा?????!!!!!

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।