नेभिगेशन
मुख्य समाचार

'भोटेकोशी जलाधारमा महापहिरो खस्नुअघि नै सर्दै थियो जमिन'

काठमाडौं । रसुवाको भोटेकोशीमा बाढी निम्त्याउने गरी गत भदौ १० मा गएको महापहिरो खस्नुभन्दा अघिदेखि नै त्यस क्षेत्रमा जमिन बिस्तारै सरिरहेको पाइएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अमेरिकाको भर्जिनिया टेकका प्राध्यापक मनुचेहर शिरजाईले सन् २०२६ जनवरी ८ देखि अगस्ट १९ सम्मका सेन्टिनेल–१ भूउपग्रहका राडार अवलोकन विश्लेषण गर्दा पहिरो गएको क्षेत्रमा जमिन प्रतिमहिना करिब १० मिलिमिटरका दरले तलतिर सर्दै गएको प्रारम्भिक निष्कर्ष निकालेका छन्।

Ncell
Extreme Energy

वातावरण वैज्ञानिक तथा अमेरिकाबाट वातावरण विज्ञानमा विद्यावारिधि गरेका उत्तमबाबु श्रेष्ठका अनुसार शिरजाईको प्रारम्भिक विश्लेषणले पहिरो जानुभन्दा सात दिनअघिसम्म पनि महिनौँदेखि जमिनमा बिस्तारै विचलन (डिफर्मेसन) भइरहेको देखाएको छ।

‘जमिन लामो समयदेखि यसरी बिस्तारै सर्दै गएको र अन्ततः धान्न नसक्ने भएपछि उक्त भाग छुट्टिएर पहिरोका रूपमा खसेको हुन सक्छ,’ श्रेष्ठले भनेका छन्।

उनका अनुसार यस घटनाले उच्च हिमाली क्षेत्रमा भूउपग्रहमा आधारित राडार अवलोकनको सम्भावित महत्त्वसमेत देखाएको छ। सामान्य अप्टिकल भूउपग्रहबाट प्राप्त तस्बिरमा बादलले जमिनको दृश्य छेक्न सक्छ। विशेषगरी मनसुनको समयमा नेपालका हिमाली तथा पहाडी क्षेत्रमा बादलका कारण नियमित तस्बिर प्राप्त गर्न कठिन हुन्छ।

788348739_2154986141721639_8623560967906699744_n-1788071878.jpg
 

तर राडार सेन्सरयुक्त भूउपग्रहले बादल छिचोलेर पृथ्वीको सतहको परिवर्तन मापन गर्न सक्छ। त्यसैले लामो समयसम्म एउटै क्षेत्रका राडार अवलोकन तुलना गर्दा जमिनमा भइरहेको सूक्ष्म हलचल वा विचलन पहिचान गर्न सकिने श्रेष्ठ बताउँछन्।

‘अन्य भूउपग्रहले खिचेको तस्बिर हाम्रो फोनको क्यामेराजस्तो हो भने राडार सेन्सर भएको भूउपग्रहले थर्मल गनले शरीरको ज्वरो नापेजस्तै पृथ्वीको सतहमा भइरहेको परिवर्तन नाप्न सक्छ,’ श्रेष्ठले भने।
उनका अनुसार यस्ता राडार अवलोकनलाई नियमित रूपमा विश्लेषण गर्ने हो भने नेपालमा कुन क्षेत्रमा जमिन बिस्तारै सर्दैछ, कहाँ अस्थिरता बढिरहेको छ र सम्भावित पहिरो जोखिम भएका क्षेत्र कुन हुन् भन्ने पहिचान गर्न सहयोग पुग्न सक्छ।

भोटेकोशीमा पछिल्लो महापहिरो खस्नुअघि देखिएको जमिनको क्रमिक विचलनले भने यस्ता प्रविधिले उच्च हिमाली क्षेत्रमा विनाशकारी पहिरो वा चट्टान खस्नुअघि देखिने अस्थिरताका संकेत पहिचान गर्न सक्ने सम्भावनातर्फ संकेत गरेको श्रेष्ठको बुझाइ छ।

यद्यपि, यस्तो प्रारम्भिक राडार विश्लेषणलाई पहिरोको निश्चित पूर्वानुमानका रूपमा लिन भने मिल्दैन। जमिनको गति, भूगर्भीय संरचना, हिमनदीको अवस्था, वर्षा तथा अन्य वातावरणीय सूचकलाई समेत जोडेर थप अध्ययन गरेपछि मात्रै यसको पूर्वचेतावनी क्षमताबारे ठोस निष्कर्ष निकाल्न सकिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
भोटेकोशीको बाढीमा बगेको ‘मानवीयता’

भोटेकोशीको बाढीमा बगेको ‘मानवीयता’

तर, समाजमा केही यस्ता राक्षसी चरित्रका व्यक्तिहरु पनि हुन्छन्– जसले अरुको दुःखमा फाइदा निकाल्न खोज्छन् । यतिसम्म कि, शवमा समेत आँखा लगाउँछन् ।
बाढी प्रभावितको खोजी र उद्धारलाई प्रभावकारी बनाउन लामिछानेको निर्देशन

बाढी प्रभावितको खोजी र उद्धारलाई प्रभावकारी बनाउन लामिछानेको निर्देशन

नेताहरुबाट  ब्रिफिङ लिएपछि लामिछानेले खोजी. उद्धार तथा राहतको कामलाई प्रभावकारी बनाउन बनाउन पार्टीका सबै तह र निकायहरूलाई निर्देशन दिएका हुन्।
त्रिशूली–३ ‘ए’ टनेलमा उद्धार कार्य अघि बढेपछि पीडित परिवारले ऊर्जामन्त्रीलाई दिए धन्यवाद

त्रिशूली–३ ‘ए’ टनेलमा उद्धार कार्य अघि बढेपछि पीडित परिवारले ऊर्जामन्त्रीलाई दिए धन्यवाद

रसुवा बाढीबाट जलविद्युत् आयोजनाको टनेलमा फसेका व्यक्तिहरुको परिवारले समयमै उद्धार कार्य सुरु भएकामा सरकारलाई धन्यवाद दिएका छन् ।
गोसाइँकुण्ड पुगेका तीर्थयात्री वैकल्पिक मार्गबाट फर्किँदै

गोसाइँकुण्ड पुगेका तीर्थयात्री वैकल्पिक मार्गबाट फर्किँदै

रसुवाको भोटेकोशी बाढीपछि धुन्चेतर्फको नियमित मार्ग बन्द भएपछि गोसाइँकुण्ड पुगेकाहरु गोसाइँकुण्ड–दुप्चेश्वर–काठमाडौं हुँदै वैकल्पिक मार्गबाट काठमाडौं फर्कन थालेका हुन् ।