नेभिगेशन
समाज

चुनावको सात महिनापछि एमाले केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सोमबारबाट बस्दैछ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आज बिहान ११ बजेबाट एमाले केन्द्रीय कमिटी बैठक ललितपुर झम्सिखेलस्थित रामबाग पार्टी प्यालेसमा बस्न लागेको हो।

Ncell
Extreme Energy

आज बस्ने बैठकले चुनावी समीक्षा एवम् पार्टी पुनर्गठन कार्यदलले पेस गरेको प्रतिवेदनमाथि छलफल गर्नेछ।

यद्यपि केन्द्रीय कमिटीको कार्यसूची भने तय हुन बाँकी छ। अहिले बिहान ९ बजे बस्ने सचिवालय बैठकले केन्द्रीय कमिटीको कार्यसूची तय गर्नेछ।

एमालेमा पछिल्लो समय पुनर्गठनको मुद्दा पेचिलो बनेको छ। पुनर्गठन कार्यदलले आइतबार राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् भेला, विधान महाधिवेशनको प्रस्तावसहितको प्रतिवेदन पेस गरेको छ।

मातहत कमिटीका बहुुसंख्यक नेता–कार्यकर्ताबाट विशेष महाधिवेशन माग भएको र ७० वर्षे उमेरहद तथा दुई कार्यकालको प्रावधान राख्नुपर्ने आवाज उठेकाले सम्बोधनका लागि विधान महाअधिवेशन र राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् भेला गर्नुपर्ने सुझाव सहितको प्रतिवेदन पेस गरिएको कार्यदलका सदस्यहरूले बताएका छन्।

तर अध्यक्ष केपी शर्मा ओली सहमत छैनन्।

उनले यस्तो निष्कर्ष मान्न नसकिने धारणा राखेपछि सचिवालयमा चर्काचर्की परेको थियो। उपाध्यक्षहरू गोकर्ण विष्ट, रघुजी पन्त, उपमहासचिव योगेश भट्टराई, रघुवीर महासेठ, सचिव राजन भट्टराई, हिक्मत कार्कीलगायतले प्रतिवाद गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्रीले दूध बेचेर मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।
दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।
कांग्रेसका बाँकी वडा अधिवेशन आज पनि, ७३ जिल्लाका ६ हजार १३२ वडामा सकियो

कांग्रेसका बाँकी वडा अधिवेशन आज पनि, ७३ जिल्लाका ६ हजार १३२ वडामा सकियो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न हुन बाँकी वडा अधिवेशन सोमबार हुने भएको छ।