नेभिगेशन
सबै कुरा

मेलम्ची आयोजना भ्रष्टाचारको जननी बन्याे : डा. स्वर्णिम वाग्ले

सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले मेलम्ची आयोजनामा पुराना दलका सबै नेताको खराब साइनो जोडिएको बताएका छन् । उनले ठूला आयोजनामा हुने भ्रष्टाचारका तीन तरिकाबारे प्रस्ट पार्दै मेलम्ची विकृती, कुशासन, ढिलासुस्ती र भ्रष्टाचारको डरलाग्दो प्रतिक बनेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट राष्ट्रब्यापी दबाब यात्रा सुरु गरेको छ । जसका लागि रास्वपाले २१ ओटा रुग्ण आयोजनमा दबाब दिने घाेषणा गरिसकेकाे छ। आजबाट सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाबाट उक्त दबाब यात्राको सुरुवात गरिएको हो । 

Extreme Energy
citizen life

सोही कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले भने, ‘मेलम्ची विकृती, कुशासन, ढिलासुस्ती र भष्ट्राचारको डरलाग्दो प्रतिक बनेकाे छ ।' डा वाग्लेले थपे, बि‍.स‍ १९७२ मा आयोजनाकाे कल्पना गरिदाँ हामी जन्मिएका पनि थिएनौँ । ०४७ सालमा कृष्णप्रसाद भट्टराईले त खुलामञ्चमा  भाषण गर्दा आफैँ उपस्थित थिएँ । मेलम्चीको पानी काठमाडौँ ल्याएर सडक पखाल्छु भन्नुभएकाे थिायाे । तर, यो आयोजना भ्रष्टाचारको जननी नै भएर आयो । 

मेलम्चीबासीलाई पनि लाभ हुने, राजधानीमा पनि स्वच्छ पानी खुवाउन सकिने र व्यवस्थित शहरीकरणलाई टेवा देला भनेर कागजमा राम्रै देखिएको योजनामा हात हाले पनि त्याे समग्र कुशासनको युनिभर्समा जकडिएकाे उनले बताए । 'आज नेपाली रुपैयाँमा झण्डै ६० अर्ब लागतको यो आयोजना लगभग निकम्मा अवस्थामा पुगेको छ । ऋणमाथि ऋण थुपरिएको छ' वाग्लेले थपे, 'ढिलासुस्ती त कति कति । यो सँगै आज नेपालमा सक्रिय पुराना दलका लगभग सबै नेताहरुको फोहोरी साइनो यो आयोजनमा जोडिएको छ । '

राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि शेरबहादुर देउवा, प्रकाशमान सिंह लगायतलाई मेलम्ची परियाेजनासँग जोडेर भ्रष्टाचारकाे मुद्दामा लगिएको उनले स्मरण गरे । 

ठूला ठूला भ्रष्टाचारका काण्डहरु तीन तरिकाले हुने गरेको भन्दै उनले नियुक्तिहरुको किनबेच गरेर हुने भ्रष्टाचार ठ्याक्कै मेलम्ची आयोजनामा पनि लागू हुने बताए। खानेपानीको महानिर्देशक काे हुने ? मन्त्रालय नै कुन मन्त्रीलाई दिने  ? कुन पार्टीलाई दिने ताकी यहाँबाट केही पैसा निकाल्न सकियोस् भन्नेमा याे आयोजना पर्याे । याे याेजना हाँक्ने व्यक्तिहरु बन्नबाटै चलखेलबाट सुरु हुने भन्दै उनले त्यहाँ पुग्न पनि धेरै आर्थिक लेनदेनका कुराहरु आएकाे सुनाए ।  

कागज मिलाएर भ्रष्टाचार हुने भन्दै वाग्लेले १० अर्ब भनेको कुरालाई १४/१५ अर्ब पुर्याउने र त्यहीँबाट जनताकाे कर लुट्ने गरिएकाे उनले बताए । यस्तै, प्रोजेक्टमा कृतिम वा प्राकृतिक अवरोधहरु खडा गरेर थप रकम तपाईँ हाम्रै ऋणबाटै थप ऋण असुल गराएर पैसा झार्ने सैली पनि मेलम्चीमा धेरै देखिएको वाग्लेकाे भनाइ छ। सुरुमा १५० मिलियनबाट उठ्दै गएकाे परियाेजना अहिले ४६० मिलयन पुग्नु हामी सबैले तिर्ने हुनु भएकाे उनकाे भनाइ छ।  

ठूला परियाेजनाहरुमा निर्माण व्यवसायमै गरिने बदमासी र निर्माण व्यवसायीहरुबाट गरिने असुलीबाट माैलाएकाे उनले बताए । डन गुण्डाहरुले निर्माण व्यवसायीहरुलाई थर्काउने, डराउने हुँदा मेलम्चीकाे सुरुङ बनाउने इटालियन कम्पनी असुल्दा असुल्दा हैरानीले भागेकाे उनले सुनाए । चाइनिज ठेकदार पनि त्यसैका कारण भागेकाे उनकाे दाबी छ । नीतिगत भ्रष्टाचार, नियुक्तिहरुको किनबेच र ठेक्का पट्टामा हुने लुट र दोहनबाट जुन हाम्रो विकृत राजनीतिक प्रणालीलाई मलजल भईरहेको र त्यो सबैको प्रतिक मेलम्चीजस्तो अयोजना बनेको उनकाे भनाइ छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी हुन् अध्यादेशपछि खारेज हुन सक्ने १२०० भन्दा धेरै राजनीतिक नियुक्ति

यी हुन् अध्यादेशपछि खारेज हुन सक्ने १२०० भन्दा धेरै राजनीतिक नियुक्ति

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सार्वजनिक निकायमा राजनीतिक नियुक्ति भई बहाल रहेका पदाधिकारीलाई पदमुक्त गर्ने उद्देश्यले  सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याउन लागिएको हो ।
रास्वपा सांसदलाई रविले सम्झाए मर्यादाः कानुन बनाउने हो, बन्न नखोज्नू

रास्वपा सांसदलाई रविले सम्झाए मर्यादाः कानुन बनाउने हो, बन्न नखोज्नू

‘मालिक बन्न खोज्नेको लागि राष्ट्रिय स्वतन्त्र पार्टी होइन् । यो दल सेवक र सहजकर्ताहरूको लागि हो,’ लामिछानेले भने, ‘सांसदले सबै तहको समन्वय गर्न सक्नुपर्छ । प्रमुख प्राथमिकता भनेको...
संवैधानिक आयोगहरूमा व्यवहारिक काम गर्न कठिन हुँदैछ, नम्र राजनीतिक आक्रामकता आवश्यक छ: रवि लामिछाने

संवैधानिक आयोगहरूमा व्यवहारिक काम गर्न कठिन हुँदैछ, नम्र राजनीतिक आक्रामकता आवश्यक छ: रवि लामिछाने

‘कयौं संवैधानिक आयोग, नियोगमा खाली स्थानहरू छन, महत्त्वपूर्ण निर्णयहरू लिन ब्यबहारिक कठिनाइ हुँदैछ, वा कार्यवाहकले सम्झौता गरेर चलाउन बाध्य छन्’, सभापति लामिछानेले भने,’ धेरै कुरामा समय कुरेर मात्र...
सरकारविरुद्ध विपक्षी दलहरूले गरे यी चार निर्णय

सरकारविरुद्ध विपक्षी दलहरूले गरे यी चार निर्णय

बुधबार सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकले संसद छलेर ल्याएको अध्यादेशको विरोध, भर्त्सना र निन्दा गर्ने निर्णय गरेको हो ।  यसैगरी बैठकले  सरकारलाई अध्यादेश फिर्ता लिन र राष्ट्रपतिलाई अध्यादेश...