नेभिगेशन
सबै कुरा

गठबन्धनको दबाबले वीरगंजका मेयर राजेशमान सिंहको किर्ते नागरिकता छानबिनमा ढिलाइ : गगन थापा

वीरगंज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन दलमा आबद्ध भएकै कारण वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गरेको किर्ते नागरिकता छानबिन हुन नसकेको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Extreme Energy
citizen life

वीरगंजबाट प्रकाशित हुने अङ्कुश दैनिक पत्रिकाले २५ वर्ष पूरा गरेको अवसरमा आयोजित रजत महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापाले  पछिल्लो समय राज्यले व्यक्ति र पद हेरेर फरक–फरक व्यवहार गरिरहेकाले मेयर सिंहको नागरिकता छानबिन हुन नसकेको बताए । उनले भने, ‘एउटा कुनै व्यक्तिले नागरिकतामा किर्ते गर्‍यो भने, त्यो नागरिकता किर्ते गर्ने व्यक्ति तत्काल थुनामा पुग्छ । तर कुनै व्यक्ति कुनै एउटा राजनीतिक दलमा छ वा पदमा छ भने, छुट पाइरहेको हुन्छ । त्यो राजनीतिक दलका नेताले अहिले गठबन्धनको बैठकमा बस्ने हैसियत राख्छ त्यही कारणले छुट पाएको हुन्छ । पहुँचका अ‌ाधारमा यस्तो पनि स्टेट हुन्छ ?’ पूर्वमन्त्री गगन थापाले प्रश्न गरे, ‘राज्यका लागि त सबै बराबर हो यस्तो सवालमा जो गलत गर्छ, त्यसमा निर्धक्क रूपमा मिडियाले प्रश्न गर्न सक्नुपर्छ । ताकि मैले नक्कली नागरिकता बनाउनेलाई छुट दिएमा, मलाई सञ्चारमाध्यमले छोड्दैनन् । यो डर हुनुपर्छ, यो वातावरणको सिर्जना मिडियाले गर्नुपर्छ ।’

महामन्त्री थापाले राजनीतिक दलले गर्नुपर्ने सुधारका विषयहरूबारे चर्चा गरेका थिए । सबैलाई आ–आफ्नो ठाउँबाट सुधारको प्रयासको थालनी गर्यो भने देशमा व्यापक परिवर्तन हुने बताएका छन् । राजनीतिक, प्रशासनिकसहितका हरेक क्षेत्रमा देखिएका समस्याहरूबारे मिडियाले कलमबाट घच्घच्याइरहनुपर्ने  उनको भनाई छ । 



मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

राजेशमानको उध्रिएको मुकुट !

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद  

वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी

वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता

जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी हुन् अध्यादेशपछि खारेज हुन सक्ने १२०० भन्दा धेरै राजनीतिक नियुक्ति

यी हुन् अध्यादेशपछि खारेज हुन सक्ने १२०० भन्दा धेरै राजनीतिक नियुक्ति

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सार्वजनिक निकायमा राजनीतिक नियुक्ति भई बहाल रहेका पदाधिकारीलाई पदमुक्त गर्ने उद्देश्यले  सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याउन लागिएको हो ।
रास्वपा सांसदलाई रविले सम्झाए मर्यादाः कानुन बनाउने हो, बन्न नखोज्नू

रास्वपा सांसदलाई रविले सम्झाए मर्यादाः कानुन बनाउने हो, बन्न नखोज्नू

‘मालिक बन्न खोज्नेको लागि राष्ट्रिय स्वतन्त्र पार्टी होइन् । यो दल सेवक र सहजकर्ताहरूको लागि हो,’ लामिछानेले भने, ‘सांसदले सबै तहको समन्वय गर्न सक्नुपर्छ । प्रमुख प्राथमिकता भनेको...
संवैधानिक आयोगहरूमा व्यवहारिक काम गर्न कठिन हुँदैछ, नम्र राजनीतिक आक्रामकता आवश्यक छ: रवि लामिछाने

संवैधानिक आयोगहरूमा व्यवहारिक काम गर्न कठिन हुँदैछ, नम्र राजनीतिक आक्रामकता आवश्यक छ: रवि लामिछाने

‘कयौं संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन, महत्त्वपूर्ण निर्णयहरू लिन ब्यबहारिक कठिनाइ हुँदैछ, वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन्’, सभापति लामिछानेले भने,’ धेरै कुरामा समय कुरेर मात्र...
सरकारविरुद्ध विपक्षी दलहरूले गरे यी चार निर्णय

सरकारविरुद्ध विपक्षी दलहरूले गरे यी चार निर्णय

बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले संसद छलेर ल्याएको अध्यादेशको विरोध, भर्त्सना र निन्दा गर्ने निर्णय गरेको हो ।  यसैगरी बैठकले  सरकारलाई अध्यादेश फिर्ता लिन र राष्ट्रपतिलाई अध्यादेश...