नेभिगेशन
समाज

अमेरिका जानुअघि प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव– भोटेकोशी विपद्‍लाई अन्तर्राष्ट्रियकरण गरौँ

विज्ञहरूको सुझाव र तथ्यमा आधारित रहेर दस्तावेज तयार पारिएको प्रधानमन्त्री बालेनको जवाफ

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी विपद् लगायतका घटनालाई  आवश्यक प्रमाण र दाबीसहित सिङ्गो विश्वको ध्यानाकर्षण गराउन प्रधानमन्त्री बालेन शाहलाई सुझाव दिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबार सिंहदरबारमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेनलाई भेटेर पार्टीको नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठानले जलवायु परिवर्तनको असरका बारेमा तयार पारेको धारणा बुझाएका हुन् ।

Ncell
Extreme Energy

उपसभापति शर्माले प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा जाँदै गर्दा  प्रधानमन्त्रीलाई सिङ्गो देश, सम्पूर्ण नेपाली र प्रमुख प्रतिपक्षी दलको साथ छ भन्ने बलियो सन्देश दिन खोजिएको बताए ।

उपसभापति शर्माले जलवायु परिवर्तनले नेपालमा पारेको असरलाई अन्तर्राष्ट्रियकरण गर्दा आवश्यक प्रमाण र दाबीसहित सिङ्गो विश्वको ध्यानाकर्षण गराउन आग्रह गरिएको जानकारी दिए ।

नेपालले विश्वको १% भन्दा पनि कम मात्र कार्बन उत्सर्जन गर्दा पनि जन्मकैदको सजाय पाएजस्तो ठूलो विपद् र क्षति बेहोर्नु परेको विषय उठाउन सुझाइएको पनि शर्माले उल्लेख गरे ।

उपसभापति शर्माले नेपालले न्यून कार्बन उत्सर्जन गर्ने सम्पूर्ण साना राष्ट्रहरूको नेतृत्व लिनुपर्ने र सन् २०१५ को पेरिस सम्झौता कार्यान्वयनका लागि ठूला राष्ट्रहरूसँग संयम एवं कूटनीतिक चातुर्यताका साथ गहन संवाद गर्नुपर्ने सुझाव पनि प्रधानमन्त्रीलाई दिइएको जानकारी दिए ।

औपचारिक सम्बोधन मात्र नभई साइडलाइन वार्ता, लबिइङ र मुभमेन्टमार्फत पनि नेपालको पक्षमा विश्वव्यापी ऐक्यबद्धता जुटाउन आग्रह गरिएको बताए ।

छलफलमा प्रधानमन्त्री शाहले राष्ट्रसंघमा प्रस्तुत गर्ने दस्तावेज विज्ञहरूको गहन सुझाव र तथ्यमा आधारित रहेर बनाइएको कांग्रेस नेताहरुलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्री बालेन राष्ट्रसंघको महासभालाई सम्बोधन गर्न भोलि न्युयोर्क प्रस्थान गर्दैछन् । उनले असोज ८ गते महासभालाई समबोधन गर्ने कार्यक्रम छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बैठकमा व्यवधान नपुर्‍याउन स्वयंसेवकलाई ओलीको निर्देशन

बैठकमा व्यवधान नपुर्‍याउन स्वयंसेवकलाई ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा सदस्यहरूलाई निबार्ध रूपमा धारणा राख्ने वातावरण बनाउन स्वयंसेवकलाई निर्देशन दिएका छन्।
ट्राफिक प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरमा चालकले नै लगाएका थिए बसमा आगो

ट्राफिक प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरमा चालकले नै लगाएका थिए बसमा आगो

ट्राफिक प्रहरीसँगको विवादपछि काठमाडौँको त्रिपुरेश्वरमा चालक आफैले बसमा आगो लागेको तथ्य सार्वजनिक भएको छ ।
ओली हट्नुपर्छ भन्ने नेता–कार्यकर्तालाई ओलीको जवाफ– महाधिवेशनले उत्तर दिइसकेको छ

ओली हट्नुपर्छ भन्ने नेता–कार्यकर्तालाई ओलीको जवाफ– महाधिवेशनले उत्तर दिइसकेको छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व पुनर्गठनको प्रश्नको उत्तर महाधिवेशनले दिइसकेको बताएका छन्। आजबाट सुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर २७ गते महाधिवेशन...
एमाले नेतालाई ओलीको प्रश्न– मिडियामा गएर अध्यक्ष हटाउनुपर्छ भन्ने? को न्यायाधीश?

एमाले नेतालाई ओलीको प्रश्न– मिडियामा गएर अध्यक्ष हटाउनुपर्छ भन्ने? को न्यायाधीश?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनर्गठनको पक्षमा बोल्नेहरूप्रति कडा टिप्पणी गरेका छन्। सोमबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टीमा अनुशासनहीनता बढेको भन्दै नियन्त्रण गरेर...