नेभिगेशन
सबै कुरा

मेलम्ची आयोजना भ्रष्टाचारको जननी बन्याे : डा. स्वर्णिम वाग्ले

सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले मेलम्ची आयोजनामा पुराना दलका सबै नेताको खराब साइनो जोडिएको बताएका छन् । उनले ठूला आयोजनामा हुने भ्रष्टाचारका तीन तरिकाबारे प्रस्ट पार्दै मेलम्ची विकृती, कुशासन, ढिलासुस्ती र भ्रष्टाचारको डरलाग्दो प्रतिक बनेको बताएका हुन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीले आजबाट राष्ट्रब्यापी दबाब यात्रा सुरु गरेको छ । जसका लागि रास्वपाले २१ ओटा रुग्ण आयोजनमा दबाब दिने घाेषणा गरिसकेकाे छ। आजबाट सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाबाट उक्त दबाब यात्राको सुरुवात गरिएको हो । 

सोही कार्यक्रमलाई सम्बोधन गर्दै डा. वाग्लेले भने, ‘मेलम्ची विकृती, कुशासन, ढिलासुस्ती र भष्ट्राचारको डरलाग्दो प्रतिक बनेकाे छ ।' डा वाग्लेले थपे, बि‍.स‍ १९७२ मा आयोजनाकाे कल्पना गरिदाँ हामी जन्मिएका पनि थिएनौँ । ०४७ सालमा कृष्णप्रसाद भट्टराईले त खुलामञ्चमा  भाषण गर्दा आफैँ उपस्थित थिएँ । मेलम्चीको पानी काठमाडौँ ल्याएर सडक पखाल्छु भन्नुभएकाे थिायाे । तर, यो आयोजना भ्रष्टाचारको जननी नै भएर आयो । 

मेलम्चीबासीलाई पनि लाभ हुने, राजधानीमा पनि स्वच्छ पानी खुवाउन सकिने र व्यवस्थित शहरीकरणलाई टेवा देला भनेर कागजमा राम्रै देखिएको योजनामा हात हाले पनि त्याे समग्र कुशासनको युनिभर्समा जकडिएकाे उनले बताए । 'आज नेपाली रुपैयाँमा झण्डै ६० अर्ब लागतको यो आयोजना लगभग निकम्मा अवस्थामा पुगेको छ । ऋणमाथि ऋण थुपरिएको छ' वाग्लेले थपे, 'ढिलासुस्ती त कति कति । यो सँगै आज नेपालमा सक्रिय पुराना दलका लगभग सबै नेताहरुको फोहोरी साइनो यो आयोजनमा जोडिएको छ । '

राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएपछि शेरबहादुर देउवा, प्रकाशमान सिंह लगायतलाई मेलम्ची परियाेजनासँग जोडेर भ्रष्टाचारकाे मुद्दामा लगिएको उनले स्मरण गरे । 

ठूला ठूला भ्रष्टाचारका काण्डहरु तीन तरिकाले हुने गरेको भन्दै उनले नियुक्तिहरुको किनबेच गरेर हुने भ्रष्टाचार ठ्याक्कै मेलम्ची आयोजनामा पनि लागू हुने बताए। खानेपानीको महानिर्देशक काे हुने ? मन्त्रालय नै कुन मन्त्रीलाई दिने  ? कुन पार्टीलाई दिने ताकी यहाँबाट केही पैसा निकाल्न सकियोस् भन्नेमा याे आयोजना पर्याे । याे याेजना हाँक्ने व्यक्तिहरु बन्नबाटै चलखेलबाट सुरु हुने भन्दै उनले त्यहाँ पुग्न पनि धेरै आर्थिक लेनदेनका कुराहरु आएकाे सुनाए ।  

कागज मिलाएर भ्रष्टाचार हुने भन्दै वाग्लेले १० अर्ब भनेको कुरालाई १४/१५ अर्ब पुर्याउने र त्यहीँबाट जनताकाे कर लुट्ने गरिएकाे उनले बताए । यस्तै, प्रोजेक्टमा कृतिम वा प्राकृतिक अवरोधहरु खडा गरेर थप रकम तपाईँ हाम्रै ऋणबाटै थप ऋण असुल गराएर पैसा झार्ने सैली पनि मेलम्चीमा धेरै देखिएको वाग्लेकाे भनाइ छ। सुरुमा १५० मिलियनबाट उठ्दै गएकाे परियाेजना अहिले ४६० मिलयन पुग्नु हामी सबैले तिर्ने हुनु भएकाे उनकाे भनाइ छ।  

ठूला परियाेजनाहरुमा निर्माण व्यवसायमै गरिने बदमासी र निर्माण व्यवसायीहरुबाट गरिने असुलीबाट माैलाएकाे उनले बताए । डन गुण्डाहरुले निर्माण व्यवसायीहरुलाई थर्काउने, डराउने हुँदा मेलम्चीकाे सुरुङ बनाउने इटालियन कम्पनी असुल्दा असुल्दा हैरानीले भागेकाे उनले सुनाए । चाइनिज ठेकदार पनि त्यसैका कारण भागेकाे उनकाे दाबी छ । नीतिगत भ्रष्टाचार, नियुक्तिहरुको किनबेच र ठेक्का पट्टामा हुने लुट र दोहनबाट जुन हाम्रो विकृत राजनीतिक प्रणालीलाई मलजल भईरहेको र त्यो सबैको प्रतिक मेलम्चीजस्तो अयोजना बनेको उनकाे भनाइ छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...
‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

‘श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ’

प्रमुख रेग्मीले भने, “श्रीमती र छोरीलाई घर छाडेर भाग भनी दुई वर्षीय छोरो च्यापेर घर पछाडिको धानबारीमा लुकेर बाँच्न सफल भयौँ । हामी भागेपछि एक हुल मानिस नाराबाजी...