नेभिगेशन
समाज

नेतृत्वको धर्म हो– गल्ती भए स्वीकार गर्नुः अध्यक्ष ओली

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संगठनका कतिपय तहहरू किन सुस्त भए? डिजिटल युगमा हाम्रो कुरा कहाँ हरायो? भन्दै प्रश्न गरेका छन्। पार्टी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै यी प्रश्नहरूबाट एमाले भाग्नु नहुने बताएका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘सम्बोधन गर्ने प्रयास गरेका छौं भन्ने अनुभूति हामीले किन दिन सकेनौं? संगठनका कतिपय तहहरू किन सुस्त भए? डिजिटल युगमा हाम्रो कुरा कहाँ हरायो? यी प्रश्नहरूबाट हामी भाग्नु हुँदैन। यी प्रश्नहरू मेरा हुन्, नेतृत्वका पनि हुन्, पार्टीका पनि हुन्,’ उनले भनेका छन्।

Ncell
Extreme Energy

जिम्मेवारी स्वीकार गर्नु र मैदान छोड्नु एउटै कुरा नभएको उनको भनाइ छ। 

‘जिम्मेवारी स्वीकार गर्नु भनेको घाइते शरीर छोडेर भाग्नु होइन, उपचारको अगुवाइ गर्नु हो। चिकित्सकले रोग देखेपछि अस्पताल छोड्दैन । किसानले बालीमा रोग लागेपछि खेत छोड्दैन । नेतृत्वले पनि संकटको बेला संगठनलाई अनिश्चिततामा छोड्दैन। नेतृत्वको धर्म हो– गल्ती भए स्वीकार गर्नु, सत्यको सामना गर्नु, कार्यकर्ताको मनोबल उठाउनु, जनताको घरमा फेरि फर्कनु र सुरक्षित भविष्यको बाटो बनाउनु,’ उनले भने।

देशको वर्तमान संकट के हो? भदौको घटनाबाट राष्ट्रले के भोग्यो? त्यसले लोकतान्त्रिक आन्दोलनलाई कसरी कमजोर बनायो? असामान्य वातावरणमा चुनाव कसरी भयो? हाम्रो हारका बाह्य र आन्तरिक कारण के हुन्? अहिलेको सरकारको कार्यशैलीले देशलाई कता लैजाँदै छ? नेतृत्वमाथि पार्टीभित्र र बाहिरबाट भएको हमला कुन उद्देश्य र मनोविज्ञानबाट निर्देशित छ? रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणको सही अर्थ के हो? र अब एमालेको कार्यभार के हुनुपर्छ ? यी सबै प्रश्नको उत्तर खोज्नु आजको आवश्यकता रहेको उनको भनाइ छ।

‘दर्शनले भन्छ, संकटले ज्ञानको ढोका खोल्छ। विज्ञानले भन्छ, कुनै जीवित प्रणाली आघातपछि आफूलाई सम्हाल्न सक्यो भने झन् बलियो हुन्छ,’ उनले भनेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हटाउन खोज्नेलाई ओलीको जवाफ– रूखमा नयाँ पालुवा ल्याउनुपर्‍यो भने जरा काटिँदैन

हटाउन खोज्नेलाई ओलीको जवाफ– रूखमा नयाँ पालुवा ल्याउनुपर्‍यो भने जरा काटिँदैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिक अब अवसर चाहेको बताएका छन्। आजबाट सुरू भएको केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले नागरिकहरू राज्य र पार्टी...
ओलीलाई सम्मानजनक बिदाइको बाटो रोज्न ईश्वर पोखरेलको पत्र

ओलीलाई सम्मानजनक बिदाइको बाटो रोज्न ईश्वर पोखरेलको पत्र

कपा एमालेका नेता ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्मानजनक रूपमा विदाइ गर्दै विधिसम्मत ढंगले नयाँ नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव गरेका छन्।
एमाले कमजोर भएको छ, तर जरा सुकेको छैन– ओली

एमाले कमजोर भएको छ, तर जरा सुकेको छैन– ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एउटा कठिन सत्यको अगाडि उभिएको बताएका छन्।
ओलीले भने– आलोचनाबाट भाग्दिनँ, झुट स्वीकार गर्दिनँ (प्रतिवेदनको पूर्णपाठ)

ओलीले भने– आलोचनाबाट भाग्दिनँ, झुट स्वीकार गर्दिनँ (प्रतिवेदनको पूर्णपाठ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आलोचना स्वीकार गर्ने तर चरित्रहत्या अस्वीकार गर्ने बताएका छन्।