नेभिगेशन
समाज

भोटेकोशी बाढीपछि बेपत्ताको संख्या यकिन गर्न ७५ जिल्लाका सीडीओसँग छलफल

काठमाडौँ । रसुवा भोटेकोशी बाढीमा सम्पर्कविहीन मानिसहरूको वास्तविक तथ्यांक तय गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पहल थालेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोही अनुसार आज प्राधिकरणले ७५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा समितिका सदस्य तथा जिल्ला आपतकालीन कार्यसंचालन केन्द्रका कर्मचारीहरूसँग भर्चुअल छलफल गरेको छ ।

Ncell
Extreme Energy

प्राधिकरणका सहसचिव बलराम निरौलाको अध्यक्षतामा सम्पन्न भएको छलफलमा सम्पर्कविहीनहरूको तथ्यांक यकिन गर्ने विषयमा गहन छलफल भएको प्राधिकरणले जनाएको छ ।

खासगरी सम्पर्कविहीनहरूको नाम सम्बन्धित जिल्लाका साथै प्रभावित रसुवा र नुवाकोटमा पनि आफन्तले टिपाएको हुँदा दोहरिएका नामलाई यकिन गर्ने विषयमा छलफल भएको हो।

तथ्यांकमा देखिएको दोहरोपन रूजु गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयले आ–आफ्नो जिल्लामा यकिन गरी सेतु एपमा प्रविष्ट गर्ने निर्णय भएको छ ।

भदौ १० मा आएको बाढीमा परेकामध्ये हालसम्म १ हजार ४५१ जनाको शव फेला परेको छ भने ५ हजार ७ सयभन्दा बढी बेपत्ता छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
ओलीले भने– आलोचनाबाट भाग्दिनँ, झुट स्वीकार गर्दिनँ (प्रतिवेदनको पूर्णपाठ)

ओलीले भने– आलोचनाबाट भाग्दिनँ, झुट स्वीकार गर्दिनँ (प्रतिवेदनको पूर्णपाठ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आलोचना स्वीकार गर्ने तर चरित्रहत्या अस्वीकार गर्ने बताएका छन्।
नेतृत्वको धर्म हो– गल्ती भए स्वीकार गर्नुः अध्यक्ष ओली

नेतृत्वको धर्म हो– गल्ती भए स्वीकार गर्नुः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संगठनका कतिपय तहहरू किन सुस्त भए? डिजिटल युगमा हाम्रो कुरा कहाँ हरायो? भन्दै प्रश्न गरेका छन्। पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन...
सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट

सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन् ।
चेस ओलम्पियाडमा नेपाली खेलाडीले दिँदैछन् चुनौती

चेस ओलम्पियाडमा नेपाली खेलाडीले दिँदैछन् चुनौती

उज्बेकिस्तानको समरकन्दमा सञ्चालन भइरहेको ४६औं (फिडे) चेस ओलम्पियाडमा नेपाली खेलाडीहरु पनि सहभागी भएका छन् ।