नेभिगेशन
सबै कुरा

यातायात मन्त्री ज्वालाद्वारा नेपाल प्रहरीलाई इम्बोस्ड नम्बर प्लेट रिड गर्ने मेसिन हस्तान्तरण

काठमाडाैँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ५ थान आरएफआइडी मेसिन नेपाल प्रहरीलाई  हस्तान्तरण गरेका छन् । मंगलबार मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच मन्त्री ज्वालाले इम्बोस्ड नम्बर प्लेटमा भएको विवरण रिड गर्ने रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन मेसिन अर्थात आरएफआइडी मेसिन हस्तान्तरण गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री ज्वालाले सो मेसिन नेपाल प्रहरी मुख्यालय अन्तर्गत कार्यविभाजनका डीआईजी भरत बोहोरालाई हस्तान्तरण गरेका हुन्। प्रथम चरणमा थाेरै मात्रामा हस्तान्तरण गरिएको यो मेसिन छिटै १०० थान हस्तान्तरण हुने यातायात व्यवस्था विभागले समेत जनाएको छ। 

Extreme Energy
citizen life

हाल सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने व्यवस्था भएपनि यसमा उपलब्ध डाटा रिड  गर्ने कुनै पनि प्रणालीको व्यवस्था थिएन। मेसिन उपलब्धतासँगै भौतिक पूर्वाधार मन्त्रालय मातहत रहेको यातायात व्यवस्था विभागले देशका विभिन्न नाकाहरूमा इम्बोस्ड प्लेट रिड गर्ने गेटको समेत निर्माण गरिरहेको छ।

मंगलबार आयोजित कार्यक्रममा अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वालाले सवारी साधनमा इम्बोस्ड प्लेट जडानले सवारी साधनको सुरक्षा तथा अन्य हिसाबले समेत यो प्रणाली महत्वपूर्ण हुने बताए। कार्यक्रमका बिच हस्तान्तरण भएको उक्त मेसिनको डेमो समेत गरेर देखाइएको थियो।

मन्त्रालयमा आयोजित कार्यक्रममा भौतिक  मन्त्रालयका सचिव केशव कुमार शर्मा, यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजाल तथा ट्राफिक प्रहरी प्रमुख पोषराज पोखरेलको समेत उपस्थिति थियो। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी हुन् अध्यादेशपछि खारेज हुन सक्ने १२०० भन्दा धेरै राजनीतिक नियुक्ति

यी हुन् अध्यादेशपछि खारेज हुन सक्ने १२०० भन्दा धेरै राजनीतिक नियुक्ति

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सार्वजनिक निकायमा राजनीतिक नियुक्ति भई बहाल रहेका पदाधिकारीलाई पदमुक्त गर्ने उद्देश्यले  सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याउन लागिएको हो ।
रास्वपा सांसदलाई रविले सम्झाए मर्यादाः कानुन बनाउने हो, बन्न नखोज्नू

रास्वपा सांसदलाई रविले सम्झाए मर्यादाः कानुन बनाउने हो, बन्न नखोज्नू

‘मालिक बन्न खोज्नेको लागि राष्ट्रिय स्वतन्त्र पार्टी होइन् । यो दल सेवक र सहजकर्ताहरूको लागि हो,’ लामिछानेले भने, ‘सांसदले सबै तहको समन्वय गर्न सक्नुपर्छ । प्रमुख प्राथमिकता भनेको...
संवैधानिक आयोगहरूमा व्यवहारिक काम गर्न कठिन हुँदैछ, नम्र राजनीतिक आक्रामकता आवश्यक छ: रवि लामिछाने

संवैधानिक आयोगहरूमा व्यवहारिक काम गर्न कठिन हुँदैछ, नम्र राजनीतिक आक्रामकता आवश्यक छ: रवि लामिछाने

‘कयौं संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन, महत्त्वपूर्ण निर्णयहरू लिन ब्यबहारिक कठिनाइ हुँदैछ, वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन्’, सभापति लामिछानेले भने,’ धेरै कुरामा समय कुरेर मात्र...
सरकारविरुद्ध विपक्षी दलहरूले गरे यी चार निर्णय

सरकारविरुद्ध विपक्षी दलहरूले गरे यी चार निर्णय

बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले संसद छलेर ल्याएको अध्यादेशको विरोध, भर्त्सना र निन्दा गर्ने निर्णय गरेको हो ।  यसैगरी बैठकले  सरकारलाई अध्यादेश फिर्ता लिन र राष्ट्रपतिलाई अध्यादेश...