नेभिगेशन
समाज

प्रधानमन्त्रीले ल्याएको राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधि सभाबाट आज पारित हुँदै, के छ विधेयकमा ?

काठमाडौँ । रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले दर्ता गरेको राष्ट्रिय सेवा दल विधेयक, २०८३ आज प्रतिनिधि सभाबाट पारित हुँदैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा विधेयकमा दफवारा छलफल भई पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

Ncell
Extreme Energy

बैठकमा प्रधानमन्त्री तथा रक्षामन्त्री शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित राष्ट्रिय सेवा दल विधेयकमाथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् । 

प्रस्तावमा छलफलपछि उठेका जिज्ञासामा मन्त्री गौतमले जवाफ दिनेछिन् र विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछिन् । त्यसपछि प्रतिनिधि सभाले विधेयक पारित गर्नेछ । सन्देशसहित राष्ट्रिय सभामा जानेछ । 

के छ विधेयकमा ?

आधारभूत र माध्यामिक शिक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई सैन्य तालिम दिने प्रस्तावसहितको राष्ट्रिय सेवा दल विधेयक प्रधानमन्त्री शाहले असार १६ मा प्रतिनिधि सभामा दर्ता गरेका थिए । 

विधेयकमा १३ वर्षदेखि २१ वर्ष उमेर समूहका विद्यार्थीलाई नेपाली सेनाका अधिकृतबाट तालिम गराउने सरकारको प्रस्ताव छ । 

विद्यार्थीहरुलाई नेपाली सेनाका अधिकारीले तालिम दिने र आवश्यक परेका बेलाको सेनाको व्याकअपका रुपमा परिचालन हुने गरी प्रस्ताव गरिएको छ । तालिम दिने विद्यार्थीहरु सेना आफैले छनोट गर्ने व्यवस्था गरिएको छ ।

विधेयकमा आवश्यक परेको बेला अन्य नागरिकलाई समेत तालिम दिने र स्वयंसेवकका खटाउने प्रस्तावसमेत छ । 

विधेयकमा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई देश प्रेम, जनसेवा, राष्ट्रिय एकताको भावना जगाई नैतिक र अनुशासित बनाउन तथा राष्ट्रिय आवश्यकताको आधारमा जुनसुकै नेपाली नागरिकलाई तालिम दिन र तालिम प्राप्त गरेका व्यक्तिलाई स्वयं सेवकका रूपमा राष्ट्र सेवामा खटाउन सक्ने गरी कानुनी व्यवस्था गर्न आवश्यक परेको उल्लेख छ । 

प्रधानमन्त्री शाहले संविधानको धारा ५१(क) मा राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी नीतिको क्रम संख्या (६) मा राष्ट्रिय आवश्यकताअनुरूप नागरिकलाई राष्ट्रको सेवा गर्न तत्पर र सक्षम बनाउने नीति राज्यले अवलम्बन गर्ने व्यवस्था रहेको भन्दै यसलाई सम्बोधन गर्न अहिले भइरहेको राष्ट्रिय सेवा दल ऐन २०२७ लाई प्रतिस्थापन गरी नयाँ ऐन तर्जुमा गर्नुपरेको पनि उल्लेख गरेका छन् । 

आजको प्रतिनिधि सभा  बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची पनि छ । 

यस्तै, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्रीले दूध बेचेर मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।
दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।
कांग्रेसका बाँकी वडा अधिवेशन आज पनि, ७३ जिल्लाका ६ हजार १३२ वडामा सकियो

कांग्रेसका बाँकी वडा अधिवेशन आज पनि, ७३ जिल्लाका ६ हजार १३२ वडामा सकियो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न हुन बाँकी वडा अधिवेशन सोमबार हुने भएको छ।