नेभिगेशन
समाज

कांग्रेसका बाँकी वडा अधिवेशन आज पनि, ७३ जिल्लाका ६ हजार १३२ वडामा सकियो

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न हुन बाँकी वडा अधिवेशन सोमबार हुने भएको छ। निर्वाचन समितिले रसुवा, नुवाकोट र धादिङबाहेक विभिन्न जिल्लामा रोकिएको तथा असोज ४ गते सम्पन्न हुन नसकेको वडा अधिवेशन सोमबार निरन्तर सञ्चालन गर्ने जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिका अनुसार सप्तरीका क्षेत्र नं. २ र ४, सिरहा, मोरङ क्षेत्र नं. ६, रौतहट क्षेत्र नं. १, सर्लाही क्षेत्र नं. २ र परासी क्षेत्र नं. २ मा पनि वडा अधिवेशन हुन बाँकी छ। ती क्षेत्रबाहेक सम्बन्धित जिल्लाका अन्य क्षेत्रमा भने अधिवेशन प्रक्रिया अघि बढेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जानकारी दिए।

Ncell
Extreme Energy

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङमा भने हालसम्म वडा अधिवेशन हुन सकेको छैन।

यसैबीच, कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबार र आइतबार गरी ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न भएको छ। ती अधिवेशनबाट वडा कार्यसमिति चयन हुनुका साथै क्षेत्रीय प्रतिनिधिसमेत निर्वाचित भएका छन्।

कटुवालका अनुसार असोज १६ देखि १९ गतेसम्म हुने १५औँ महाधिवेशनअन्तर्गत वडा कार्यसमिति चयन र क्षेत्रीय प्रतिनिधिको निर्वाचन उत्साहपूर्ण रूपमा भइरहेको छ।

कोशी प्रदेशका ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ (क्षेत्र नं. ६ बाहेक) र सुनसरीलगायतका जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ।

मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश जिल्लाका वडामा पनि अधिवेशन सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी

जलजला गाउँपालिका–८ लस्तीका तोपबहादुर क्षेत्रीले दूध बेचेर मासिक रु एक लाखभन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।
दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ ।
संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।
प्रधानमन्त्रीले ल्याएको राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधि सभाबाट आज पारित हुँदै, के छ विधेयकमा ?

प्रधानमन्त्रीले ल्याएको राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधि सभाबाट आज पारित हुँदै, के छ विधेयकमा ?

रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले दर्ता गरेको राष्ट्रिय सेवा दल विधेयक, २०८३ आज प्रतिनिधि सभाबाट पारित हुँदैछ ।