नेभिगेशन
सबै कुरा

काठमाडौँ महानगरले स्रोतमै बर्गिकरण गरेर फोहोर उठाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले स्रोतमा वर्गीकरण गरिएको फोहर सङ्कलन कार्यक्रम वडा नं २७ बाट सुरु गर्ने भएको छ । यसका लागि महानगरपालिकाले हरियो र निलो रङको सङ्केतसहितको गाडी समेत तयार पारिसकेको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

फोहरको स्रोतमै वर्गीकरण गरी सङ्कलन, ढुवानी तथा व्यवस्थापन गर्नका लागि गाडीको व्यवस्था गरिएको हो । वडा नं २७ मा जनसङ्ख्या पाँच हजार छ । जहाँ एक हजार चार सय घरधुरी छन् । वडा नं २७ का स्थानीय रमेश महर्जनले महानगरको प्रशंसा गर्दै आफूहरूले स्रोतमै फोहोर छुट्याएर राख्ने बताए । 

Ncell
Extreme Energy

वडा नं २७ का अध्यक्ष योगेश खड्गीले यसका लाग घरघरमै पुगेर फोहर छुट्याउने विधि सिकाउने योजना रहेको बताए । उनले भने, “फोहोर सङ्कलन गर्न जाने कर्मचारीलाई छुट्याइएको फोहर गाडीमा राख्ने प्रभावकारी तरिका सिकाउँछौँ । यसका लागि वडावासीबाट सकारात्मक प्रतिक्रिया पाएका छौँ ।”


आगामी एक हप्ता सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, छुट्याइएको फोहरको नमूना सङ्कलन गर्ने अभ्यास गर्ने वडाको योजना छ । यसपछि कार्यक्रम पूर्ण कार्यान्वयनमा ल्याइने छ । 

महानगरका वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले स्रोतमै छुट्याइएको फोहर व्यवस्थापनका लागि तीन दशमलव पाँच क्युविक मिटर क्षमता भएको गाडी तयार पारिएको छ । सो गाडीमा हरियो र निलो रङका दुई खण्ड तयार पारिएको छ । एउटा खण्डको क्षमता  एक दशमलव पाँच क्युविक रहेको उनको भनाई छ । 

उनले भने, “बाहिरबाट हेर्दा गाडी दुई रङको देखिन्छ । कुहिने फोहर सङ्कलन गरिने कोठा तिर हरियो छ भने नकुहिने तथा अन्य फोहर सङ्कलन गरिने कोठातिर निलो रङ पोतिएको छ ।”  वडा न २७ मा कार्यक्रम सफल भएपछि अन्य वडामा पनि विस्तार गरिने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।