नेभिगेशन
सबै कुरा

धरहराको पार्किङ खोलिएको विषयमा मन्त्री गुरुङ भन्छिन्,–‘अक्सिजन नपुगेर कसैको मृत्यु भयो भने क्षति कसले ब्यहोने ?’

काठमाडौँ । काठमाडौँ महानगरका प्रमुख बालेन साहले धरहराको बेसमेन्टमा पार्किङ खुला गरेको विषयमा शहरी विकासमन्त्री सीता गुरुङले आपत्ति जनाएकी छिन् । सोमबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले पार्किङ नगर्न पत्राचार गरिएको जानकारी गराउँदै महानगरको यो कदमले राम्रो परिणाम नदिने बताइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री गुरुङको अनुसार अघिल्लो महिना सम्बन्धित सबैको छलफलबाट तीन महिनामा धरहराकाे निर्माण सम्पन्न गर्ने समझदारी भएको थियो । तर फागुनभित्र सक्नेगरी काम अघि बढिरहेको समयमा महानगरले सवारी पार्किङ सुरु गर्दा समस्या थपिएको छ । ‘महानगरले हामीलाई पनि जानकारी नदिई, निर्माण व्यसायीलाई पनि जानकारी नदिई पर्किङ खोलिएको छ  । हामीले पनि त्यसलाई ध्यानमा राखेर छिट्टै सम्पन्न गर्ने तयारी गरेका थियौँ ।’ मन्त्री गुरुङले भनिन्, ‘२ सय ५० ओटा ४ पांग्रै सवारी र ६ सय वटा २ पांग्रे सवारी व्यवस्थित गर्नेगरी तीन तलाको बेसमेन्ट पार्किङ बनेको छ । तीन तला मुनी भएपछि अक्सिजनको अभाव हुन्छ । अक्सिजनको लागि एयर कन्डिसन मिलाउनुपर्ने, बत्तिको फायर फाइटिङको कुराहरु छ । सीसीक्यामेरा जोडिएन भने राखेको सामानको सुरक्षा कसले गर्ने त ? त्यसैले यी चारओटा कामहरु छिटो गर्न भनिरहेका थियौँ । यो काम पुरा नहुँदै उहाँहरुले जवरजस्ती यातायातका साधन राख्ने व्यवस्था गर्नुभएको छ त्यो विधिको शासनभित्र पर्दैन ।’

Ncell
Extreme Energy

साथै उनले काम सम्पन्न गर्न समय र वातावरण दुवै आवश्यक रहेको बताईन् । र काम सम्पन्न नहुँदै सवारी पार्किङ गर्दा क्षति भएमा क्षति कसले व्यहोर्ने भन्दै प्रश्न पनि गरिन् । ‘काम गर्नेलाई समय दिनुपर्यो । वातावरण हुनुपर्यो । भोलि त्यहाँ कुनै मान्छे अक्सिजन नपुगेर पार्किङमा जाने मान्छेको क्षति भयो भने कसले व्यहोर्ने ? त्यहाँको सामान हरायो वा क्रिटिकल समस्या आयो भने कसले ब्यहोर्ने त ?’ मन्त्री गुरुङले प्रश्न गरिन् । 

गुरुङले पर्किङ गर्ने विषयमा महानगर र मन्त्रालयबिच सम्पर्क समन्वय केही नभएको बताएकी छिन् । गुरुङ भन्छिन्, ‘समन्वय पनि नगर्ने, सम्पर्क पनि नगर्ने अनी निर्माण सम्पन्न नभएको स्थानमा आफूखुसी राख्ने कुरा सान्दर्भिक हुँदैन । यसको जवाफदेही हामी बन्न सक्दैनौँ ।’ 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।
रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रवि र बालेनका बीचमा फाटो ल्याउन सम्भव छैन– रास्वपा सांसद सोम शर्मा

रास्वपा सांसद सोम शर्माले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहका बीचमा फाटो ल्याउन सम्भव नभएको बताएका छन् ।
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

भैंसेपाटी आवासमा कहिले सर्छन् मन्त्रीहरू ?

तीन वटै चरणको काम समयमै सकिएमा मन्त्रीहरुले दसैँ–तिहारपछि भैँसेपाटीमा सर्न पाउने छन् ।