नेभिगेशन
सबै कुरा

मेलम्चीमा रास्वपाको दबाब यात्राः रित्तो गाग्री बोकेर मुहान पुग्नेछिन् सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रब्यापी दबाब अभियान’ सिन्धुपाल्चोककाे मेलम्ची आयोजनाबाट सुरु हुने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रुग्ण र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउन तय गरिएको दबाब अभियानको पहिलो चरणको अभियान सिन्धुपाल्चोकको मेलम्चीबाट हुने रास्वपाले जनाएको छ । 

Ncell
Extreme Energy

आइतबार रास्वपाका सभापति रवि लामिछानेसहित सांसद,पदाधिकरी तथा केन्द्रिय सदस्यहरुले मेलम्चीको मुहान क्षेत्रमा दबाब यात्रा गर्ने छन् । मेलम्ची आयोजनमा दबाब यात्राको नेतृत्व रास्वापकी सांसद सोविता गौतमले गर्नेछिन् ।

रास्वपाका सहप्रवक्ता प्रतिभा रावलका अनुसार सिन्धुपाल्चोककाे मेलम्ची खानेपानी कार्यालय बाहिरबाट सुरु हुने अभियानमा सभापति लामिछानेले सांसद गौतमलाई रित्तो ग्रागी दिएर दबाब यात्राकाे सुरुवात गर्नेछन् । 

सांसद गौतम सहितको टोलीले पैदल मेलम्चीको मुहान क्षेत्रमा पुगेर ग्रागीमा पानी भरेर काठमाडौँ आउने छन् ।

विकासको मुद्दा कुनै दल विशेषको नभइ देश र जनताको हुने भन्दै दबाब यात्रामा रास्वपाले पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग नगर्ने निर्णयसमेत गरेको छ ।

माघ २१ देखि चैत २१ गतेसम्म चल्ने दबाब अभियानका लागि २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्ने रास्वपाले जनाएको छ । 

अभियानको पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन तीनवटा आयोजना छनोट गरी २१ आयोजनामा दबाब दिइने रास्वपाले जनाएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...