नेभिगेशन
समाज

एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ

गण्डकी । गत भदौ महिनामा कास्कीमा ५६ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका ४०  पुरुष र १६ महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पक्राउ परेका प्रतिवादीलाई कैद सजाय र जरिवाना असुलका लागि अदालतमा बुझाइएको कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । 

Ncell
Extreme Energy

प्रतिवादीबाट ११ वर्ष तीन महिना २७ दिन कैद र रु २२ लाख ८९ हजार १७५ बिगो असुलउपर भएको उनको भनाइ छ । चेक अनादर, बिगो लेनदन, बैंकिङ कसुर, सवारी ज्यान कसुर, अभद्र व्यवहारलगायत कसुरमा अदालतको फैसलाबाट दोषी ठहर भई फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पछिल्लो समय फरार प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन सक्रियता बढाएको छ । गत साउनमा ६७ जना फरार प्रतिवादी पक्राउ परेका थिए । कार्यालयले गत महिना चालु मुद्दामा ११५ जनालाई पक्राउ गरिएको जनाएको छ ।

भदौमा अपराधसँग सम्बन्धित १६४ वटा मुद्दा दर्ता भएका थिए । तीमध्ये जघन्य तथा गम्भीर अपराधका २०, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित अपराधका नौ, आर्थिक अपराधका १७ र अन्य अपराधसँग सम्बन्धित ११८ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्रीले दूध बेचेर मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।
दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।
कांग्रेसका बाँकी वडा अधिवेशन आज पनि, ७३ जिल्लाका ६ हजार १३२ वडामा सकियो

कांग्रेसका बाँकी वडा अधिवेशन आज पनि, ७३ जिल्लाका ६ हजार १३२ वडामा सकियो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न हुन बाँकी वडा अधिवेशन सोमबार हुने भएको छ।