नेभिगेशन
सबै कुरा

शहीदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन : मन्त्री शर्मा

१६ भदौ, दाङ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हजारौँ शहीदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको बताएकी छिन् । 

दाङको घोराही उपमहानगरपालिका–१७ वर्गदीस्थित शहीदस्मृति पार्कमा नेकपा (माओवादी केन्द्र)ले सुरु गरेको तीन महिने विशेष रुपान्तरण अभियान उदघाटनका अवसरमा उनले अब शहीदका सपना पूरा गर्ने गरी पार्टी र सरकार अघि बढ्ने बताए । 

उनले शहीदको बलिदानका कारण राजनीतिक व्यवस्था बदलिएको उल्लेख गर्दै अब शहीदका सपना पूरा गर्न जनताको अवस्था बदल्नुपर्नेमा जोड दिइन् । वर्तमान सरकार गठन भएदेखि निरन्तर जनताको सेवा, सुविधा र सुशासनलाई प्राथमिकतामा राखिएको मन्त्री शर्माले बताइन्। इतिहासमा पहिलो पटक सरकार जनता सित जोडिएको उल्लेख गर्दै उनले सुशासन, समृद्धि र सामाजिक न्यायको बाटोमा अघि बढिरहेको बताइन् । 

शान्ति प्रक्रियापछि पार्टी पटक–पटक सरकारमा गए पनि जनताले चाहेजस्तो परिवर्तनको अनुभूति गर्न नपाएको उल्लेख गर्दै उनले अहिलेको सरकार गठन भएपछि जनताको पक्षमा काम हुन थालेकाले त्यसलाई जनताको बिचमा लैजान र जनताको गुनासो सरकारसमक्ष पुर्याउन यो अभियान सुरु गरिएको बताइन् ।

सबै नेता कार्यकर्तालाई जनताको घरघरमा पुग्न आग्रह गर्दै उनले राजनीतिलाई सेवाका रुपमा लिनुपर्ने बताइन्। सो ठाउँमा २०५८ मङ्सिर १३ गते धान दाइरहेका किसानमाथि तत्कालीन सेनाले गोली चलाउदा ११ जनाको ज्यान गएको थियो । मन्त्री शर्माले शहीदको शालिकमा माल्यार्पण गरी अभियानको उद्घाटन गरेकी हुन् ।   


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन माग गर्नु राजनीतिक फण्डा हो : विश्वप्रकाश शर्मा

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन माग गर्नु राजनीतिक फण्डा हो : विश्वप्रकाश शर्मा

विपक्षी दलबाट गृहमन्त्रीमाथि छानबिन अहिले किन नगर्ने भन्ने कुरा आएको छ । प्रष्टै छ, गृहमन्त्रीविरुद्ध कुनै अदालतमा उजुरी परेको अवस्था छैन । अहिलेको भिजिट भिसा प्रकरणमा अख्तियार दुरूपयोग...
एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

एक मिनेटमै सकियो काठमाडौं महानगरको कार्यपालिका बैठक, अर्को बैठक आइतबार बस्ने

काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक १ मिनेटमै सकिएको छ । लामो समयपछि शुक्रबार बसेको बैठक करिब १ मिनेट बसेर स्थगित भएको हो ।
काठमाडौँ महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

काठमाडौँ महानगरको आर्थिक वर्ष २०८२/८३ का लागि करीव २५ अर्व बजेटको सिमा निर्धारण

बैठकले आगामी आर्थिक बर्षका लागि करिव २५ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ ।
३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह

३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने बताएका छन् ।