नेभिगेशन
समाज

खल्ती र इन ड्राइभबीच सहकार्य : चालक र यात्रु दुवैलाई दैनिक पुरस्कार जित्ने अवसर

काठमाडौँ । डिजिटल वालेट खल्ती बाइ आइएमई र राइड–हेलिङ प्लेटफर्म इन ड्राइभले राइडको भाडा डिजिटल रूपमै लिने र तिर्ने व्यवस्थाका लागि सहकार्य गरेका छन् । यो सहकार्यअन्तर्गत इन ड्राइभका चालक र यात्रु दुवैलाई लक्षित गरी तीन महिनाको अभियान सुरु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यो अभियानमार्फत इन ड्राइभ राइडको भाडा खल्तीबाट तिर्न र चालकले पनि राइडको भाडा खल्तीमै लिन सक्नेछन् । यससँगै चालक र यात्रु दुवैले दैनिक पुरस्कार जित्ने अवसर पनि प्राप्त गर्न सक्नेछन् ।

Ncell
Extreme Energy

यो अभियानअन्तर्गत इन ड्राइभका चालकले एक दिनमा कम्तीमा पाँचवटा राइडको भाडा खल्तीमार्फत लिएमा मात्रै सो दिनको लक्की ड्रमा सहभागी हुन सक्नेछन् । दैनिक १० जना चालकले पाँच लिटर पेट्रोल बराबरको रकम पुरस्कारका रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, इन ड्राइभका यात्रुले राइडको भाडा खल्तीमार्फत तिरेमा सो दिनको लक्की ड्रमा स्वतः सहभागी हुन सक्नेछन् । यसका लागि छुट्टै दर्ता आवश्यक पर्ने छैन । यो योजनाअन्तर्गत हरेक दिन १० जना यात्रुले रु. २०० बराबरको खल्ती ब्यालेन्ससमेत प्राप्त गर्न सक्नेछन् ।

खल्ती र इन ड्राइभबीचको यो सहकार्यले दैनिक आवतजावतमा प्रयोग हुने राइडको भाडा तिर्ने र लिने प्रक्रियालाई थप सहज बनाउने अपेक्षासँगै चालक र यात्रु दुवैलाई डिजिटल माध्यमको प्रयोगतर्फ उन्मुख हुन प्रेरित गर्नेछ ।

दैनिक आवतजावतसँग जोडिएको राइड भुक्तानीलाई डिजिटल माध्यमतर्फ थप विस्तार गर्ने उद्देश्यले इन ड्राइभसँग सहकार्य गरिएको आईएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जानकारी दिनुभयो । चालक र यात्रु दुवैलाई सहज डिजिटल भुक्तानीको वातावरण बनाउने र डिजिटल भुक्तानीको प्रयोगलाई दैनिक व्यवहारको हिस्सा बनाउन यो सहकार्य कोशेढुङ्गा साबित हुने रेग्मीको भनाइ छ । यो अभियानले यात्रु र चालक दुवैमा सहजताको वातावरण सिर्जना गर्ने समेत कम्पनीले उल्लेख गरेको छ ।

यो अभियान २०८३ भाद्र २५ देखि मंसिर २५ सम्म सञ्चालनमा रहने पनि कम्पनीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...