नेभिगेशन
सबै कुरा

धरहराको पार्किङ खोलिएको विषयमा मन्त्री गुरुङ भन्छिन्,–‘अक्सिजन नपुगेर कसैको मृत्यु भयो भने क्षति कसले ब्यहोने ?’

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन साहले धरहराको बेसमेन्टमा पार्किङ खुला गरेको विषयमा शहरी विकासमन्त्री सीता गुरुङले आपत्ति जनाएकी छिन् । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले पार्किङ नगर्न पत्राचार गरिएको जानकारी गराउँदै महानगरको यो कदमले राम्रो परिणाम नदिने बताइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री गुरुङको अनुसार अघिल्लो महिना सम्बन्धित सबैको छलफलबाट तीन महिनामा धरहराकाे निर्माण सम्पन्न गर्ने समझदारी भएको थियो । तर फागुनभित्र सक्नेगरी काम अघि बढिरहेको समयमा महानगरले सवारी पार्किङ सुरु गर्दा समस्या थपिएको छ । ‘महानगरले हामीलाई पनि जानकारी नदिई, निर्माण व्यसायीलाई पनि जानकारी नदिई पर्किङ खोलिएको छ  । हामीले पनि त्यसलाई ध्यानमा राखेर छिट्टै सम्पन्न गर्ने तयारी गरेका थियौँ ।’ मन्त्री गुरुङले भनिन्, ‘२ सय ५० ओटा ४ पांग्रै सवारी र ६ सय वटा २ पांग्रे सवारी व्यवस्थित गर्नेगरी तीन तलाको बेसमेन्ट पार्किङ बनेको छ । तीन तला मुनी भएपछि अक्सिजनको अभाव हुन्छ । अक्सिजनको लागि एयर कन्डिसन मिलाउनुपर्ने, बत्तिको फायर फाइटिङको कुराहरु छ । सीसीक्यामेरा जोडिएन भने राखेको सामानको सुरक्षा कसले गर्ने त ? त्यसैले यी चारओटा कामहरु छिटो गर्न भनिरहेका थियौँ । यो काम पुरा नहुँदै उहाँहरुले जवरजस्ती यातायातका साधन राख्ने व्यवस्था गर्नुभएको छ त्यो विधिको शासनभित्र पर्दैन ।’

Ncell
Extreme Energy

साथै उनले काम सम्पन्न गर्न समय र वातावरण दुवै आवश्यक रहेको बताईन् । र काम सम्पन्न नहुँदै सवारी पार्किङ गर्दा क्षति भएमा क्षति कसले व्यहोर्ने भन्दै प्रश्न पनि गरिन् । ‘काम गर्नेलाई समय दिनुपर्यो । वातावरण हुनुपर्यो । भोलि त्यहाँ कुनै मान्छे अक्सिजन नपुगेर पार्किङमा जाने मान्छेको क्षति भयो भने कसले व्यहोर्ने ? त्यहाँको सामान हरायो वा क्रिटिकल समस्या आयो भने कसले ब्यहोर्ने त ?’ मन्त्री गुरुङले प्रश्न गरिन् । 

गुरुङले पर्किङ गर्ने विषयमा महानगर र मन्त्रालयबिच सम्पर्क समन्वय केही नभएको बताएकी छिन् । गुरुङ भन्छिन्, ‘समन्वय पनि नगर्ने, सम्पर्क पनि नगर्ने अनी निर्माण सम्पन्न नभएको स्थानमा आफूखुसी राख्ने कुरा सान्दर्भिक हुँदैन । यसको जवाफदेही हामी बन्न सक्दैनौँ ।’ 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।