नेभिगेशन
समाज

यी स्थानमा भारी वर्षाको सम्भावना, अन्डमान सागरको न्यून चापीय प्रणाली बलियो बन्दै

काठमाडौं । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावनासमेत रहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।

Ncell
Extreme Energy

यसैबीच, उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा न्यून चापीय क्षेत्र विकसित भएको छ। उक्त प्रणाली आगामी दिनमा थप बलियो बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने देखिएको महाशाखाले जनाएको छ।

आज देशका हिमाली तथा पहाडी भू–भाग, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा सामान्यतया बादल लाग्नेछ। कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा भने आंशिक बदली रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भू–भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसम प्रणालीमा भइरहेको विकासका कारण आगामी दिनमा वर्षाको अवस्था थप परिवर्तन हुन सक्ने भएकाले महाशाखाले जारी गर्ने नियमित मौसम पूर्वानुमान तथा विशेष सूचनामा ध्यान दिन आग्रह गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्रीले दूध बेचेर मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।
दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।
कांग्रेसका बाँकी वडा अधिवेशन आज पनि, ७३ जिल्लाका ६ हजार १३२ वडामा सकियो

कांग्रेसका बाँकी वडा अधिवेशन आज पनि, ७३ जिल्लाका ६ हजार १३२ वडामा सकियो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न हुन बाँकी वडा अधिवेशन सोमबार हुने भएको छ।