नेभिगेशन
समाज

एमाले नेतालाई ओलीको प्रश्न– मिडियामा गएर अध्यक्ष हटाउनुपर्छ भन्ने? को न्यायाधीश?

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनर्गठनको पक्षमा बोल्नेहरूप्रति कडा टिप्पणी गरेका छन्। सोमबारबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले पार्टीमा अनुशासनहीनता बढेको भन्दै नियन्त्रण गरेर एकताबद्ध राख्नुपर्ने चुनौती आफूसमक्ष रहेको धारणा राखे।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘पार्टीभित्रको बहस पार्टीमा हुनसक्थ्यो। तर मिडियामा गएर अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो, यस्ता कुराहरू बोल्ने? को न्यायाधीश? तपाईं पार्टीमा हुनुहुन्छ भने पार्टीमा छलफल गर्नुहोस् न। कमिटीमा छलफल गर्नुहोस्, राय राख्नुहोस्। तर बाहिर गएर जग हसाइँ गर्ने, पार्टीको प्रतिष्ठा कमजोर बनाउने, विपक्षीको मनोबल उकास्ने, विपक्षीलाई खुसी बनाउने यस प्रकारका काम हुनुहुँदैन। यस प्रकारको अराजकतालाई नियन्त्रण गरेर पार्टीलार्ई अनुशासित र एकताबद्ध बनाएर लैजानुपर्ने परिस्थिति सिर्जना भएको छ,’ उनले भने।

Ncell
Extreme Energy

पार्टीभित्रका केही व्यक्ति र तत्वहरू एमालेभित्र समस्या सिर्जना गर्न उद्यत भएको उनले बताए। जसका कारण समस्याको सिर्जना हुनथालेको बताए।

‘एक जना साथीले हिजो मात्रै स्ट्याटस लेखेको देख्याथेँ मैले– मन पनि नभएको, मुटु पनि नभएको, मस्तिष्क पनि नभएको, केही पनि नभएको, किड्नी पनि नभएको, साना हातखुट्टा भएको, हड्डीलाई छालाले बेरेको मात्रै, त्यस्तालाई के भन्छ? भनेर उहाँले सामाजिक सञ्जालमा एउटा प्रश्न राख्नुभएको रहेछ! किन त्यो प्रश्न राख्नुभयो? कसका विरूद्ध राखेको होला? के भन्न खोजेको होला? के भनेको हो भनेर म त्यसको अर्थ नलगाऊँ....त्यसपछिका कमेन्ट.. सोझै भन्नुपर्छ क्या, सोझै ठोक्नुपर्छ भन्ने थुप्रै कमेन्टहरू..,’ उनले भने।

विरोधीले यस्ता कुरामा खेल्ने भन्दै उनीहरू यस्ता ठाउँहरू दिन नहुने धारणा राखे।

‘यति सावधानीका साथ स्ट्याटस लेख्ने, अपलोड गर्ने, कमेन्ट गर्ने गराउने यस्तो खालको स्वस्थ तरिका हुँदैन पार्टीभित्र, पार्टीमा खुलाखुलस्त छलफल हुनुपर्छ, तर पार्टीभित्र, अहिले सबैभन्दा अनुशासनका कमजोर हाम्रै पार्टी देखिनुभनेको, धेरै ठूलो दुःखलाग्दो कुरा हो,’ उनले भने, ‘एमाले स्पाते अनुशासन भएको पार्टी हो। महान अभिभारा काँधमा बोकेर हिँडेको पार्टी हो। यो पार्टीलाई हामीले त्यस्तै पार्टी बनाउनुपर्छ, वैचारिक हिसाबले एकताबद्ध, सांगठनिक हिसाबले एकताबद्ध पार्टी बनाउनुपर्छ। अनुशासित, गतिशील, पार्टी बनाउनुपर्छ। र, यो विरोधीहरूको सामना गर्न सक्ने पार्टी बनाउनुपर्छ,’ उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बैठकमा व्यवधान नपुर्‍याउन स्वयंसेवकलाई ओलीको निर्देशन

बैठकमा व्यवधान नपुर्‍याउन स्वयंसेवकलाई ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा सदस्यहरूलाई निबार्ध रूपमा धारणा राख्ने वातावरण बनाउन स्वयंसेवकलाई निर्देशन दिएका छन्।
ट्राफिक प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरमा चालकले नै लगाएका थिए बसमा आगो

ट्राफिक प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरमा चालकले नै लगाएका थिए बसमा आगो

ट्राफिक प्रहरीसँगको विवादपछि काठमाडौँको त्रिपुरेश्वरमा चालक आफैले बसमा आगो लागेको तथ्य सार्वजनिक भएको छ ।
ओली हट्नुपर्छ भन्ने नेता–कार्यकर्तालाई ओलीको जवाफ– महाधिवेशनले उत्तर दिइसकेको छ

ओली हट्नुपर्छ भन्ने नेता–कार्यकर्तालाई ओलीको जवाफ– महाधिवेशनले उत्तर दिइसकेको छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व पुनर्गठनको प्रश्नको उत्तर महाधिवेशनले दिइसकेको बताएका छन्। आजबाट सुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर २७ गते महाधिवेशन...
अमेरिका जानुअघि प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव– भोटेकोशी विपद्‍लाई अन्तर्राष्ट्रियकरण गरौँ

अमेरिका जानुअघि प्रधानमन्त्रीलाई कांग्रेसको सुझाव– भोटेकोशी विपद्‍लाई अन्तर्राष्ट्रियकरण गरौँ

उपसभापति शर्माले प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा जाँदै गर्दा  प्रधानमन्त्रीलाई सिङ्गो देश, सम्पूर्ण नेपाली र प्रमुख प्रतिपक्षी दलको साथ छ भन्ने बलियो सन्देश दिन खोजिएको बताए ।