नेभिगेशन
नेताका कुरा

सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे बिदाइ भेट

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बिदाइ भेट गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेटका क्रममा सभामुख अर्यालले नेपालका लागि भारतीय राजदूतका रूपमा सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकोमा श्रीवास्तवलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले राजदूत श्रीवास्तवको कार्यकालमा नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुगेको पनि बताए ।

Ncell
Extreme Energy

सभामुख अर्यालले पछिल्लो समय नेपालले सामना गरिरहेको विनाशकारी विपद्का क्रममा भारत सरकारले पहिलो उद्धारकर्ता तथा विश्वसनीय छिमेकीका रूपमा उपलब्ध गराएको सहयोगप्रति विशेष आभार व्यक्त गरे ।

सो अवसरमा राजदूत श्रीवास्तवले रसुवामा भएको क्षति अकल्पनीय रहेको बताउँदै भारतले राहत तथा उद्धार कार्यमा निरन्तर सहयोग गरिरहेको जानकारी गराए । संकटको घडीमा भारत सधैं नेपालको साथमा रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

श्रीवास्तवले २५ जुन २०२२ मा नेपालका लागि भारतको राजदूतका रूपमा कार्यभार सम्हालेका थिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
हटाउन खोज्नेलाई ओलीको जवाफ– रूखमा नयाँ पालुवा ल्याउनुपर्‍यो भने जरा काटिँदैन

हटाउन खोज्नेलाई ओलीको जवाफ– रूखमा नयाँ पालुवा ल्याउनुपर्‍यो भने जरा काटिँदैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिक अब अवसर चाहेको बताएका छन्। आजबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले नागरिकहरू राज्य र पार्टी...
ओलीलाई सम्मानजनक बिदाइको बाटो रोज्न ईश्वर पोखरेलको पत्र

ओलीलाई सम्मानजनक बिदाइको बाटो रोज्न ईश्वर पोखरेलको पत्र

कपा एमालेका नेता ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानजनक रूपमा विदाइ गर्दै विधिसम्मत ढंगले नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव गरेका छन्।
एमाले कमजोर भएको छ, तर जरा सुकेको छैन– ओली

एमाले कमजोर भएको छ, तर जरा सुकेको छैन– ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एउटा कठिन सत्यको अगाडि उभिएको बताएका छन्।
ओलीले भने– आलोचनाबाट भाग्दिनँ, झुट स्वीकार गर्दिनँ (प्रतिवेदनको पूर्णपाठ)

ओलीले भने– आलोचनाबाट भाग्दिनँ, झुट स्वीकार गर्दिनँ (प्रतिवेदनको पूर्णपाठ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आलोचना स्वीकार गर्ने तर चरित्रहत्या अस्वीकार गर्ने बताएका छन्।