नेभिगेशन
समाज

बैठकमा व्यवधान नपुर्‍याउन स्वयंसेवकलाई ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा सदस्यहरूलाई निबार्ध रूपमा धारणा राख्ने वातावरण बनाउन स्वयंसेवकलाई निर्देशन दिएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोमबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठक उद्घाटनअघि सम्बोधन गर्दै ओलीले बैठकमा कुनै पनि प्रकारको व्यवधान नहोस् र सदस्यहरूले विचार व्यक्त गर्न तथा आवतजावत गर्न सहज वातावरण पाऊन् भन्नेमा स्वयंसेवक सचेत हुनुपर्ने बताए।

Ncell
Extreme Energy

‘बैठकमा कुनै प्रकारको डिस्टर्बेन्स नहुनेगरी, कसैले बोल्दा अनुहारमा कुनै प्रतिक्रिया उत्पन्न नगराइ, एउटा डिस्टेन्समा बसेर केन्द्रीय कमिटीका सदस्यहरूलाई मोबिलिटी गर्न, विचार व्यक्त गर्न कुनै व्यवधान भोलेन्टियरबाट पुग्ने छैन। भोलेन्टियरहरूले अध्यक्षको निर्देशन पालना गर्नुपर्नेछ,’ ओलीले भने।

उनले केन्द्रीय कमिटी बैठकले ठूलो अभिभारा बोकेको पनि बताए। देश र पार्टीका कार्यकर्ताले बैठकबाट अपेक्षा गरेको भन्दै ओलीले ती अपेक्षाअनुसार बैठक सम्पन्न गर्ने बताए।

‘अत्यन्तै ठूलो अभिभारा बोकेर प्रारम्भ भइरहेको बैठक, जोसँग देशले अपेक्षा गरेको छ, कार्यकर्ता पंक्तिले अपेक्षा गरेको छ। कार्यकर्ता पंक्तिको अपेक्षा अनुसार हामी बैठक सुसम्पन्न गरेर उठ्ने छौं,’ उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एमाले केन्द्रीय कमिटी बैठकका यी हुन् ९ एजेण्डा

एमाले केन्द्रीय कमिटी बैठकका यी हुन् ९ एजेण्डा

बैठकको प्रमुख एजेन्डामा अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि छलफलसँगै केन्द्रीय कमिटीमा मनोनयन, विभाग गठन, पोलिटब्युरो र स्थायी समिति गठन रहेका छन्।
दुबईमा च्यारिटी भलिबल गरेर बाढी पीडितलाई सहयोग

दुबईमा च्यारिटी भलिबल गरेर बाढी पीडितलाई सहयोग

संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेका पूर्वराष्ट्रिय भलिबल खेलाडीहरूको पहलमा दुबईमा आयोजित च्यारिटी भलिबल प्रतियोगिताबाट संकलित रकम प्रधानमन्त्री राहत कोषमा पठाइएको छ।
ट्राफिक प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरमा चालकले नै लगाएका थिए बसमा आगो

ट्राफिक प्रहरीसँगको विवादपछि त्रिपुरेश्वरमा चालकले नै लगाएका थिए बसमा आगो

ट्राफिक प्रहरीसँगको विवादपछि काठमाडौँको त्रिपुरेश्वरमा चालक आफैले बसमा आगो लागेको तथ्य सार्वजनिक भएको छ ।
ओली हट्नुपर्छ भन्ने नेता–कार्यकर्तालाई ओलीको जवाफ– महाधिवेशनले उत्तर दिइसकेको छ

ओली हट्नुपर्छ भन्ने नेता–कार्यकर्तालाई ओलीको जवाफ– महाधिवेशनले उत्तर दिइसकेको छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व पुनर्गठनको प्रश्नको उत्तर महाधिवेशनले दिइसकेको बताएका छन्। आजबाट सुरू भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मंसिर २७ गते महाधिवेशन...