नेभिगेशन
समाज

काँकरभिट्टा–लौकही सडकको ५२ प्रतिशत कालोपत्र, चार महिनामा ९० प्रतिशत काम सक्ने लक्ष्य

भद्रपुर (झापा) । पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तरराष्ट्रिय सडक सञ्जालसँग जोड्ने लक्ष्यसहित निर्माण भइरहेको एसियन हाइवेअन्तर्गत काँकरभिट्टा–लौकही सडकको पूर्वी खण्डमा हालसम्म ५२ प्रतिशत सडक कालोपत्र भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्माण सम्झौताको अवधि सकिन करिब चार महिना बाँकी रहँदा आयोजनाले तोकिएको समयभित्र ९० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य लिएको छ। आयोजना प्रमुख सुनिलबाबु पन्तका अनुसार अहिले दैनिक ७०० देखि ८०० मिटर सडक कालोपत्र भइरहेको छ।

Marvel
Extreme Energy

“अझै चार महिना बाँकी छ। त्यसबेलासम्म ९० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य छ,” पन्तले भने।

सडक निर्माणको तुलनामा पुल निर्माणको प्रगति भने कम छ। आयोजनाका अनुसार पुलतर्फ हालसम्म ३१ प्रतिशत काम सम्पन्न भएको छ।

पूर्वी खण्डमा २१ वटा पुल निर्माण भइरहेका छन्। ३०० मिटरभन्दा लामो निन्दा, बिरिङ र कन्काई नदीमा पनि पुल निर्माण जारी छ। पश्चिम खण्डमा रतुवा, बक्राहा र लोहन्द्रा नदीमा पुल निर्माणको काम भइरहेको छ।

आयोजनाअन्तर्गत अधिकांश साना कल्भर्ट निर्माण सम्पन्न भइसकेका छन्। बाँकी सडक स्तरोन्नति, पुल तथा ओभरपास निर्माणको काम एकसाथ अघि बढाइएको छ।

पूर्वी खण्डमा चारआली चोक, बिर्तामोड र चारपानेमा मोटरेबल ओभरपास निर्माण गर्ने योजना छ। चारआलीको जङ्गल क्षेत्रमा हात्तीका लागि अन्डरपास तथा पैदलयात्रीका लागि छवटा क्रसिङ निर्माण गरिनेछ।

एसियाली विकास बैंकको ऋण सहयोगमा सडक निर्माण तथा स्तरोन्नतिको काम भइरहेको हो। पूर्वी खण्डअन्तर्गत ४५ किलोमिटर लामो काँकरभिट्टा–सितापुरी सडक स्तरोन्नतिका लागि १० अर्ब ६ करोड ९४ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता भएको छ।

काँकरभिट्टा–लौकही सडक निर्माण सम्पन्न भएपछि पूर्वी नेपालको प्रमुख व्यापारिक मार्ग थप व्यवस्थित हुने र अन्तरराष्ट्रिय सडक सञ्जालसँगको आवागमन सहज हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

एनपीएलका आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने प्रधानमन्त्रीको घोषणा

सरकारका अनुसार क्रिकेट रंगशाला पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिनेछ । धनगढीस्थित फाप्ला क्रिकेट रंगशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने आगामी तीन महिनाभित्र बाँकी सबै रंगशालाको निर्माण प्रक्रिया...
आवागमन रोकेर घोप्टेभीरमा पहिरो रोकथामको काम सुरू (तस्बिरहरु)

आवागमन रोकेर घोप्टेभीरमा पहिरो रोकथामको काम सुरू (तस्बिरहरु)

लगातार सुक्खा पहिरो खसेकाले काम नसकिँदासम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अवागमन बन्द गरेर काम गरिने नागढुंगा–मुग्लिन सडक आयोजनाको पश्चिम खण्ड मलेखु–मुग्लिन सडकखण्डका रेसिडेन्ट इन्जिनियर प्रभुराज पाण्डेले...
लामो समय अलपत्र परेका विकास आयोजना समयमै सम्पन्न गराउन फिल्डमै खटिए मन्त्री लम्साल

लामो समय अलपत्र परेका विकास आयोजना समयमै सम्पन्न गराउन फिल्डमै खटिए मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले धनुषामा सञ्चालित तथा प्रस्तावित विकास आयोजनाको स्थलगत अनुगमन गर्दै निर्माणकार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।