नेभिगेशन
सबै कुरा
ह्याकरसँग कुराकानी :

ह्याकर भन्छन्, ‘टियुको वेबसाइटमा परीक्षाफल नै परिवर्तन गर्न सकिने बग भेटियो’

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट ह्याक भएको २४ घण्टा बितिसकेको छ । परीक्षा नियन्त्रण कार्यालयबाट प्रदान हुने सबै सेवा अनलाइनबाटै गरिने भन्दै लोकप्रिय प्रचार भएको दोस्रो दिन नै अनलाइन सेवा प्रदान गर्ने वेबसाइट ह्याक भयो । वेबसाइट ह्याक गर्नेहरु थिए १५ वर्ष उमेरका ३ जना किशोरहरु । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

काठमाडौँको एक उच्च माविमा पढ्दै गरेका विज्ञान संकायका ति विद्यार्थीहरु सूचना प्रविधि र कम्प्युटरका ज्ञाता भने होइनन् । इन्टरनेट र सूचना प्रविधिमा चाख राख्ने ति विद्यार्थीहरुले त्रिविको परीक्षा नियन्त्रण कार्यालयको वेबसाइटमा प्रवेश गरेको तर यसको सूचना र तथ्याङ्कहरुमा कुनै परिवर्तन र दुरुपयोग नगरेको बरु थप सुरक्षित बनाएको दाबी गरेका छन् । 

सिधाकुरासँग कुरा गर्दै ति किशोरहरुले त्रिविले अनलाइन सेवा सुरु गरेपछि वेबसाइट चेक गर्दा वेबसाइटमा महत्वपूर्ण तथ्याङ्क चोरी हुने बग (कमजोरी) देखिएको र त्यसबाट हुने सम्भावित क्षति रोकेर त्रिविलाई जानकारी गराउन वेबसाइट नियन्त्रणमा लिइएको दाबी गरेका छन् । 

तर, वेबसाइट नियन्त्रणमा लिएर आफूलाई सम्पर्क गर्न भनेको २४ घण्टा बित्दा पनि त्रिविबाट कुनै सम्पर्क नभएको र आफूहरुले पटक पटक सम्पर्क गर्दा पनि त्रिविका अधिकारीहरु सम्पर्कमा नआएको उनीहरु बताउँछन् । विद्यार्थीको परीक्षाफल नै परिवर्तन गर्न सकिनेसम्मको कमजोरी उक्त वेबसाइटमा भेटिएको उनीहरुको भनाई छ ।

‘वेबसाइटमा विद्यार्थीको परीक्षाफल नै परिवर्तन गर्न सकिनेसम्मको तथ्यांक चोरी हुने गम्भिर बग (समस्या) हामीले पहिल्यायौं,’ ति किशोरहरु भन्छन् ‘हामीले त्रिविका सबै सार्वजनिक नम्बरमा फोन ग¥यौँ । तर, उठेन वेबसाइट बनाउने को हो पनि सम्पर्क प्रयास ग¥यौं तर उनीहरुको पनि सम्पर्क भेटेनौँ । फेसबुकमा लिंक गरेर सम्पर्क गर्न भनेको २४ घण्टामा पनि सम्पर्क गर्न कोही आएनन् ।’ 

परीक्षा नियन्त्रणको वेबसाइट ह्याक भएको २४ घण्टापछि त्रिविका निमित्त उपकुलपति डा.शिवलाल भुषालले यस्तो घटना सामान्य भएको प्रतिक्रिया देशसञ्चार डटकमसँग दिएका छन् । तर, त्रिविको वेबसाइट नियन्त्रणमा लिएका किशोरहरु भने निमित्त उपकुलपतिको कुरा गैह्रजिम्मेवार र सूचना प्रविधिबारे नबुझेको मान्छन् । 

त्रिविले गरेको गम्भिर गल्तिको फाइदा अरु कसैले लिइरहेको हुन सक्ने भन्दै ति किशोरहरुले आफूहरुले गल्ती सच्याउनका लागि यो कदम चालेको दाबी गरेका छन् । ‘यो ह्याक होइन । यो हामीले गल्ती पहिल्याएको हो,’ उनीहरु भन्छन्, ‘हामीले कुनै तथ्यांक चलाएका छैनौँ । त्रिविले आफ्नो वेबसाइट तुरुन्त नियन्त्रणमा लिएर सुरक्षित बनाउन हामीलाई सम्पर्क गरोस् । हामीलाई त पुरस्कृत गरोस् ।’

सिधाकुराको सम्पर्कमा आएका तीनै जना किशोरसँग लक्ष्मण गिरीले गरेको EXCLUSIVE कुराकानी यहाँ प्रस्तुत गर्दछौँ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक...
नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले विभिन्न देशका गरेर नेपालमा हाल एक हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको बताएका...