नेभिगेशन
समाज

सागर ढकालको सचिवालयद्वारा उद्धारमा हस्तक्षेप गरेको समाचारको खण्डन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकालको सचिवालयले रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको उद्धार कार्यमा सांसद ढकाल र श्रीराम न्यौपानेले हस्तक्षेप गरेको भन्ने समाचारको खण्डन गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिधाकुरा डटकममा भदौ १८ गते ‘उद्धारकर्मीको प्रश्न– रास्वपा सांसद श्रीराम न्यौपाने र सागर ढकालको हस्तक्षेप किन?’ शीर्षकमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै सचिवालयले उक्त समाचारमा उल्लेखित पत्रको आधिकारिकतामा पनि प्रश्न उठाएको छ ।

Ncell
Extreme Energy

सचिवालयले प्रधानमन्त्री र ऊर्जामन्त्रीलाई सम्बोधन गरी पठाइएको भनिएको पत्रका सम्बन्धमा सम्बन्धित सचिवालयसँग सोधखोज गर्दा त्यस्तो कुनै पत्र प्राप्त नभएको जानकारी पाएको दाबी पनि गरेको छ।

समाचारमा सांसदद्वयले सुरुङभित्र अक्सिजन पठाइएको, उद्धारका विभिन्न चरण पूरा भइसकेको वा उद्धार सहज अवस्थामा पुगेको भन्दै सामाजिक सञ्जालमा लेखेर वास्तविक अवस्थालाई गलत रूपमा प्रस्तुत गरेको इन्जिनियरहरूको गुनासो रहेको उल्लेख गरिएको थियो।

त्यसको खण्डन गर्दै सचिवालयले उद्धारका क्रममा भइरहेका प्रयास, प्रयोग गरिएका विकल्प तथा भेन्टिलेसन वा अक्सिजनको प्रयास र मेसिन परिचालनको अवस्थाबारे पीडित परिवार तथा आम नागरिकलाई जानकारी गराउनु पारदर्शिता भएको जनाएको छ।

‘कुनै पनि झुटा आशा नबाँडी, केवल भइरहेका प्रयास र फिल्डको गम्भीर यथार्थ सार्वजनिक गरिएको हो,’ खण्डनपत्रमा भनिएको छ।

त्यस्तै, सांसदद्वयले सत्तारुढ सांसदको रवाफ देखाउँदै उद्धारका लागि परिचालित हेलिकप्टर चढेर घटनास्थल पुगेको, कर्मचारीलाई थर्काउने र इन्जिनियरको काममा हस्तक्षेप गरेको भन्ने समाचारमा उल्लेखित तथ्य पनि सचिवालयले अस्वीकार गरेको छ।

सचिवालयले राष्ट्रिय विपद् र संकटको अवस्थामा जनप्रतिनिधि घटनास्थलमा पुगेर राज्यका संयन्त्रलाई द्रुत रूपमा परिचालन गराउनु, स्रोतसाधन जुटाउन सहजीकरण गर्नु र पीडित परिवारलाई ढाडस दिनु जनप्रतिनिधिको कर्तव्य भएको जनाएको छ।

‘हाम्रो उपस्थिति कुनै रवाफ देखाउन नभई उद्धार कार्यमा ढिलाइ नहोस् भन्ने खबरदारी र सहजीकरणका लागि मात्र हो,’ खण्डनपत्रमा भनिएको छ।

पत्रको अन्त्यमा ‘त्रिशूली–३ ए आयोजनासँग प्रत्यक्ष रूपमा जोडिएका इन्जिनियर तथा प्राविधिकहरूको तर्फबाट’ भनिए पनि त्यसको आधिकारिकतामाथि सचिवालयले पुनः प्रश्न उठाएको छ।

सचिवालयले उक्त पत्र संकटको गम्भीरताबाट ध्यान मोड्ने र उद्धारमा भएको ढिलाइको दोष जनप्रतिनिधिमाथि थोपर्ने नियोजित प्रयास भएको दाबी गरेको छ।

सचिवालयले प्रकाशित समाचार निराधार, तथ्यहीन र प्रमाणविहीन रहेको तथा सांसद ढकालको व्यक्तिगत र सामाजिक प्रतिष्ठामा क्षति पु¥याउने उद्देश्यले प्रकाशित गरिएको भन्दै

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बाढीले क्षतिग्रस्त रसुवामा ७८ प्रतिशत र नुवाकोटमा ९६ प्रतिशत ठाउँमा बिजुली पुग्यो

बाढीले क्षतिग्रस्त रसुवामा ७८ प्रतिशत र नुवाकोटमा ९६ प्रतिशत ठाउँमा बिजुली पुग्यो

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो क्षति पुग्दा विद्युत् अवरुद्ध हुन पुगेका रसुवा र नुवाकोटमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् आपूर्ति पुन:सूचारु गर्ने कार्यलाई...
चिलिमेमा एक्स्काभेटर लैजान पहुँचमार्ग बनाइँदै

चिलिमेमा एक्स्काभेटर लैजान पहुँचमार्ग बनाइँदै

एक्स्काभेटर पुर्‍याउन स्याफ्रुबाट पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माण गर्न थालिएको छ ।
बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर (तस्बिरहरू)

बाढीले पुल बगायो, तुइनबाट ओहोरदोहोर (तस्बिरहरू)

भोटेकोशी हुँदै त्रिशूलीमा आएको बाढीले पक्की पुल बगाएपछि नुवाकोटमा आवतजावत गर्न तुइनको भर पर्नुपर्ने अवस्था आएको छ ।
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।

भर्खरै