नेभिगेशन
समाज

५४ अंकको बराबरीपछि टाइब्रेकमा किसन कोइराला बने ‘खेल्रो’का पहिलो गेमवीक च्याम्पियन

काठमाडौं । नेपालको निःशुल्क खेलकुद पूर्वानुमान एप ‘खेल्रो’ले आफ्नो पहिलो गेमवीकका विजेता घोषणा गरेको छ। ५४ अंकमा बराबरी भएपछि टाइब्रेक नियमका आधारमा किसन कोइराला पहिलो गेमवीक च्याम्पियन बनेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोइरालाले सह–भविष्यवाणीकर्ता मक्र्युरी महर्जनसँग समान ५४ अंक हासिल गर्दै शीर्ष स्थान बाँडेका थिए। बराबरी भएपछि ‘खेल्रो’को नियमअनुसार छिटो भविष्यवाणी लक गर्ने सहभागीलाई विजेता घोषणा गरिएको हो।

Ncell
Extreme Energy

कोइरालाले अगस्ट २६ को बिहान ८ः३८ बजे आफ्नो भविष्यवाणी सेभ गरेका थिए भने महर्जनले ८ः४४ बजे भविष्यवाणी सेभ गरेका थिए। यही ६५ मिनेटको अन्तरका आधारमा कोइरालालाई विजेता घोषणा गरिएको ‘खेल्रो’ले जनाएको छ।

गेमवीक विजेता कोइरालाले बुद्ध एयरको तर्फबाट एक माउन्टेन फ्लाइट, केटीएम सिटीको ३ हजार रुपैयाँ बराबरको सपिङ भाउचर र क्युएफएक्स सिनेमाजका दुईवटा मुभी टिकट पुरस्कार पाएका छन्।

सिजनभर सञ्चालन हुने प्रतियोगिताको ग्रान्ड प्राइजका रूपमा इलेक्ट्रिक स्कुटर राखिएको छ। प्रतियोगितामा सहभागी हुन एन्ड्रोइड तथा आइओएसमा ‘खेल्रो’ एप डाउनलोड गर्न सकिने जनाइएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एसीसी प्रिमियर कपः नेपालद्वारा बहराइन ७ विकेटले पराजित

एसीसी प्रिमियर कपः नेपालद्वारा बहराइन ७ विकेटले पराजित

कप्तान सन्दीप लामिछानेले १० ओभरमा चार मेडनसहित मात्र १४ रन दिएर पाँच विकेट लिए ।
रवीन्द्र ढाँटको जितले दिएको आशा

रवीन्द्र ढाँटको जितले दिएको आशा

‘नेपाल बाढीपहिरोले पीडामा छ। कृपया आ–आफ्नो ठाउँबाट जति सकिन्छ सहयोग गर्नुहोला।’
करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धा गर्दै रवीन्द्र ढाँट, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त

करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धा गर्दै रवीन्द्र ढाँट, युएफसी फाइनलका लागि मर्डोकसँग भिडन्त

नेपाली फाइटर रवीन्द्र ढाँट आज आफ्नो मिक्स मार्सल आर्ट्स (एमएमए) करिअरकै सर्वाधिक ठूलो प्रतिस्पर्धामा उत्रँदैछन्।
एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ । आज भएको खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित निकालेको हो...