नेभिगेशन
समाज

दमौली-भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति

दमौली (तनहुँ) । १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत निर्माण भइरहेको दमौली–भरतपुर २२० केभी प्रसारण लाइनका लागि तनहुँतर्फका सबै सामुदायिक वनमा रुख कटानको आवश्यक कानुनी स्वीकृति प्राप्त भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रसारण लाइनअन्तर्गत  जिल्लामा पर्ने रुखको छपान तथा टाँचा लगाउने कार्य सम्पन्न भएपछि डिभिजन वन कार्यालयले थप १२ सामुदायिक वनमा प्रवेश गरी रुख कटान गर्ने स्वीकृति प्रदान गरेको हो । यससँगै प्रसारण लाइन क्षेत्रभित्र पर्ने जिल्लाका सबै १७ सामुदायिक वनमा रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएको छ ।

Ncell
Extreme Energy

प्रसारण लाइन क्षेत्रअन्तर्गत देवघाट गाउँपालिकामा पाँच, बन्दीपुर गाउँपालिका र व्यास नगरपालिकामा छ/छ वटा सामुदायिक वन रहेका छन् । चितवनतर्फ भने रुख कटानको जारी रहेको आयोजना प्रमुख भण्डारीले बताए । 

दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणको प्याकेज–३ अन्तर्गत करिब ३५ किलोमिटर क्षेत्रमा ९४ टावर निर्माण गर्नुपर्नेछ । निर्माण व्यवसायी केइसी इन्टरनेशनल लिमिटेड भारतले हालसम्म ८३ वटा टावरको जग हाल्ने तथा ७८ वटा टावर जडान गर्ने कार्य सम्पन्न गरेको छ ।

आयोजना प्रमुख भण्डारीका अनुसार प्याकेज–३ को समग्र निर्माण प्रगति ८२ प्रतिशत पुगेको छ । रुख कटानका लागि आवश्यक स्वीकृति प्राप्त भएसँगै प्रसारण लाइन निर्माणको बाँकी कामलाई थप गति दिन सहज हुने आयोजनाको अपेक्षा छ ।

आयोजनाको तीन प्याकेजमा काम भइरहेको छ । प्याकेज एक बाँधलगायतका संरचना निर्माणका लागि सोङ्दा कालिका जेभीमार्फत् काम भइरहेको छ । यो प्याकेजमा ६३ प्रतिशत प्रगति रहेको छ । 

आयोजनाको प्याकेज दुई विद्युतगृह तथा सम्बन्धित उपकरणहरुमा सिनो हाइड्रो कर्पोरेसनले चीनले काम गरिरहेको छ । यो प्याकेजमा ७९ प्रतिशत प्रगति रहेको छ । आयोजनाको समग्र प्रगति भने ७८ प्रतिशत रहेको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा असोज ४ देखि १५ गतेसम्म बत्ती जाने, कहाँ कहिले ? (सूचीसहित)

काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा असोज ४ देखि १५ गतेसम्म बत्ती जाने, कहाँ कहिले ? (सूचीसहित)

आगामी असोज ४ गतेदेखि १५ गतेसम्म काठमाडौँ र ललितपुरका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ ।
ओलीलाई कन्पारो तताउने तीन बुँदा

ओलीलाई कन्पारो तताउने तीन बुँदा

नेकपा एमाले पुनर्गठन कार्यदलले तीन बुँदे सहमति गरेर सचिवालय बैठकमा तीनवटा प्रतिवेदनको एकीकृत स्वरूप पेस गरेको थियो। तर अध्यक्ष केपी शर्मा ओलीले त्यसलाई कागजको टुक्रा (चिर्कटो) को संज्ञा...
राष्ट्रिय सभाबाट संक्रामक पशु रोग (नियन्त्रण) विधेयक पारित हुँदै, के छ विधेयकमा ?

राष्ट्रिय सभाबाट संक्रामक पशु रोग (नियन्त्रण) विधेयक पारित हुँदै, के छ विधेयकमा ?

राष्ट्रिय सभाले आज संक्रामक पशु रोग (नियन्त्रण) विधेयक पारित गर्दैछ ।
कार्यसम्पादन मूल्याङ्कनमा बाँके प्रहरी लगातार तेस्रो महिना प्रथम

कार्यसम्पादन मूल्याङ्कनमा बाँके प्रहरी लगातार तेस्रो महिना प्रथम

जिल्ला प्रहरी कार्यालय बाँके कार्यसम्पादन मूल्याङ्कनमा लगातार तेस्रो महिना देशभरकै उत्कृष्ट बनेको छ। ‘क’ श्रेणीका १२ जिल्ला प्रहरी कार्यालयमध्ये बाँके असार, साउन र भदौमा लगातार प्रथम भएको हो।