नेभिगेशन
सबै कुरा

यातायात मन्त्री ज्वालाद्वारा नेपाल प्रहरीलाई इम्बोस्ड नम्बर प्लेट रिड गर्ने मेसिन हस्तान्तरण

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ५ थान आरएफआइडी मेसिन नेपाल प्रहरीलाई  हस्तान्तरण गरेका छन् । मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री ज्वालाले इम्बोस्ड नम्बर प्लेटमा भएको विवरण रिड गर्ने रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन मेसिन अर्थात आरएफआइडी मेसिन हस्तान्तरण गरेका हुन् ।

मन्त्री ज्वालाले सो मेसिन नेपाल प्रहरी मुख्यालय अन्तर्गत कार्यविभाजनका डीआईजी भरत बोहोरालाई हस्तान्तरण गरेका हुन्। प्रथम चरणमा थाेरै मात्रामा हस्तान्तरण गरिएको यो मेसिन छिटै १०० थान हस्तान्तरण हुने यातायात व्यवस्था विभागले समेत जनाएको छ। 

हाल सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था भएपनि यसमा उपलब्ध डाटा रिड  गर्ने कुनै पनि प्रणालीको व्यवस्था थिएन। मेसिन उपलब्धतासँगै भौतिक पूर्वाधार मन्त्रालय मातहत रहेको यातायात व्यवस्था विभागले देशका विभिन्न नाकाहरूमा इम्बोस्ड प्लेट रिड गर्ने गेटको समेत निर्माण गरिरहेको छ।

मंगलबार आयोजित कार्यक्रममा अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले सवारी साधनमा इम्बोस्ड प्लेट जडानले सवारी साधनको सुरक्षा तथा अन्य हिसाबले समेत यो प्रणाली महत्वपूर्ण हुने बताए। कार्यक्रमका बिच हस्तान्तरण भएको उक्त मेसिनको डेमो समेत गरेर देखाइएको थियो।

मन्त्रालयमा आयोजित कार्यक्रममा भौतिक  मन्त्रालयका सचिव केशव कुमार शर्मा, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाल तथा ट्राफिक प्रहरी प्रमुख पोषराज पोखरेलको समेत उपस्थिति थियो। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै