नेभिगेशन
सबै कुरा

मेलम्चीमा रास्वपाको दबाब यात्राः रित्तो गाग्री बोकेर मुहान पुग्नेछिन् सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘राष्ट्रब्यापी दबाब अभियान’ सिन्धुपाल्चोककाे मेलम्ची आयोजनाबाट सुरु हुने भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रुग्ण र अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउन तय गरिएको दबाब अभियानको पहिलो चरणको अभियान सिन्धुपाल्चोकको मेलम्चीबाट हुने रास्वपाले जनाएको छ । 

Ncell
Extreme Energy

आइतबार रास्वपाका सभापति रवि लामिछानेसहित सांसद,पदाधिकरी तथा केन्द्रिय सदस्यहरुले मेलम्चीको मुहान क्षेत्रमा दबाब यात्रा गर्ने छन् । मेलम्ची आयोजनमा दबाब यात्राको नेतृत्व रास्वापकी सांसद सोविता गौतमले गर्नेछिन् ।

रास्वपाका सहप्रवक्ता प्रतिभा रावलका अनुसार सिन्धुपाल्चोककाे मेलम्ची खानेपानी कार्यालय बाहिरबाट सुरु हुने अभियानमा सभापति लामिछानेले सांसद गौतमलाई रित्तो ग्रागी दिएर दबाब यात्राकाे सुरुवात गर्नेछन् । 

सांसद गौतम सहितको टोलीले पैदल मेलम्चीको मुहान क्षेत्रमा पुगेर ग्रागीमा पानी भरेर काठमाडौँ आउने छन् ।

विकासको मुद्दा कुनै दल विशेषको नभइ देश र जनताको हुने भन्दै दबाब यात्रामा रास्वपाले पार्टीको झण्डा र चुनाव चिह्न प्रयोग नगर्ने निर्णयसमेत गरेको छ ।

माघ २१ देखि चैत २१ गतेसम्म चल्ने दबाब अभियानका लागि २० सांसद र महामन्त्री मुकुल ढकाल गरी २१ जनाले अगुवाइ गर्ने रास्वपाले जनाएको छ । 

अभियानको पहिलो चरणमा प्रत्येक प्रदेशबाट तीन तीनवटा आयोजना छनोट गरी २१ आयोजनामा दबाब दिइने रास्वपाले जनाएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।